–विपुल विक्रम
यहुदी र हाइब्रिड युद्ध -मिश्रमा पिरामिड बनाउने कार्यमा इजरायलबाट थुप्रै कामदारहरू दासका रूपमा पुगेका थिए । एक कथा अनुसार हजरत मुसालाई उनकी आमाले काठकाे बाकसमा केही कारणले बगाएकी थिइन् । बग्दै गएकाे याे बाकस मिश्रकि एक राजकुमारीले भेटिन् । उनले मुसालाई राजसी ठाँटले पालिन् । मुसाले राम्राे शिक्षा पाए । पछि उनलाई थाहा भषाे उनी राजपरिवारको नभएर एक साधारण यहुदी थिए । यसले उनी दुखी भए र यहुदी श्रमिकहरू लिएर त्यहींबाट हिँडे ।
यिनै मुसाले माउन्ट सिनाइमा यहुदीहरूकाे लागि ईश्वरसँग दस आज्ञाहरू सहितकाे कानुन (टाेरा) प्राप्त गरे र सेमेटिक धर्मकाे पहिलो यहुदी धर्म बनाए ।
इजरालकाे सानाे भागमा केहि काल यहुदीहरूकाे राज्य भयाे र कालान्तरमा यहुदीहरू भूमिहिन भए र भटकपन पुगे । हजारौँ साल देखि भूमिहीन श्रीहीन मात्रै होइन, यहुदीहरूलाई मिश्री फारसी बाबेल रोमन क्रिश्चियन इस्लाम हिटलर सबैले नाश गर्न खोजेका थिए । उनीहरु संग “इजरायल” भन्ने हाम्रो देश हुनेछ भन्ने कल्पना (सोच आशा) बाहेक केही थिएन । डायस्पाेरियन यहुदीहरूले जताततै दुख र अपमान पाउँदै गए, तथापि एक दिन आफ्नाे देश हुनेछ र त्यहाँ यहुदी राज हुनेछ भन्ने दृढ विश्वास यनिहरूमा थियाे ।
दाेश्राे विश्वयुद्धपछि इजरायल स्थापना भयाे र इजरायल स्थापना हुनुकाे पछाडि यहुदीहरूले हाइब्रिड वार गरेका थिए ।
हाइब्रिड वारमा सेना, बम, हतियार आदिकाे प्रयाेग गरिदैन । सेनाले आक्रमण गरेर अर्काे मुलुकाे भूमि पनि जित्दैन । यहुदीहरू अमेरिकाकाे नेता, पलिसिमेकर, ब्युराेक्र्याट, जज, ब्यापारी आदि थुप्रै महत्त्वपूर्ण पदहरूमा पुग्न सफल भए । अमेरिका मात्रै नभएर यहुदीहरू क्यानडा अष्ट्रेलिया र युराेपका थुप्रै देशहरूमा समेत महत्त्वपूर्ण पदमा पुगेका छन्, त्यहाँका नेता भएका छन् । यहुदीहरू करिब डेढ कराेड छन् र ती मध्ये पनि सत्तरी लाख जति विदेशमा छन् ।
अमेरिकाकाे डेल, फेिबुक, गुगल आदि ठूला कम्पनीहरूका मालिक यहुदी हुन् । म्याक (एप्पल)काे चिप्स इजरायल बनाउँछ, म्यानहटनकाे विनिमय बैंक यहुदीहरू चलाउँछन्, अमेरिकी पाेलिसि मेकरमा ब्युराेक्र्याटमा, रक्षा, परराष्ट्र, यु.एन. आदिका महत्त्वपूर्ण पदहरूमा यहुदिहरू नै छन् । शिक्षा, स्वास्थ बिज्ञान ब्यापार आदिमा यहुदीहरू नै अग्र स्थानमा छन्, १३ जना नाेवेल पुरस्का विजेता यहुदी हुनुले उनिहरू कति बुद्धिमान छन् भन्ने अडकल लगाउन सकिन्छ । आज अमेरिकाले इजरायल लाई बोकेको होइन, इजरायलले अमेरिकालाइ बोकेको छ ।
यहुदीहरू नै बिश्ववैक मुद्राकोष लगायत यसलोकको बित्तको वास्तविक मालिक हुन् । वास्तवमा अहिले अमेरिका मात्रै हाेइन पूरा विश्व नै यहुदीहरूकाे मुठ्ठीमा छ । त्यसैले राष्ट्रपति वाइडेन तुरुन्तै इजरायल गएका थिए । यसैले इजरायल बिरुद्ध या इजरायलकाे अहितमा कतै कुनै निर्णय हुँदैन, हुन नै पाउँदैन ।
डायस्पाेरामा रहे पनि हरेक यहुदीहरू इजरायलकाे रक्षा र हितका लागि एक जुट छन्, साम दान दण्ड भेद सबै कुरा अपनाउँछन् । लाखौं डलर तलब खाने यहुदीहरू आज देशको लागि युद्ध गर्न विभिन्न देशहरू बाट इजरायल फर्किएका छन्, तर तिनीहरूकाे जागिर, तलब सुविधाहरू कतै काटिदैन, उल्टो उनिहरूलाई कम्पनीले विभिन्न सहयाेग गरेर युद्धको लागि पठाएका छन् । चाहे पुरुष हुन् या नारी, संसारका हरेक ठाउँबाट हरेक यहुदीहरूले जे जसरी भए पनि इजरायलकाे रक्षा गर्न लागि परिरहेका छन् ।
यहुदीहरूकाे राष्ट्र प्रेम अनुपम छ । यति थाेरै जनशंख्यामा भए पनि यहुदीहरूले विश्वलाई नै कब्जामा गर्न सक्नुकाे कारण उनिहरूकाे अटुट हाइब्रिड वार नै हाे, र यहुदीहरूकाे हाइब्रिड वार कहिल्यै सकिँदैन ।
–साभार विपुल विक्रमको फेसबुकबाट

