शुक्रबार, कार्तिक ११, २०७९
ज्ञानेन्द्र शाहलाई पुन:राजा बनाउने र राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्री बनाउने ठुलो योजनाको खुलासा (भिडियो)

ज्ञानेन्द्र शाहलाई पुन:राजा बनाउने र राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्री बनाउने ठुलो योजनाको खुलासा (भिडियो)

रवीन्द्र मिश्र जहाँ जहाँ जान्छन् त्यहाँ ध्वस्त पार्छन् !


  • स्वदेश नेपाल
  • शुक्रबार, कार्तिक ११, २०७९

राप्रपाका वरिष्ठ उपाध्यक्ष तथा आगामी निर्वाचनमा काठमाडौं-१ बाट प्रतिनिधिसभाका उम्मेदवार रवीन्द्र मिश्रले आफ्नो उद्देश्य भनेको देश बनाउने रहेको बताएका छन् ।

राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

पत्रकार धमलाले तपाईँ जहाँ जानुहुन्छ, त्यहाँ ध्वस्त पार्नुहुन्छ है ? भनेर सोधेको प्रश्नमा उनले भने,”म कहाँ गएँ ?” उनले संविधानले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता अपरिवर्तनीय भनेर नभनेको स्पष्ट पारे ।

उनले आफूले संविधानको दायराभित्रै बसेर यी विषय परिवर्तन गर्न खोजेको सुनाए ।

उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजा बनाउने र राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्री बनाउने आफ्नो चाहना रहेको सुनाए । उनले देश बनाउनको लागि आफ्नो भूमिका हुने विश्वास दिलाए ।

प्रतिक्रिया
सम्बन्धित समाचार