विष्णु बस्याल पौडेल
चुने तिमिलाई करोडौको माँझमा
हराउन नदेउ मलाई लाखौको माँझमा
तिम्रो खुुशीमा नै हाम्रो खुुशी बाध्न चाहान्छु ।
३० वर्ष वैवाहिक जीवनको यो सुुनौलो मायाको भाव भूमिमा
अझ कति कति मायाको आसमा…
त्रिभुवन वहुमुखी क्याम्पस पाल्पामा आई.एल पढ्न म भैरहवादेखि पाल्पा गएँ, पाल्पामा आई.एल पढ्दा उनी हाम्रो कक्षामा अध्यापकको भूमिका आएर आफनो परिचय दिए एवं रितले हामी सवै विधार्थि पढदै गयौ , देवानी कानून विषयमा विवाह सम्वन्धी शिर्षक भएकोले पढाउने क्रममा विधार्थिलाई प्रश्न सोधे विवाहको परिभाषा के हो ? आम विधार्थिले जवाफ दिए सर हाम्रो विवाह भएको छैन सरको विवाह भएको होला विवाहको परिभाषा सरले नै दिनुहोस भनि भन्यौ तर सरले झट्ट उत्तर दिए मेरो पनि विवाह भएको छैन हामी सवै विधार्थि गल्लल हासेका थियौ । त्यस दिन पछि हामी महिला विधार्थिहरुले सरको विवाह भएको रहेनछ भन्दै एक अर्कोलाई सर संग जोडीन प्रयत्न गर्यो सायद त्यही हाम्रो उमेर र वैसको अवस्थाको कारण होला।

सरको विवाह नभएको हुनाले सरले कक्षामा पढाउँदा घरिघरि उनि र म बीच आँखा जुुध्न थाल्यो , उनले पढाँउदा पनि मलाईनै हेरे जस्तो लाग्न थाल्यो , मेरो मनमा उनि प्रति प्रेम भएको भान भयो , उनको मनमा के थियो आफुुलाई थाहा भएन् , कसरी सोध्ने , सोध्न पनि आँट चाहियो , पे्रेम हुन कुनै वहाना चाहिदो रहेनछ प्रेम भए पछि के लाग्दो रहेछ । एवं रितले म आइएल दोस्रो वर्षमा प्रवेश गरे । एक दिन उनले कसैसंग म संग भेटन चाँहेको सामाचार आयो । मलाई सारै डर लाग्यो कतै गालीपो खाइने हो कि भन्ने , पछि उनलाई पनि म प्रति पे्रम भएको आभास भयो त्यो दिन आफुुलाई अव संसार जित्न सक्छुु भन्ने भान भयो यसैले होला मनिसले प्रेमको संसार विचित्र हुन्छ भन्ने गरेको । यो मन मेरो दङ्ग भो उनको मनलाई भेटेर । उनिलाई भेटे पनि मलाई मायाको शायरी भन्न मनलाग्यो
मुुटुुमा बस्न चाहान्छु यसैगरि ।।।
।।। जसरी फूूलमा पात भए सरी ।।।
वढनेछ शोभा हाम्रो पीतको ।।।
गुुञजनेछ गीत हाम्रो हितको ।।।
उनि शायरी सुुने पछि मुुसुुक्क हासो उनको हासो लिई घर फर्के । अव मलाई अर्को युुद्ध जित्नुु थियो । उनि र मेरो प्रेम भएको विषय वुुवालाई कसरी भन्ने मेरो वुुवा कडा स्वाभावको हुनुहुन्थ्यो , वुुवा संग भन्ने आँट गरिन् सजिलो त आमा संग लाग्यो तर आमाले पनि अस्वीकार गर्नुुभयो सायद आमाले वुवालाई मेरो प्रेम सम्वन्धको वारेमा भनिदिनुु भयो होला अनि वुुवाले ठुुलो ठुुलो आखाँ पल्टाएर आँखा रातो वनाई मलाई हेर्नुुभयो मानौ कि मैले ठुुलै अपराध गरेजस्तो । वुुवा म संग रिसाएको आभास पाँए तर मलाई अरुवेला जस्तो डर लागेन किनकी उनि छन् मेरा लागि भन्ने भयो । तर वुुवाको चलाखी मैले वुुझन सकिन वुुवाले मेरो उनि संग प्रेम सम्वन्ध थाहा पाए पछि अर्को व्यक्तिसंग मेरो विवाह गर्न निधो गरि अर्को व्यतिmलाई वोलाएर हाम्रो संस्कार अनुुसार जनै सुुपारी गर्ने रे विहिवारको दिन भन्ने थाहा पाए , त्यति खेर मेरो उनि काठमाडौ थिए , मोवाइल फोनको जमाना थिएन् । फोन सम्पर्क गर्न सकिने अवस्था थिएन् ।
