बिहिबार, कार्तिक ३, २०७९
सांसद जितेर संसदीय दलको नेता लड्छु, त्यहाँबाट जम्प गरेर देशको गाडी चलाउँछु : महामन्त्री थापा (भिडियोसहित)

सांसद जितेर संसदीय दलको नेता लड्छु, त्यहाँबाट जम्प गरेर देशको गाडी चलाउँछु : महामन्त्री थापा (भिडियोसहित)


  • स्वदेश नेपाल
  • बिहिबार, कार्तिक ३, २०७९

काठमाडौं :

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आँफुलाई तेस्रो पटक मतदाताले मत हाल्नु पर्ने कारण खुलाएकाछन् । योहो टेलिभिजको लोकप्रिय कार्यक्रम सत्य संवादमा पत्रकार जिवराम भण्डारीसँग कुरा गर्दै थापाले पहिलो पटक २०७० सालमा आफ्नो संसद यात्रा स्मरण गर्दै पहिलो यात्रा त्यतिबेला संविधान सभाको लागि भएको बताएकाछन् ।

त्यसबेलाको आफ्नो प्राथमिकता संविधानसभामा जाने र गलत संविधान बन्न नदिने भएको र सोही अनुरुप काम गरेको थापाको दाबी छ् । गतल संविधानको विषयमा थप स्पस्ट पारेका उनले त्यस अघिको संविधान सभाबाट जस्तो खालको गलत संविधान बनाउने कोशिस भएको थियो जातिय राज्यहरु यावत विषयमा आफ्नो प्रयासबाट डेमोक्रेटको सन्दर्भमा जे जिम्मेवारी लिएर गएको थिए, त्यो पुरा गरेर फर्किए ।

छोटो समय स्वास्थमन्त्री बन्ने अबसर पाएको चर्चा गर्दै महामन्त्री थापाले आफ्नो कार्यकालको मूल्याङकन देश र जनताले न्यायोचित ढङगले गरेको बताए । दोस्रो पटक सांसद भएर जादा एउटा सांसद विद्यायकको रुपमा गएको र त्यही भुमिका निर्वाह गरेर फर्किएको बताएका थापाले तेस्रो पटक आफुलाई निर्वाचित गराए दुई पटकको सांसदको अनुभव, एक पटकको मन्त्री र देशकहाँबाट कसरी चल्छ भन्ने विषयमा समाधान पनि खोजेर आएको जिकिर गरेकाछन् ।

उनि यसैमा थप्छन् यस पटक सांसद जितेर नेपाली कांग्रेसको संसदीय दलको नेता लड्न चाहान्छु । जित्न चाहान्छु । यदि अहिले यो पार्टीहरुको गठवन्धनले बहुमत प्राप्त गर्यो भने वा कांग्रेससँग बहुमत भयो भने त्यो बेलामा नेपाली कांग्रेसको तर्फबाट ड्राइभिङ सिटमा बसेर देशको गाडीलाई अगाडि बढाउन चाहान्छु ।

बाँकी हेर्यौ यो भिडियोमा

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट