दुर्गा प्रसाई शोषण र उत्पीडनबाट पीडित भएका आम नेपालीको मुक्तिका लागि जनयुद्धमा होमिएका व्यक्ति, सैनिक हिरासतमा रहेका एकजना ब्यक्ति पार्टी खुल्ला राजनीतिमा आएपछि एकजना सफल उद्यमी अनि ब्यबसायी पनि हुन् । राजनीतिमा सक्रिय भए पनि नभए पनि उनको छातीको एकातर्फ केपी ओली र अर्को तर्फ पुष्पकमल दाहाल धुकधुक गर्छन भन्दा फरक पर्दैन । यी दुईका बिचमा रहेका व्यक्ति को हो भनेर सामाजिक संजालमा समेत ठूलो चर्चा भयो । को हो दुर्गा प्रसाई भनेर हल्लाखल्ला नै भयो । उनै दुर्गा प्रसाईसंग दुई बाम पार्टीको एकता, समसामयिक राजनीति , मेडिकल शिक्षा, उद्योग र व्यवसायका बारेमा समेत गरिएको गरमागरम कुराकानीको सार यस्तो रह्यो-
पुष्पकमल दाहालले दश बर्षे जनयुद्धको जुन परिकल्पना गर्नु भयो, २१औ शताब्दीमा जनयुद्धको परिकल्पना गरेर, सेनाको निर्मंर गरेर, २४० बर्षदेखी नेपालमा निरन्तर शासन गर्दै आएको राज्यसत्तालाई ढालेर, घर घरमा सिंहदरबार पुर्याएर, उहाँको एउटा ठूलो चाहना के थियो भने एउटा ठूलो नेपाल कम्युनिस्ट पार्टी बनाउने चाहना थियो तत्कालीन मेरो अध्यक्ष जो अहिले आम नेपालीको अध्यक्ष हुनुभयो । उहाँको चाहना अनुरुप नै गणतन्त्र स्थापनापछि संबिधानसभाको स्थापना र गणतान्त्रिक संबिधान आउंदै गर्दाको चाहना अनुरुप नेपाल कम्युनिस्ट पार्टीको एकता भएको छ । मेरो बिचारमा पक्कै पनि अब राम्रा दिन आउलान । भखरै सुरुवात भएको छ, त्यसैले नराम्रो नसोचौं ।
नेकपामा दुवै जना अध्यक्ष भएको प्रसंगमा राज्य र बिकासका लागि पद आबश्यक पर्छ जस्तो लाग्छ ।
राजर्षी ठाँट भनेको राजाहरुको हो, अहिले मैले यो साधारण टाई र कोटमा आएँ, आउन हुँदैन थियो कि ? किनभने फाटेको लुगा लाएर, दांत नामाझेरै कम्युनिस्ट हुने भए लेनिन, स्टालिनहरुले पनि कोट लाए होलान ? परिवर्तनको स्वर बोल्ने कार्ल मार्क्स पनि टाईसुटमै हुनुहुन्थ्यो । कार्ल मार्क्सकै सिद्धान्तमा आज संसार चलेको छ मेरो सिद्धान्तमा हैन । बिचारले कम्युनिस्ट हुनुपर्यो । तपाइको कुरा अनुसार त् हिड्नै पर्यो, गाडी, जहाज पनि चड्न भएन । परिवर्तन लवाइ, खुवाई सबै कुरामा परिवर्तन गर्नु पर्यो ।
ध्वंश नगर्दा, जनयुद्धको थालनी नगर्दा यो स्थिति आज कहाँ आउंथ्यो ? यदि जनयुद्धले परिवर्तन लिएर नआएको भए टाई सुट लगाएर तपाइँ हामी आज कसरी बहस गर्ने ठाउँमा आइपुग्थ्यौ त ? निर्माणका लागि त् ध्वंश हुन्छ नि । चिन, फ्रान्स आदिको इतिहास हेर्नुस जहाँको पनि निर्माण ध्वन्सले नै जन्माएको छ ।
म कुनै आयातित लोटा बोकेर आएको सन्तान हैन । मेरा बाउहरु २००७ सालमा झापामा जंगल फाँडेर बसेकाहरुको म सन्तान हो । मेरो बीएन सिटी हस्पिटल कसरी आयो भन्दा मैले सात आठ वटा बैंकहरुसंग लोन लिएको छु, छर्लंग छ । मेची अंचलको सबैभन्दा बढी ट्याक्स बुझाउने मान्छे पनि म हुँ । मेची अंचलमा सबै भन्दा बढी रोजगार सिर्जना गर्ने मान्छे पनि म हु, मैले आज ८०० मानिसलाई रोजगार दिएको छु । स्वास्थ्य, शिक्षा र रोजगार मेरो नारा हो । हिजोका दिनमा जनयुद्धमा पनि मैले दुई करोडको गाडी चढेर नै बसेको थिएँ । मैले भने नि म कुनै आयातित सन्तान हैन । म कुनै तस्कर हैन जसको पछाडी पुलिस लाग्छ । युद्धमा होमिएको बेलामा आर्मीको रेकर्डमा दुर्गा प्रसाई छ । म नेपाल आमाको छोरा हुँ र गर्बका साथ् भन्छु, म नेपाल कम्युनिस्ट पार्टीको एउटा क्याडर पनि हुँ ।
अब भर्खर भौतिक पूर्वाधारहरु बन्न थाले, देश संकटकालबाट निस्कियो, अब बल्ल सरकारले मापदण्ड बनाउने हो। मापदण्ड पुरा गरिस भने तैले कलेज चलाउन पाउछास, हैन भने पाउदैनस भनेर अब सरकारले मापदण्ड बनाएर भन्ने हो । गोविन्द केसीको कुरा गर्ने हो भने उहाँको आफ्नै मापदण्ड पूरा भएको छैन, उहाँले किन अहिलेसम्म बिहे नगरेको ? उहाँले मलाई मेडिकल कलेज चलाउन दिनु हुदैन भनेर मेरो बिरोध गर्नु हुन्छ रे, त्यहाँ प्रचण्डको लगानी छ भनेर । कम्पनि रजिस्टारको कागज हेरे थाहा भैहाल्छ त मेरो मेडिकल कलेजमा ककसको लगाई छ भनेर । मेरो कलेजमा सात वटा बैंकको लगानी हो, दुर्गा प्रसाईको मिहिनेत हो ।
बिशेषत: शैक्षिक क्षेत्रमा परिवर्तन ल्याउने शक्ति भनेको निजि क्षेत्र हो र निजि क्षेत्रलाई शिक्षाको क्षेत्रमा अगाडी आउन दिनु पर्छ र यसमा गोविन्द केसीजस्ता मानिसलाई बिरोध गर्ने कुनै अधिकार छैन भन्ने खरो बक्ता दुर्गा प्रसाईको विचार सबै जान्नका लागि भिडियोमा क्लिक गर्नुहोस ।
प्रस्तुति- अजय बिश्वाश

