-नरकुमार योङ्या
१ नम्बर प्रदेशको नामकरण कोशी प्रदेश राखेका छ्न त्यहाँका सत्तासिन दलहरुले र यसको प्रमुख पात्र एमालेका हिक्मत बहादुर कार्कि छ्न ।
कंग्रेस , एमाले , माओवादी अरु स्याना दलहरुले पनि कोशी प्रदेशको नामकरण गर्दा पक्षमा मतदान गरेकाछ्न एकाध संसधले मात्र कोशी प्रदेशको बिपक्षमा मतदान गरेकाछ्न भने कोहि संसध तटस्थ बसेका छ्न ।
कोशी प्रदेशको पक्षमा ९० % त्यहाका सांसदहरुले मतदान गरेका छ्न अर्थात दुई तिहाइ बहुमतले पारित गरेका छन् । १ न. प्रदेशको नामकरण कोशी प्रदेश राख्नु हुदैन भन्ने त्यहाँका पहिचानको पक्षधरहरुले बिरोध गरिरहेका छ्न चरणबद्ध आन्दोलन घोषण गरिरहेका छ्न । किराँत प्रदेश राख्नु पर्छ भनेर आन्दोलन गरिरहेका छ्न ।
सत्ताधारी र बिरोधिहरुले स्वस्थ छलफल गर्ने माहोल बनाउन भन्दा झनझन गहिरो चोट पुग्ने गरि आपसमा झगडा हुने खालको वक्तव्य दिदै हिडिरहेका छ्न । जिम्मेवार कोहि देखिदैन सत्तारूढ पक्षले स्वस्थ छलफलको माहोल बनाउनु पर्ने हो तर त्यस्तो कुनै छनक देखिदैन पेलेर जाने सम्भावना देखिन्छ बिरोधिहरु सत्तारूढले मानेन भने आन्दोलन कै बलमा कोशी प्रदेश खारेज गर्ने चेतावनी दिदैछ्न ।
हुन त सत्तारूढ दलहरुसंग अहिले १ नम्बर प्रदेशमा त्यहाँको बहुमतिय आधिपत्य छ , राज्यको सम्पूर्ण शक्ति छ, कानून छ बिरोधिलाइ पेलेर केही हदसम्म जान् सक्छ तर यो सदाकालको लागि समस्या समाधान हुने बाटो हैन किनकि सत्ता परिवर्तनशिल हुन्छ । निको नभएको घाउ सधैको लागि निको हुदैन जतिबेला पनि बल्झिन सक्छ । यो उपाया समस्याको समाधान हैन । कुनै कुनै ठुला पार्टीका ठुला नेताहरु दुइतिहाइ बहुमत लिएर आउ अनि कोशी प्रदेशको नाम खारेज गर अन्यथा सम्भव छैन भनेर वक्तव्य दिदै पहिचानबादीहरुलाई झनझन आन्दोलन चर्काउन सडकमा लल्कारदै हिडिरहेकाछ्न ।
१ नम्बर प्रदेशको नामकरणको सवालमा पक्ष र बिपक्ष यति धेरै र्याडिकल हुँदै जादैछ्न एकले दोश्रोको कुरा नै सुन्न नै नसक्ने अवस्थामा पुग्दैछ्न ।
तमाम पिछडिएका वर्गहरुलाइ राज्यको मुल धारमा कसरी ल्याउने र सबैलाइ आफ्नो देश वा प्रदेश हो भन्ने महसुस गराउने यो चै आजको मुख्य बिषय हो । देश वा प्रदेश भित्र बसोबास गर्ने नागरिक एक आपसमा झैझगडा गर्छ दिनहु यो वा त्यो बिषयमा हड्ताल गर्छ देश वा प्रदेश भित्र शान्ति छैन भने बिकास हुने सम्भावना समाप्त भएर जान्छ । देश वा प्रदेश बिकास हुनलाइ पहिलो सर्त हो त्यहा भित्र बस्ने सम्पूर्ण नागरिक शान्त र सबैको सहभागिता हुनुपर्छ । राज्य सन्चालन गर्ने शासक जिम्मेवार भएर सबैलाइ मिलाएर लैजाने प्रयत्न गर्नु पर्दछ। तसर्थ बहुमत र अल्पमत अनि योग्यता खोज्न थालेमा संकट झनझन चर्किदै जान्छ । बहुमत र योग्यता अहिलेको माहोलको कुनै आवस्यक विषय नै हैन ।
