शनिबार, भदौ २५, २०७९
राष्ट्रपतिका सल्लाहकार लालबाबु यादब भन्छन् – नागरिकता विधेयकमा राष्ट्रपतिको पूर्ण समर्थन छ

राष्ट्रपतिका सल्लाहकार लालबाबु यादब भन्छन् – नागरिकता विधेयकमा राष्ट्रपतिको पूर्ण समर्थन छ


  • स्वदेश नेपाल
  • शनिबार, भदौ २५, २०७९

केहि हप्ता अघि नागरिकता सम्बन्धी विधेयक दोस्रो पटक राष्ट्राध्यक्षबाट फिर्ता भएको हो । तत्कालीन राजा वीरेन्द्र शाहले २०५७ सालमा संसद्बाट पारित नागरिकता विधेयकलाई फिर्ता गरेका थिए । उनले अदालतको रायसहित विधेयक फिर्ता गरेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले भने संविधानको धारा उद्धृत गरेर मुख्य ९ सवाल उठाउँदै आइतबार नागरिकता विधेयकलाई ‘पुनर्विचार’ का लागि संघीय संसद्‌मै फिर्ता गरेकी थिइन्।

विधेयक फिर्ता लिने राष्ट्रपतिको कदमको पक्ष र विपक्षमा मत देखिएको थियो। सत्तारूढ कांग्रेस, माओवादी, जनता समाजवादी पार्टीलगायतले असन्तुष्टि जनाएका छन् भने प्रमुख विपक्षी एमालेले स्वागत गरेको थियो।एमालेले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्रै वैवाहिक अंगीकृत नागरिकता दिनुपर्ने धारणा राख्दै आएको छ।

तर केहि दिन अघि राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ पठाइएको छ । सभामुख अग्निप्रसाद सापकोटाको सचिवालयका अनुसार सभामुखले प्रमाणित गरेर विधेयक राष्ट्रपति कार्यालयमा पठाइएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि १५ बुँदे सन्देशसहित फिर्ता गरेको नागरिकता विधेयक प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैबाट हुबहु पारित भएपछि सभामुख सापकोटाले विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाएका हुन् ।

तर,राष्ट्रपतिले कुनै पनि हालतमा नागरिकता बिधेयक प्रमाणिकरण नगर्ने भन्ने बाहिर संचारमाध्यममा खबर आईरहेका छन्।र,राष्ट्रपतिले बिभिन्न दलका नेताहरुलाई बोलाएर छलफल पनि गरिरहेकी छिन्।

हिमालय टेलिभिजनको एक कार्यक्रममा कुराकानी गर्दै राष्ट्रपतिका सल्लाहाकार लालबाबु यादबले भने-राष्ट्रपति नागरिकता बिधेयकको बिरोधमा नभएको र यस बिधेयकलाई पूर्ण समर्थन गर्ने तर यसमा भएका केहि कुराहरु संविधान सँग बाँझिएका हुनाले त्यसमा असहमती रहेको बताए।

हेर्नुहोस् पूरा कुराकानी 

प्रतिक्रिया
सम्बन्धित समाचार