शुक्रबार, अशोज २१, २०७९
प्रहरीपछि राजनीतिमा आमनेसामने खनाल-खरेल, निर्मला पन्तबारे खनालले खोले ठूलो रहस्य (भिडियो)

प्रहरीपछि राजनीतिमा आमनेसामने खनाल-खरेल, निर्मला पन्तबारे खनालले खोले ठूलो रहस्य (भिडियो)


  • स्वदेश नेपाल
  • शुक्रबार, अशोज २१, २०७९

नेकपा एमालेका नेता एवं नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालले निर्मला पन्तको केसमा नयाँ खुलासा गरेका छन्। खनालले पन्तको अनुसन्धानका क्रममा राजनीतिकरणको प्रभाव झेलेको पनि बताएका छन्।

साथै माओवादी नेता कुमार पौडेल हत्या प्रकरणबारेपछि उनले नयाँ खुलासा गरेका छन्। आफू प्रहरी प्रमुख हुँदा पन्तकी आमालाई जाहेरी दिन लगाएको बताउँदै घटनाको अनुसन्धान अधिकृत प्रहरी प्रमुख हुँदा हत्यारा सार्वजनिक गर्न नसकेको पनि जिकिर गरे। उनले पन्तको विषयमा राजनीतिकरण हुँदा समस्या भएको बताए।

एमाले प्रवेश गरेका खनालले पहिलोपटक अन्तरवार्ता दिँदै प्रहरीमा रहँदा भएको आलोचनाको जवाफ दिएका छन्। नेपाल सुशासन पार्टीका अध्यक्ष एवं पूर्व प्रहरी रमेश खरेल राजनीतिमा होमिएपछि खनालले पनि खरेलकै बाटो समातेका हुन्।

केपी शर्मा ओली प्रधानमन्त्री हुँदा खनाल महानिरीक्षक बनेका थिए। उनलाई एमालेले आउँदो निर्वाचनमा उम्मेदवार बनाउने र पार्टीमा पनि राम्रो जिम्मेवारी दिने तयारी गरेको छ ।

खनालले महानिरीक्षक हुँदा र अवकासपछि पनि एमालेलाई राम्रै गुन लगाएका छन्। तत्कालिन समाजवादी पार्टीका सांसद डाक्टर सुरेन्द्र यादवलाई जनकपुरबाट अपहरण गरेर काठमाडौं ल्याउनेसम्मको अपराधमा सर्वेन्द्र नै सामेल भएका थिए।

समाजवादी पार्टी फुटाइदिने एमालेको षड्यन्त्र पुरा गर्नको लागि एक जना सांसद अपुग भइरहेको बेला सांसद महेश बस्नेत र किसान श्रेष्ठसँगै जनकपुर गएर पूर्व महानिरीक्षक खनालले सांसद यादवलाई अपहरण गरेर काठमाडौंको मेरिएट होटलमा ल्याएर राखेका थिए ।

कोरोना महामारीका कारण देशमा कडा लकडाउन भइरहेको बेला २०७७ सालको वैशाखमा सांसदहरु बस्नेत र श्रेष्ठ तथा पूर्व महानिरीक्षक खनालले यादवलाई अपहरण गरी रातीको ३ बजे काठमाडौं ल्याएका थिए। यो कार्यको त्यतिबेलै चर्को आलोचना भएको थियो।

तत्कालिन नेकपा र हाल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘पार्टीले उचित मुल्याङ्कन गर्ने’ आश्वासन दिएका थिए । पार्टीलाई सहयोग गरेवापत अहिले ओलीले सर्वेन्द्रलाई गुन तिर्न लागेको एमालेकै नेताहरु बताउँछन्।

हेर्नुहोस् सर्वेन्द्र खनालको अन्तरवार्ताः

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट