मङ्लबार, भदौ २८, २०७९
बार्गेनिङमा कुरा नमिलेपछि सन्दिप लामिछाने र पल शाहलाई फसाइएको हो : दुर्गा प्रसाईं

बार्गेनिङमा कुरा नमिलेपछि सन्दिप लामिछाने र पल शाहलाई फसाइएको हो : दुर्गा प्रसाईं


  • स्वदेश नेपाल
  • मङ्लबार, भदौ २८, २०७९

एमाले नेता दुर्गा प्रसाईंले सन्दिप लामिछाने र पल शाह बलात्कारी नभएको ठोकुवा गरेका छन्।बलात्कार भएको भए तुरुन्त प्रहरीलाई खबर गर्न पर्नेमा पन्ध्र दिनपछि बलात्कार भन्दै खबर गर्नेलाई बलात्कार भन्न नमिल्ने प्रसाईंको भनाई छ।ऋषि धमलासँग प्राइम टेलिभिजनको कार्यक्रममा बोल्दै प्रसाईंले यस्तो बताएका हुन्।

बार्गेनिङमा कुरा नमिलेपछि सन्दिप लामिछाने र पल शाहलाई बलात्कारको आरोप लगाएको ठोकुवा प्रसाईंको थियो।यस्तै अबस्था रहिरहने हो भने भोलिका दिनमा सबैजना फस्न सक्ने चिन्ता प्रसाईंले गरे।

अठार बर्षको उमेरमा नाबालिका बनाईने नै ठिक छैन।सात कक्षा देखि लभ गर्छन् भने अठार बर्षको उमेरमा कसरी नाबालिका भए भन्ने प्रसाईंले प्रश्न गरे।

हेर्नुहोस् पूरा कुराकानी

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट