कूटनीतिमा शुन्य पुर्वराजा शाह !
राकेशकुमार शर्मा – पुर्वराजा ज्ञानेन्द्रले कुटनैतिकमा ज्ञाता नभएको कारणले नै सत्ता छोडनुपर्ने अवस्था आएको हो । पुर्व राजा ज्ञानेन्द्रलाई को आफ्नो को पराया चिन्न र पहिचान गर्न सक्ने क्षमता र खुबी छैन। यी दुई कुरामा पुर्व राजा ज्ञानेन्द्रसहित सपरिवारले नै ध्यान दिन जरुरी रहेको छ।
पुर्व राजा ज्ञानेन्द्रलाई हालसम्म सुझाव र सल्लाह दिनेहरु नै घमण्डी, स्वार्थी र अवसरवादी सत्ता, पद र लोभमा बिकाउ आँट, हिम्मत र साहस कसैमा छैन?आफुलाई मात्र सर्वश्रेष्ठ ठान्ने र एक्काइसौं शताब्दीमा पनि राजा साहेब भनेर मानसम्मान दिनुपर्ने अझै पनि सद्बुद्धी र ज्ञान कसैमा आएको छैन। एक आपसमा द्वन्द छ।
राजनीतिक दलका नेताहरुको कारणले मुलुकको स्वाधीनता धरापमा छ। मुलुकप्रति जिम्मेवार बन्न नेपालको सेना र पुर्वराजा ज्ञानेन्द्र कसैमा पनि आँट, हिम्मत र साहस छैन जस्तो छ !
हाम्रो मुलुक नेपालका नागरिकहरु ताक परे तिवारी नत्र गोतामे जस्ता स्वार्थी, अवसरवादी र मासु, भात, दारुमा बिकाउ छ्न।यसकारणले पनि मुलुकको विकास, आर्थिक उन्नति र प्रगति हुन नसकेको हो।
स्वर्गीय मदन भण्डारी सच्चा कम्युनिस्ट देशभक्त र कम्युनिस्टको सहि सिद्धान्त र सहि विचार बोकेका व्यक्ति थिए। मदन भण्डारीले मुलुकको मुहार फेर्न चाहन्थे। रिस,डाह र बिकाउ प्रवृतिका नेताहरूले मदन भण्डारीको मुलुकको मुहार नै फेर्ने चाहनालाई देख्न सकेनन। तर मदन भण्डारीको सहि सिद्धान्त,सहि विचार र देशभक्त्तिकै कारण हाम्रै देशका नेताहरूले मारेका हुन।

स्वर्गीय राजा बीरेन्द्रको वंश विनाश पनि मुलुकप्रति भक्तिभाव राष्ट्रवादी र वफादारी कै कारण भएको हो। तत्कालिन युवराज भनौ या राजा स्व: दीपेन्द्रलाई हत्यारा बनाइयो र दिपेन्द्र हत्यारा हो भनेर झुठो प्रचार गरियो तर दिपेन्द्र हत्यारा होइन सर्वप्रथम दिपेन्द्रको हत्या गरेपछि दिपेन्द्रको नक्कली मुकुण्डो लगाएर मार्ने काम भएको छ। वीरेन्द्रको वंश विनाशमा कांग्रेस, कम्युनिस्ट र माओवादीका पनि केहि उच्च नेताहरूको सहभागिता छ।
स्वर्गीय बीरेन्द्र शाहको वंश विनाश पश्चात बाध्यतापुर्वक ज्ञानेन्द्रहलाई शासन सत्ता चलाउने भार आईपर्न गएको थियो। तत्कालिन राजा ज्ञानेन्द्र समयानुकूल चल्नुपर्ने थियो। तर ज्ञानेन्द्र शाह चाहिंदो भन्दा बढी राष्ट्रवादी भएको कारण नै सत्ताबाट बाहिरिनु परेको हो। डलर र पाउण्डमा बिकाउ भएका केही नेताहरूको सामुन्ने अहिलेको २१ ओं शताब्दीमा सच्चा राष्ट्रवादी बनेर मुलुक चलाउन सक्छु भनेर साहस गर्नु नै ज्ञानेन्द्रको ठुलो भुल र गल्ती थियो ।
तत्कालिन प्रधानसेनापति रुक्मांगद कटवालको कार्यकालमा नै माओवादीका पुष्पकमल दाहाल, बाबुराम भट्टराई लगायतका नेताहरूले आफ्नो लडाकुहरु नेपाली सेनामा समायोजन गरेर नेपाली सेनाहरुमा फुट गराएर नेपाली सेनालाई सखाप पारेर मुलुक नै ध्वस्त गर्ने लक्ष्य थियो। नेपाली सेनाले कहाँ कहाँ बाट बडो दुःख र कष्ट गरी भिडियो फेला पारेर माओवादीका धेरै गोप्य रहस्यहरु फेला पारे।
यसप्रकार मुलुक ठुलो दुर्घटना हुनबाट नेपाली सेनाहरुले जोगाए।मुलुक जोगाउनमा नेपाली सेनाहरुको ठुलो योगदान छ।नेपाली नागरिकहरुले सेनाहरुले मुलुकप्रति दिएको योगदान र महत्वलाई बुझेनन। नेपाली सेनाहरुलाई मानसम्मान दिन त पर जाओस नेपाली नागरिकहरु कसैले पनि नेपाली सेनाप्रति सहानुभूतिसम्म देखाएनन । नेपाली नागरिकहरु स्वार्थी र गुण बिर्सने हुन। गुण भन्ने कुरा एक फेर लगाईन्छ।बारम्बार लगाउन सकिन्न।
एक त हाम्रो मुलुकलाई सतीले श्रापेकोले पनि राम्रो काम गर्नेहरुको सहि विचार बोक्नेहरुको उठी बास लाग्छ र नेपालमा सहि विचार,सहि नियत र सहि उद्देश्य भएकाहरू टिक्न सक्दैनन। राम्रो काम गर्ने, सहि सिद्धान्त, सहि विचार बोक्ने र राष्ट्रवादीहरुको नेपालमा काम छैन।जस्तै स्वर्गीय मदन भण्डारी, स्वर्गीय मरिचमान सिंह, स्वर्गीय श्री ५ बिरेन्द्र शाह वंश, श्री ५ ज्ञानेन्द्र राष्ट्रवादी हुन ।
नेपालमा कानुनी शासन छैन।यसकारण नेपाल कानुनी शासन भएको मुलुक होइन।राम्रो सिद्धान्त, सोच, विचार राख्ने मानिस नेपालमा टिक्न सक्दैन।
तीन करोड नेपाली नागरिकहरु मध्ये प्रधानसेनापति रुक्मांगद कटुवाल जस्ता सेनाहरुलाई मुलुकको चिन्ता ? ज्ञानेन्द्र शाह जस्तालाई मुलुकको चिन्ता ? तीन करोड नेपाली नागरिकहरु मध्ये कमसेकम एक लाख जनालाई मुलुकको चिन्ता होला ? बांकीलाई हात लाग्यो शुन्य भने जस्तै छ।
हाम्रो मुलुकको प्रायजसो सबै नेताहरू बिकाउ छन।मुलुकको यस्तै अवस्था रहिरहयो भने अफगानिस्तान, सिक्किम, सिरिया, रुवाणडा र हाइटी बन्न धेरै समय छैन ? नेपालमा के ठेगान फेरि कहिले नाकाबन्दी हुने हो ,र भोकभोकै मर्ने अवस्था आउन नसक्छ भन्ने कुनै ग्यारेन्टी छ र ? मलाई पनि हाम्रो मुलुकको हालत देखेर दिक्क लागेको छ।
हाम्रो मुलुक नेपाल अविकसित मुलुक हो। हाम्रो मुलुकले कहिले पनि प्रगति गर्न सक्दैन। नेपालमा नेपालका नेताहरूको मात्र प्रगति हुने छ।नेपालमा यो कुरा ठिक छ भनेर कतैबाट चित्त बुझाउनु पर्ने ठाउँ छैन ? दिनहुँ बेरोजगार युवाहरु बिदेशतिर पलायन भइरहेको अवस्था छ।नेताहरू आफ्नो दुनो कहाँ बाट कसरी सोझाउनमा मात्र ध्यान तत्पर र केन्द्रित छन।
