काठमाडौँ । सतारुढ दल नेकपाका केन्द्रिय सदस्य जगनाथ खतिवडाले एमसिसि इण्डोप्यासिफिक रणनितिको अंग भएको वताएका छन । एमसिसिको विषयले सडक, सदन र नेकपाको बैठक तताएपछि नेतृत्वको कार्यशैलि र सरकारको कामलाई लिएर चर्को रुपमा प्रस्तुत भएका नेता खतिवडाले एमसिसि इण्डोप्यासिफिकको रणनिति भएकोमा घाँम जतिकै छर्लङ भएको उल्लेख गरेका हुन ।
स्वदेश नेपाल संग अन्तर्वाता दिदै खतिवडाले एमसिसि इण्डोप्यासिफिक रणनितिको अंग होईन भन्नु जनतामा भ्रम छर्ने र आफ्नो मुख आफैले छोप्ने वातावरण सिर्जना गर्न खोज्नु भएको तर्क गरेका छन ।
एमसिसि प्रति तपाईको विरोधलाई पक्षकारी विरोध भनेर टिप्पणि गर्छन्नी भन्ने प्रश्नमा खतिवडाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एमसिसिलाई इण्डोप्यासिफिक रणनितिको अंगको रुपमा लिने,उनका फरेन सेक्रेटरी माईक पोम्पियो पनि त्यहि कुरालाई लिने र उनका मन्त्रिहरु नेपाल आउदा यो इण्डोप्यासिक रणनितिको अभिन्न अंग हो भन्छन तर साराले यो एमसिसि ईण्डोप्यासिफिक रणनितिको अंग हो भन्दा अरुले हैन भनेर कुर्लिएर हुन्छ ? भन्दै प्रति प्रश्न गरे ।
खतिवडाले प्रधानमन्त्रि ओलि तर्फ इंगित गर्दै इण्डोप्यासिफिक रणनितिकोअंग हो एमसिसि तर पनि हामि स्विकार गर्छौ भनेर देशका प्रधानमन्त्रि तथा पक्षधरले भन्न सक्नुपर्ने वताए ।
एमसिसि इण्डोप्यासिफिक रणनितिको अंग भएपनि म स्किार गर्छु म सामना गर्न सक्छु म चिन भारत अमेरिका लाई सन्तुलनमा राख्न सक्छु, कि त्यो इच्छा शक्तिवाट जानु प¥यो हैन भने झुट र गतल कुरा गरेर जनतालाई भ्रममा पार्न हुदैन ।
उनले लेखेको कुरा आफुहरुले पनि पढ्न सक्ने भन्दै आफु यस हिसावले स्पस्ट पारेर देश र जनतालाई न्याय होस भन्ने पक्षमा लागेको वताए। खतिवडाले अर्थतन्त्र सानो, भुगोल सानो, जनसंख्या सानो र शैन्यशक्ति सानो भएको देशमा कुन प्रकारको राजनिति निर्धारण गर्ने भन्ने कुरामा सजग हुनुपर्नेमा जोडदिए ।
अमेरिकाले सहयोग गरेको युएसआईडी, अमेरिकाको सवैभन्दा ठुलो स्टेक होल्डर भएको एसियाली विकास बैङकको सहयोग र अन्तराष्ट्रिय मुद्रा कोषसंग पनि काम गरिरहेको भन्दै उनले एमसिसिले नेपालको संवैधानिक व्यवस्था अर्थात कानुनको सर्वोच्चता माथिनै धावा बोलेकाले अस्विकार गरिएको उल्लेख गरे ।
उनले एमसिसि अन्तराष्ट्रिय आर्थिक सहयोग गर्ने अनुदान दिने र कमजोर राष्ट्रहरु जसले अनुदान लिन्छन तिनिहरुको सर्वोतम मुखि विकास गर्ने फन्ट नभएर यसलाई अर्काको देशमा प्रवेश गरेर आफ्नो पकडको रुपमा प्रयोग गर्ने अस्त्र भएकाले यसलाई सबैले बुझ्नु पर्ने वताए ।
अमेरिकाले हिन्द प्रशान्त क्षेत्रिय रणनिति अनुशार यसलाई स्थापना गर्दा छुट्याएको वजेट ६२ विलियन डलर भित्रको एउटा प्याकेज भएको भन्दै खतिवडाले ५ सय मिलियन त्यसको एउटा अंश भएको उल्लेख गरे ।
अमेरिकाको निति इण्डोप्यासिफिक क्षेत्रको हिन्द प्रशान्त क्षेत्रमा आफ्नो सुरक्षा रणनित अन्तर्गत सम्पुर्ण शक्तिलाई परिचालन गर्न चाहन्छ र त्यसलाई परिचालन गर्ने एमसिसि एउटा सहायक संगठन हो उनले भने ।
इण्डोप्यासिफिकको उदेश्य सुशासन,विकासका माध्यमबाट विभिन्न देशमा प्रवेश र सुरक्षा शैन्य रणनिति यि तिन कुरालाई जोडेर यसले आफ्नो कार्यको प्रारम्भ गर्ने भएकाले यसमा सजग हुनुपर्ने उनको भनाई छ ।
बुदा संसोधन गरे एमसिसि स्विकार्य हुन्छ भन्ने प्रश्नमा केन्द्रिय सदस्य खतिवडाले अलि घुमाउरो भाषामा स्विकार्न सकिने संकेत गरेका छन । उनले बुदा संसोधन गरे नेपालको कानुनको सुप्रिमेसि, नेपालको कानुनको सर्बोच्चतालाई संरक्षण हुने नेपालीले प्रत्येक शर्त मान्नुपर्ने बाध्यता हटे र समानताको आधारमा सहमति हुन्छ भन्ने लिन सकिने प्रतिक्रिया दिएका छन ।
अर्को फरक प्रसङमा उनले नेकपाको दोस्रो केन्द्रिय कमिटि बैठकमा नेताहरुको फोटो मञ्चमा राखेकोमा आफुहरुलाई मन नपरेको भन्दै त्यसको विरोध गरिएको वताए ।
नेताहरुले राख्न लगाउनु भयो र राखेको भन्नेपनि नलागेको भन्दै केहि चाकरवाज र आसेपासेले राखेको भन्दै आइन्दा नेताको फोटो मञ्चमा नराख्ने सहमति भएको वताए ।
केन्द्रिय कमिटि बैठकमा खरो रुपमा प्रस्तुत भएका खतिवडाले लामो समय देखि गुम्सिएका कुरालाई पार्टि वैठकमा सार्वजनिक गरिएको र आगामी दिनमा जन अपेक्षित कामलाई प्राथमिकतामा राखेर अगाडि वढ्ने सहमति भएको पनि जानकारी दिए ।

