शुक्रबार, भदौ १७, २०७९
गुठी विधेयकमा ओलीलाई घुडा टेकाएका सायमी बने लौरो अभियान’का चुनावी कमाण्डर, मेयर बालेनको समर्थन (भिडियो)

गुठी विधेयकमा ओलीलाई घुडा टेकाएका सायमी बने लौरो अभियान’का चुनावी कमाण्डर, मेयर बालेनको समर्थन (भिडियो)


  • स्वदेश नेपाल
  • शुक्रबार, भदौ १७, २०७९

राजनीति एवं सामाजिक अभियन्ता सुमन सायमीले अब स्वतन्त्रहरूको कमाण्ड गर्ने भएका छन् । स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियानको नेतृत्व सायमीले प्राप्त गरेका हुन् ।

सायमी गुठी विधेयकविरुद्धको आन्दोलनसहित विभिन्न आन्दोलनको अगुवाइ गरेका कारण चर्चामा छन् । उनले काठमाडौं महानगरको मेयरमा १३ हजारभन्दा बढी मत प्राप्त गरेका थिए ।

स्वदेश नेपालसँग कुरा गर्दै सायमीले अब निर्वाचनमा होमिने बताएका छन् । यस पटक कम्तीमा १५ सिट जित्ने लक्ष्य रहेको उनले बताए । उनले भने, ‘हामी छलफलमा छौं, अरु धेरै साथीहरू हामीसँग जोडिँदै हुनुहुन्छ ।’

साथै आफूलाई काठमाडौं महानगर प्रमुख बालेन शाहको पनि समर्थन रहेको सायमीले बताएका छन् । यसैबीच, अभियानले प्रतिनिधिसभाका ९ उम्मेदवार घोषणा गरेको छ । अभियन्ता सायमीले अभियान घोषणासँगै उम्मेदवार सार्वजनिक गरिएको बताए ।

काठमाडौं–५ मा मधुसुदन पाठक ‘सीते बा’, काठमाडौं–८ मा सुमन सायमी र काठमाडौं–९ मा विद्या श्रेष्ठको नाम घोषणा गरेको छ ।
भक्तपुर–२ मा दरोस्तभ लोकेन्द्र, कास्की–२ मा सिरिश गुरुङ, रौतहट–१ मा राहुल मिश्र, रुपन्देही–५ मा भीष्म राना र उदपयुरमा गजेन्द्र महतले अभियान अन्तरगत उम्मेदवारी दिनेछन् ।

हेर्नुहोस् संयोजक सुमन सामयीको अन्तरवार्ता:

प्रतिक्रिया
सम्बन्धित समाचार