पुर्वराजा ज्ञानेन्द्र शाहले मर्यादा नाघेर अपशब्दले कुनै पनि नेताहरूलाई आजसम्म गाली गरेको भन्ने मलाई थाहा छैन। पुर्वराजा ज्ञानेन्द्र शाहले जहिले पनि मर्यादित र शिष्टचारले नै बोल्नु भएको छ।
तर पुर्वराजा ज्ञानेन्द्र शाहलाई कहिले प्रधानमन्त्री के पी शर्मा ओलीले गाली गरेको र धम्क्याएको सुनेको छु , कहिले पुष्पकमल दाहालले गाली गरेको र धम्क्याएको सुनेको छु , कहिले बाबुराम भट्टराईले गाली गरेको र धम्क्याएको सुनेको छु , कहिले माधव नेपालले गाली गरेको र धम्क्याएको सुनेको छु , कहिले गगन थापाले गाली गरेको र धम्क्याएको सुनेको छु , कहिले झलनाथ खनालले गाली गरेको र धम्क्याएको सुनेको छु , कहिले मातृकाप्रसाद यादवले गाली गरेको र धम्क्याएको सुनेको छु । पुर्वराजा ज्ञानेन्द्र शाहको कति खेदो खनेको हो ?
पुर्वराजा ज्ञानेन्द्र शाह मुलुक त्यागेर अन्तर्राष्ट्रिय मुलुक नै जीवनभरी बस्ने हो भने राजा ज्ञानेन्द्र शाहलाई सम्मान साथ हिन्दु सम्राट तथा विष्णुको अवतार भनेर दिनहुँ बिहान र बेलुका पुजा गरेर राख्छन। पहिले राजसंस्था र राजसंस्थापछि पुर्वराजा ज्ञानेन्द्र शाह भएर मात्र यो मुलुक बचेको छ। पुर्वराजा ज्ञानेन्द्र शाहले मुलुक त्याग गरुन त्यसपछि हामी नेपाली नागरिकहरुको के दुर्दशा हुनेछ बल्ल थाहा हुन्छ ?
हिन्दीमा कहावत छ बँदर क्या जाने अदरकका स्वाद त्यस्तै हामी नेपाली नागरिकहरु छौं। यसकारण पनि पुर्वराजा ज्ञानेन्द्र शाह बुद्धको अवतार हुन।
नेपाली नागरिकहरु राजनीतिक दलका नेताहरु ताक परे तिवारी नत्र गोतामे जस्ता अवसरवादी र स्वार्थी छ्न । हालमा पुर्वराजा ज्ञानेन्द्र शाहको सत्तामा पुनर आगमन हुने हो भने उनका कुरा काटनेहरु सबै जना शाहको पछिपछि लाग्ने छन र राजालाई ठिक भनी राजाको तारिफ गर्न सम्मपछि पर्दैनन। विगतमा पनि देखिएको नै हो तत्कालिन राजा ज्ञानेन्द्रलाई नै दाम राखी ढोग्नसम्म पछि परेनन दाम राखी ढोग्न गएका नै हुन।
अब सत्तामा फेरी ज्ञानेन्द्र शाह आउनु मात्र प¥यो एमाले, कांग्रेस र माओवादी आदि आदि जस्ता दलहरूका नेताहरु कार्यकर्ताहरु नागरिकहरु सबै राजावादी र राजाका हुन्छन। तर सत्ता बाहिर भएको बेला ज्ञानेन्द्र शाहको विरोधी भएर कुरा काटेर अवसरवादी चरित्र देखाउँछन। यसकारण मैले नेपाली नागरिकहरु अवसरवादी, स्वार्थी मासु, भात र दारुमा बिकाउ भनेको हो ।