काठमाडौ कहाँ आएर खोज्ने कसरी खोज्ने मलाई छटपटि भयो , उनि संग सम्पर्क नभए पछि म र मेरो साथीहरु ( संगिता र प्रमी) मिलेर रणनीति तैयार गरेका थियो अव के गर्ने अनि हामीले म संग जनै सुुपारी गर्न आउने केटालाई म संग विवाह नगर्ने र मेरो कसैसंग प्रेम सम्वन्ध छ भनि आग्रह गरेका थियो तर उसले ठाडै अस्वीकार गरिदियो उसले पनि मलाई मनमराएको रहेछ १ वर्ष देखि सो विषय मलाई थाहा थिएन् । जे भए पनि विहे गर्छुु भनेछ , फसाद प¥यो अव हामी संग कुनै विकल्प रहेन् । वल्लवल्ल उनि काठमाडौ लाजिम्पाटमा छन् भने पछि साथिको दाजुु मार्फत उनि र म विचमा कुरा भयो । उनि र म भागेर विवाह पनि गर्न सक्ने अवस्था थिएन पारिवारिक संस्कारले हामीलाई वाँधिदिएको थियो । त्यसपछि अव अरु उपाए नभए पछि म मेरै घरमा वुुवा संग भिडन् थाले अन्तत वुुवालाई मनाएर छाडे तर वुुवाले मलाई मेरो मन्जुरी छैन् तिम्रो विवाहमा म खुुसी छैन भन्नुु भयो तर सन्तानको खुुसीको लागि म आज हारे भन्नुु भयो त्यस दिन म पनि दुुखी भए तर आफुुले मनपाराएको मानिस पाएकोले म दंग थिए । हामी दुवैले वाँचा गरेका थियौ । जीवनमा साथ दिन्छु साँस रहेसम्म ।।। जीवनमा हात दिन्छुु आस नमरेसम्म ।।।
विवाहको समय
विवाह हुने पक्का भएपछि मेरो दिदिले विवाह पछिको पारिवारिक भूुमिकाको वारेमा भन्दा मैले उतm भूूमिका निर्वाह गर्न सक्छुु कि सक्दैन भनि सारै डर लाग्यो मेरो उनि संग त्यती लामो प्रेम सम्वन्ध थिएन उनलाई मैले वुुझन पाएको थिएन करिव १ महिनाको प्रेम सम्वन्ध पछिनै विवाह भएको थियो । उनि र म पहिलो पटक भेटदा फेन्टा खाएर भेटेका थियौ पछि हामीले हाम्रो प्रेमको नाम फेन्टा लफ भनेर राखेका थियौ । जुुन आज सझिदा रमाइलो लाग्दछ । विवाह पश्चात उनिले आफनो घर परिवारको वारेमा जानकारी गराए , हरेक कार्यमा उनको साथ पाँए भान्सा देखि सवै कार्यमा उनले सहयोग गरे र पढनुु पर्छ म सरह तिमि वन्नुु पर्छ भनी मेरो अध्ययन लाई अगाडि वढाउने सल्लाह दिए । एक मनले मेरो माइति परिवार व्यपारी भएकोले मलाई व्यापार गरौकि जस्तो लागेको थियो तर उनले कानून पढेर अगाडि वढनु पर्छ भनि सल्लाह दिए सोहि बमोजिम म अगाडि वढे हाम्रो वैवाहिक सम्वन्ध बाट दुुई छोराको जन्म भयो सन्तान हुुकाउने सम्वन्धमा पनि मैले भन्दा उनले सन्तानको ख्याल गरे त्यसैको परिणाम होला मेरो छोराहरुले पहिला वावा भन्छन् अनि आमा भन्छन् अहिले पनि यसमा मेरो चित्त दुुखाई छैन् किनकी वच्चालाई उनिलेनै हुुर्काए ।
