मङ्लबार, भदौ २८, २०७९
दशजना पत्रकार लिएर नेताले राखेको पैसा खोज्न सिंगापुर र स्विट्जरल्याण्ड जान्छु : दुर्गा प्रसाईं

दशजना पत्रकार लिएर नेताले राखेको पैसा खोज्न सिंगापुर र स्विट्जरल्याण्ड जान्छु : दुर्गा प्रसाईं


  • स्वदेश नेपाल
  • मङ्लबार, भदौ २८, २०७९

नेकपा एमालेका नेता तथा ब्यबसायी दुर्गा प्रसाईंले अब आउँने संघीय र प्रदेशको चुनाबपछि पनि देशमा विकास र समृद्धि नआउँने ठोकुवा गरे।

पचपन्न जना ब्यापारी र दश जना नेताको हातमा देशको सारा अर्थतन्त्र कब्जा भएको प्रसाईंको दाबी छ।चुनाब अघि दश जना पत्रकार लिएर नेपाली नेता र ब्यापारीले विदेशमा राखेको पैसा खोज्न सिंगापुर र स्विट्जरल्याण्ड जाने कुरा प्रसाईंले दाबी गरे।

प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु देउवा पश्चिमाबाट चल्ने गरेको आरोप समेत प्रसाईंले लगाए।स्व.राजा वीरेन्द्र र उनका परिवारको हत्या ग्राण्ड डिजाइन अनुसार भएको ठोकुवा प्रसाईंको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट