बुधबार, भदौ १५, २०७९
गगन थापालाई प्रधानमन्त्री प्रस्ताव गर्ने ? भन्दा पत्रकारमाथि नै यसरी झम्टिए रामचन्द्र पौडेल (भिडियो)

गगन थापालाई प्रधानमन्त्री प्रस्ताव गर्ने ? भन्दा पत्रकारमाथि नै यसरी झम्टिए रामचन्द्र पौडेल (भिडियो)


  • स्वदेश नेपाल
  • बुधबार, भदौ १५, २०७९

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले महामन्त्री गगनकुमार थापाबारे सोधेको प्रश्नमा पत्रकारसँग तितो पोखेका छन् । प्रमुख सञ्चारमाध्यमका सम्पादकहरूलाई बोलाएर भएको छलफलमा नेता पौडेलले आफै प्रधानमन्त्री बन्ने आकांक्षा पनि प्रकट गरेका छन् ।

नेता पौडेललाई एक पत्रकारले प्रश्न गरे, ‘अबको चुनावपछि गगन थापा जस्ता दोस्रो पुस्ताका नेतालाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अगाडि बढाउन सक्ने ल्याकत, ताकत नेपाली कांग्रेसमा ?’ भनेर प्रश्न गरे ।

प्रश्नको उत्तर दिँदै पौडेलले ‘कांग्रेस पनि पुरातन पार्टी त हुँदै हो । अरुले पनि भर गर्ने गरी हाम्रो नेतृत्व विस्तारै आउन पर्छ । तर, टाइम लाग्छ, टाइम लाग्छ’ भनेर टार्ने काम गरे ।

पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र बलिउड कलाकार ऋतिक रोशनको काण्डबारे पनि खुलासा गरेका छन् ।

उनले भारतको राजनीतिक दृष्टान्त प्रस्तुत गरे । उनले सम्पादकहरुसँग अन्तरक्रिया पनि गरे । उनले थपे, ‘त्यसमा एउटा कुरा के बिर्सिनुहुन्न मोदी भाषणले मात्र आएका हैनन् । मोदी गुजरातमा काम गरेर देखाएर आएका हुन् । आफ्नो क्षमताको प्रदर्शन प्रदेशमै गरेर उनले देश चलाउन सक्छन् भन्ने देखाएका हुन् । मेरो पार्टीभित्र पनि कोही आउनुहुन्छ मोदी जस्तै भएर भने म उहाँलाई साथ दिन तयार छु ।’

तलैदेखि खरिएर कोही नेतृत्व आए आफू सहयोग गर्न तयार रहेको भन्दै नेता पौडेलले भने, ‘मैले बाहिरतिर सुनेको छु, हामीलाई भर गरेको अवस्था छैन । कांग्रेस पनि पुरातन पार्टी त हुँदै हो । अरुले पनि भर गर्ने गरी हाम्रो नेतृत्व आउनुपर्छ । तर, टाइम लाग्छ ।

नेता पौडेले निर्वाचित भएर संसद्मा आउने आकांक्षा व्यक्त गर्दै पाँच दलीय गठबन्धनको विषयमा आएको टिकाटिप्पणीको विरोध गरे । गठबन्धन आवश्यक रहेको उनको भनाइ थियो ।

-हेर्नुहोस् भिडियो

प्रतिक्रिया
सम्बन्धित समाचार