मङ्लबार, साउन २४, २०७९
भीमसेन थापाले पनि बेलायतसँग हठ गरेका भए आज नेपाल राष्ट्र रहने थिएन (भिडियो)

भीमसेन थापाले पनि बेलायतसँग हठ गरेका भए आज नेपाल राष्ट्र रहने थिएन (भिडियो)


  • स्वदेश नेपाल
  • मङ्लबार, साउन २४, २०७९

उपेन्द्रदेव आचार्य, अन्तर्राष्ट्रिय कानूनका विज्ञ, संस्कृत भाषा तथा तन्त्र विद्याका समेत जिज्ञासु ।

हाल- स्कलर, गोन्जागा युनिभर्सिटी स्कुल अफ ल, सिन्सिनाटी अमेरिका। ब्राजिल, फ्रान्स, चीन, भारत, इटाली, लेवनान, फिलिपिन्स, मेक्सिको लगायतका देशमा विभिन्न विश्वविद्यालयमा भिजिटिङ प्रोफेसरका रूपमा सक्रिय। उत्तर एट्लान्टिक सन्धी संगठन नेटोका अन्तर्राष्ट्रिय प्राज्ञिक सल्लाहकार, विश्व व्यापार संगठनका अन्तर्राष्ट्रिय सल्लाहकार ।

आवद्धता विगत/वर्तमान- त्रिभुवन विश्वविद्यालय अन्तर्गत कानून संकायमा सह-प्राध्यापकका रूपमा अध्यापन तथा नेपालको सर्वोच्च अदालतमा पनि कानून व्यवसायीका कानूनी रूपमा अभ्यास गरेको थिए।

 

आचार्यले एपिवन टेलिभिजन कार्यक्रम ‘तमसोमा ज्योतिर्गमय’मा टिकाराम यात्री सँग कुराकानी गर्दै भने -युक्रेनले नेटोको सदस्यता लिन चाहान्छ भने यौटा सार्वभौम राष्ट्रले आफ्नो ईच्छा अनुसार निर्णय गर्न किन नसक्ने भन्दै अमेरिकाले युक्रेनलाई उकास्यो भने यता रुसले आफ्नो राष्ट्रिय सुरक्षामा खतरा भयो भन्दै युक्रेन माथी आक्रमण गर्यो।अमेरिकाले संसदबाट पास गरेर कयौं अर्ब डलर र हातहतियार युक्रेनमा पठायो।

आचार्य अगाडि थप्छन्-युक्रेनका राष्ट्रपती जेलेन्सकिले हामी पछि हट्दैनौं रुसलाई हराएरै छोड्छौं भनेर लडिरहेका छन्।रुसलाई कमजोर पार्न युक्रेन भन्दा अरु निहुँ नपाएकाले युक्रेनलाई उचालिरहेका कारण युक्रेन बीचमा पर्यो र शक्तिशाली राष्ट्रहरुको रणभूमी बन्न पुगेको हो।साँढेको जुधाईमा बाच्छाको मिचाई भने जस्तै शक्ति राष्ट्रहरुको तानातान भित्र युक्रेन पर्न गयो।

युक्रेनका राष्ट्रपतीले जस्तो परिस्थिती भएपनी हामी लडाई लड्छौं भनेरै हठ गरिरहेका छन्।अमेरिकाका राष्ट्रपति जो वाईडेन,रुसका पुटिन र युक्रेनका जेलेन्सकी यी तीन राष्ट्र र राष्ट्र प्रमुखहरुका हठका कारण त्यसले युक्रेनको भूमि र लाखौं युक्रेनीहरुलाई असर गरेको छ।जस्ले गर्दा युक्रेनका दक्षिणपूर्वी भेगहरु रुसमा गाभिने या स्वतन्त्र हुने किसिमका स्थिती भएको आचार्यको बुझाई छ।

नेपालको इतिहास हेर्दा भिमसेन थापाले सुगौली सन्धी गर्दा बेलायती वा इस्ट इण्डिया कम्पनी सँग लड्दा राष्ट्रका सबै मानिस मर्ने भए।लडाईमा राष्ट्रले हारेपछि त्यो राष्ट्र नै गुमाउँन पर्ने हुन्छ ।राष्ट्र नै गुम्ने र मानिसहरुको ज्यान जान भन्दा केहि भूमि छोडेर हामी सन्धि गरेर राष्ट्र बचाउ बरु केहि भूमी गुमाउ भनेर सुगौली सन्धी भयो।तर युक्रेनका राष्ट्रपति जेलेन्सकीले जस्तै राष्ट्रको भूमी गए जाओस्, राष्ट्रका मान्छे मरे  मरुन् र विस्थापित भए होउन् तर हामीले जित्नैपर्छ भन्ने जस्तै हठ भिमसेन थापाले गरेका भए आज नेपाल राष्ट्र नहुन पनि सक्थ्यो वा उत्तरी भाग तिब्बत र दक्षिणी भाग भारतको हुनसक्थ्यो आचार्यले भने।

हेर्नुहोस् कुराकानी 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट