मङ्लबार, भदौ ७, २०७९
प्रेमसम्बन्ध कोइराला परिवारले छुटाईदिएका कारण प्रदीप गिरी कम्युनिष्ट नजिक भएका हुन् :कार्की

प्रेमसम्बन्ध कोइराला परिवारले छुटाईदिएका कारण प्रदीप गिरी कम्युनिष्ट नजिक भएका हुन् :कार्की


  • स्वदेश नेपाल
  • मङ्लबार, भदौ ७, २०७९

अनारसिंह कार्की राजनितीक बिश्लेषक तथा पुराना पूर्ब कांग्रेसी नेता हुन्।तर,कांग्रेसले निती सिद्धान्त र गलत बाटो लिएको भन्दै हाल उनी कांग्रेसको सक्रिय राजनितीमा छैनन्।

कार्की हालै दिवंगत नेता प्रदीप गिरीका निकट मित्र हुन्।हिमालय टेलिभिजनको एक कार्यक्रममा कुराकानी गर्दै कार्कीले भने-‘गिरी प्रचण्डलाई एकदमै ठूला क्रान्तिकारी मान्थे।कम्युनिष्ट सिद्धान्त प्रति गिरीको झुकाब भएपनी उनी कहिल्यै कम्युनिष्ट बनेनन्।

अनारसिंह कार्की अगाडि भन्छन्-प्रदीप गिरीको शैलेजा आचार्य सँग प्रेमसम्बन्ध रहेको थियो।पछि शैलाजाले गिरीलाई छोडिन्।प्रदीप गिरी शैलेजालाई पछ्याईरहन्थे तर  शैलेजा भने गिरीसँग टाढा रहन चाहन्थिन्।शेलेजा र आफू बीचको प्रेम सम्बन्ध कोइराला परिवारले छुटाइदिएको दोष गिरीले लगाउँथे।नेपालको राजनितीमा शैलेजा जस्तो स्तरीय नेता अहिलेसम्म कोही छैन।उनी बिलक्षण प्रतिभाका धनी थिइन्।शैलेजासँग आफ्नो प्रेम-सम्बन्ध छुटाएको दोष बिपीलाई समेत दिन्थे।प्रदीप गिरी इत्तर कांग्रेसमा बस्नुको कारण पनि यहि हो।कोइराला परिवारले प्रेम सम्बन्ध छुटाइदिएका कारण प्रदीप गिरी कम्युनिष्ट सँग नजिक भएका हुन्।

हेर्नुहोस् पूरा कुराकानी 

प्रतिक्रिया
सम्बन्धित समाचार