मैले त आमा भएर स्तानपान मात्र गराए , सवै रेखदेख उनलै गरे , वच्चा जन्मेको ३ महिनामा पनि वच्चालाई हेरर मलाई सुसको तालिम, स्त्री शतिmमा तालिम, महिला विकास कार्यालयल पाल्पाले गरेको कार्यक्रममा भाग लिन पठाए । सवैले मलाई गाली गर्थे वच्चा छोडेर आएको भनेर तर उनले तिमि अगाडि बढ निराश हुनुु हुदैन भनेर सल्लाह दिन्थे । अरुको आमाले वच्चा हेर्छन हाम्रो वच्चा म (वुुवाले) हेर्छुु आमा वा वावुु जो जसले वच्चा हेर्दा हुन्छ अरुको कुरा नसुुन अगाढि वढ भने पछि अलि सहज भयो मेले अध्ययन गर्ने राजनिति र थुुपै सामाजिक कार्य समेत गरे , जीवन यति सहज भयो दिदिले भनेका भुुमिकाहरु मैले कुुनै निर्वाह गर्न परेन् । वैवाहिक जीवनमा कुनै दिन हामी विच असहज भएन् । उनि प्रति मलाई जीवनमा कुनै गुुनासो छैन् । असल साथी पाउनुु , जीवन संगिनिलाई वुुझने पति भएमा सायद महिलाहरु मुुद्दा लिएर अदालत आउनुु र घर छोडनुु पर्देन् थियो होला । सायद पुुर्व जन्ममा मेैले राम्रो काम गरेको कारण त्यसकै प्रतिफल होला । मलाई वुुझने, सहयोग गर्ने , साथीको साथ पाए । हाम्रो सम्वन्धको वारेमा पाल्पामा पनि चर्चा हुन्थयो । मेरो नाम विष्णुु उनको नाम कृष्ण भएकोले सवैले राधा कृष्णको जोडि भनि सम्वोधन गर्थे ।
हामी वीच कुनै दिन असहज वातावरण भएन पटक पटक छिमेकीले श्रीमतिलाई स्वतन्त्रता दिनुु हुदैन् भनेर कानेखुुसी गरी उनलाई भन्न आएका रहेनछन् । अफिस वाट घर जाँदा उनले मलाई छिमेकीले आज यस्तो भनेको थियो मैले उनलाई मेरो श्रीमति हो हजुरलाई किन टाउको दुुख्यो वरु म हजुरलाई टाउको दुुखेको भए सिटामोल ल्याइदिन्छु भने पछि छिमेकीले दोहोराएर कुनै कुरा गर्न पाएनन् । धन्न मेरो उनिले छिमेकीको कुरा सुुनेको भए मेरो वैवाहिक जीवनमा के हुन्थयो होला विचरा छिमेकीहरुले आँखा सम्म जुुधाउन सक्दैनन् अहिले ।।।।
विवाह गरेको ३० औ वसन्त पार भएको छ । वैवाहिक जीवनमा कहिले हरेस खानुु परेन् । प्रेम, सदभाव , साथ सहयोग, हेरचाह, संरक्षण वैवाहिक जीवनका आधारभुुत मान्यताको उपभोग गर्न पाएको हुनाले जीवन सहज छ । हामी दुवैको त्याग र एक अर्का प्रतिको विश्वासले वैवाहिक जीवन टिकेको छ । सधै यहि जीवनको आसा गरेको छुु । कसै प्रति हाम्रो केहि गुुुनासो छैन् । साथ सहयोग गर्ने मेरो परिवार, साथिहरु, छोराहरु , हाम्रो सुुभेक्षा चाहने हरु प्रति नमन गर्न चाहँन्छु मेरो वुुवाले विवाह गर्ने समयमा सन्तानको खुुसीको लागि मैले हारे भन्ने वुुवाको शव्दलाई हाम्रो वैवाहिक जीवनमा वुुवाको निर्णयलाई गलत नहुने विश्वासलाई कायम राखेका छौ । वुुवा हजुरले हारेको होइन् हजुरको आर्शिवादले हाम्रो वैवाहिक सम्वन्ध सुुमधुर भएको छ ।
वैवाहिक जीवनमा मेरो उनिलाई हार्दिक शुभकामना