१ नम्बर प्रदेशको नामकरण कोशी प्रदेश भए संगै त्यहा उत्पन्न भएका बिरोध बाबजुद किराँत प्रदेश वा लिम्बुवान किराँत प्रदेश राख्नु पर्छ भनेर त्यहाका पहिचानवादीहरुको चर्को आवाज गुन्जाएको छ ।
गणतन्त्र , संघियता , धर्म निरपेक्ष , समाबेशी , समानुपातिक र पहिचानका विषयहरु नेपालमा सुरुवात निकै लामो बलिदानी र संघर्ष पछि आएको उपलब्धिहरु हुन । माओवादीको दस बर्से सशस्त्र युद्ध २०६२/२०६३ को जन आन्दोलन , मधेश आन्दोलन त्यसपछी राजतन्त्रको अन्त्य अन्तरिम संविधान र संविधानसभाको चुनाव हुँदै गणतन्त्र , संघियता, धर्म निरपेक्ष , समाबेशी , समानुपातिक र पहिचान स्थापित भएको हो ।
हाल नेपालको संविधानमा स्पष्ट लिखित संस्था गत भएर माथिका विशयहरु बसेको छ तर यसको औपचारिक रुपमा कतिको पूरा भएको छ र व्यवहारिक रुपमा समाजमा जनताले कतिको उपयोग प्राप्त गरेको छ ।
राजतन्त्रको अन्तय , लोकतन्त्र अनि गणतन्त्रको लामो यात्रामा साहादत हुनुभएका सहिदहरु प्रती सदैब हार्दिक नमम गर्नु पर्दछ। यी उपलब्धीहरुलाइ उल्टाउने प्रयत्न कुनै पनि राजनितिक दलहरुले कोसिस नगरुन राजनितिक भाषामा भन्दा प्रतिगामी बन्ने छुट कसैलाई छैन ।
एक नम्बर प्रदेशको नाम कोशी प्रदेश राख्नु पर्छ भन्ने पक्षहरुको तर्क केछ ? यसको बिरोधिहरुको तर्क केछ ?
कोशी प्रदेशको पक्षधरहरुको तर्क:-
१. नदिनाला , हिमाल र पहाडको कुनै एउटा नाम राख्दा सबैको प्रतिनिधित्व हुने भन्दै कोशी नदिको नामले प्रदेशको नमकरण राखेको हो ।
२. कुनै धार्मीक , संस्कृतिक र जातिय विशेष झल्किने नभएर यो एउटा बिशुध नदिको नामले सबैको प्रतिनिधित्व भएको छ त्यही भएर कोशी प्रदेश राखेको हो ।
३. एक नम्बर प्रदेशको दुईतिहाइ जनप्रतिनिधिले मतदान गर्दै कोशी प्रदेश नामकरण पारित गरेको छ । अब बिरोध गर्नुको कुनै तुक रहेन ।
४. कोशी प्रदेशको नाम बदल्न अब आउदो चुनावमा बहुमत ल्याएर हटाउनु अन्याथा सम्भावना छैन ।
कोशी प्रदेश नामकरणको बिरोधिहरुको तर्क:-
१. हिमाल पहाड नदिनालाले पहिचान झिल्किने नाम खोजेका हैन एक नम्बर प्र्देशमा बस्ने मुल वाशी मानव समुदायले आफ्नो पहिचान झल्किने नाम खोजेको हो ।
२. धेरै पहिले भारत बाट आएको एउटा कौशिकी भन्ने ऋषिले राखेको नाम हो कोशी र यो हिन्दु समुदायको प्रतिनिधित्व गर्दछ ।
३. एक नम्बर प्रदेशको नाम कोशी प्रदेश रहन गएमा यहाका मुलबासी किराँतीहरुको अस्तित्व नै धारप पर्ने र पुर्खाहरुले खुन पसिना बगाएर निर्माण गरेका सभ्यता , संस्कार , संस्कृति , भासा , लिपि र पहिचान सखाप हुने सम्भावनाको आंकल्न गर्दछ्न ।
४. एक नम्बर प्रदेशको नाम यहाका मुलबासिहरुको पहिचान झकिन्ने नाम राख्नु पर्छ ।
एक नमबर प्रदेशको नाम किराँत प्रदेश हुनुपर्छ भन्नेहरुको तर्क :-
१. किरात समुदाय भित्र पर्ने समुहको यो एउटा पहिचान हो किरात सभ्यता र यसैको नाम बाट एक नम्बर प्रदेशको नामकरण हुनुपर्छ ।
२ . किरात भनेको कुनै नश्ल हैन र धर्म पनि हैन यो एउटा सभ्यता हो ।
३. नेपालमा प्राचीन कालमा किराँती राजाहरुले शासन ३२ पुस्ता सम्म गरेका थिए र उनिहरुको रगत पसिनाले निर्माण गरेको किरात सभ्यता नामेट गर्नु हुदैन कुनै न कुनै रुपले जिवन्त दिलाउनु पर्छ ।
४. किरात प्रदेश भित्र बस्ने सबै समुदाय किरात सभ्यताको हुन र आआफ्नै पहिचानले जिउन सबैलाइ स्वतन्त्र अघिकार छ।
एक नम्बर प्रदेशको नामकरण किराँत प्रदेश हुनुहुदैन भन्नेहरुको तर्क :-
१ . किरात भनेको एउटा नश्ल हो नश्लको आधारमा एक नम्बर प्रदेशको नामकरण हुनुहुदैन
२. बहुभाषिक , बहुजातीय र बहुधर्मलम्बी भएको एक नमबर प्रदेशमा कुनै एक जातिय विशेष पहिचान झल्किने नाम राख्दा अरु समुदायलाइ जिउन स्वतन्त्र हुदैन ।
३. एक नम्बर प्रदेशको नामकरण किरात प्रदेश राखेमा यो भुगोलमा बस्ने सम्पुर्ण समुदायको प्रतिनिधित्व हुदैन ।
४. एक नम्बर प्रदेशको नाम किरात प्रदेश भएमा गैर किराँत सम्हुदायलाइ भविस्यको कुनैपनी काल खन्डमा दुरगामी नकारात्मक असर पर्न सक्छ । भबिस्यको लागि आफ्नो समुदायलाइ सुरक्षित गर्नु पर्छ ।
एक नम्बर प्रदेशको नामकरण कोशी प्रदेश हुनुपर्छ भन्नेहरुको तर्क र (पहिचान वादी )बिरोधिहरुको तर्क त्यस्तै किराँत प्रदेश हुनुपर्छ भन्नेहरुको तर्क र बिरोधिहरुको तर्क सबैको मोटामोटी चर्चा गरे यो सबै कुन्ठाबाट ग्रसित तर्कहरु हो ।
म अर्थात हामी जुन समुदायमा र वर्गमा हुर्केका छौ सामान्यतया त्यो समुदाय र वर्गले मान्दै आएको तथ्यहिन विश्वासलाई बिना प्रमाण, बिना आधार म र हामी सबैले असत्यलाई विश्वास गर्न थाल्छौ यो नै तथ्यहिन कुन्ठा हो । कसैले सत्य तथ्य र प्रमाणको आधारमा बोले पनि हामिलाइ विश्वास लाग्दैन किनभने हामी जुन समुदाय र वर्ग सुन्दै मान्दै चल्दै आएको विश्वासलाई नै सत्य मान्दै विश्वास गर्छौ र आफ्नो समुदायको हित बिपरित छ भन्छौ । यो अवस्थामा सत्य तथ्य र प्रमाणको तर्क भन्दा आफ्नो समुदायको हित हावी हुन्छ ।
हामी प्राय:जसो सबै कुन्ठाबाट ग्रसित छौ यो यति र्याडिकल हुन्छ बिपक्षी र बोरोधिको कुरा सुन्ननै नसक्ने झेल्नै नसक्ने एक्दमै टाढा भाग्ने र आक्रमक हुने गर्दछौ। हाम्रो दिमागले बिचार बदल्नै सक्दैन र नयाँ कुरा नयाँ बिचार सम्झिने बुझ्ने मौका मिल्दैन कुनै पनि बिषयमा स्वस्थ छलफल हुन सक्दैन। कुन्ठाग्रसित मानसिक्ताबाट हामी बाहिर वास्तविक दुनियाँ , सत्य तथ्य र प्रमाणको आधारमा पक्ष बिपक्ष संग संवाद गर्ने हिम्मत गर्दैनौ तब सम्म मनुष्यको समस्या माथी राम्रो संग झेल्न सक्दैनौं ।
मनुस्यको मुल आवश्यकता माथि जबजब राज्यले बाड्फाड गर्छ तब तब मानव समाज र समुदाय नराम्रोसंग दुईभागमा बिभाजित हुनपुग्द छ। एउटा पक्षले आफ्नो अस्तित्व सुरक्षित भएको महसुस गर्छ भने दोश्रो समुदायले आफ्नो अस्तित्व धरापमा परेको र हेपिएको महसुस गर्छ सभावैले उ निरास हुनु , आक्रमक हुनु बिरोध गर्नु उसको नैसर्गिक अधिकर हुन्छ । गणतन्त्रको मुल दर्शन र सिद्धान्त यदि राज्य अर्थात साशक वर्गले आफू खुशी निर्णय गरेर समाजमा लागू गर्न खोज्दा त्यो निर्णयले त्यहाँ बसोबास गर्ने नागरिकलाइ गहिरो आघात चोट पुग्ने महसुस गरेमा उनिहरुले शान्तिपूर्ण बिरोध , कालो झन्डा देखाउन र आन्दोलन गर्न उनिहरुको सार्वभौम नैसर्गिक अधिकार हुन्छ तर शान्तिपूर्ण गतिविधि हुनुपर्दछ । राज्यले शान्तिपूर्ण आन्दोलनको गतिविधि माथी कुनै धरपकट र हस्तक्षेप गर्नु मिल्दैन ।
आसा गरौं एक नम्बर प्रदेशको नामकरणले उत्पन्न भएको विवाद , झगडा र आन्दोलन छिटै शासक वर्ग र पहिचानवादी बिच सत्य तथ्य , प्रमाणको आधारमा स्वस्थ छलफलबाट एउट सहमतिमको माध्यम हुँदै निष्कर्षमा पुगुन ।
कोशी प्रदेश नामकरण भएमा पहिचानवादिहरुले आफ्नो समुदायलाई नोक्सान पुग्छ भनेर सोच्नु फेरि किराँत प्रदेश नामकरण भएमा गैर किराँतीहरुले आफ्नो अस्तित्व खतम हुन्छ भनेर सोच्नु दुबै कुन्ठा हो । प्राचीन इतिहासको कालखण्डमा घटित घटनाक्रम र त्यसबाट उत्पन्न भएको बिकसित घटनाक्रमलाई अनुसरण गर्दै सत्य तथ्य र प्रमाणको आधारमा कोशी प्रदेशको नामकरण होस यसैमा सबैको कल्याण हुन्छ ।
हाल साउदी अरब ।

