मङ्लबार, साउन २४, २०७९
म सँग पूर्वजन्मको डेथ सर्टिफिकेट छ,अघिल्लो जन्ममा म ५२ वर्षको उमेरमा मरेको हुँ :आनन्द अरुण

म सँग पूर्वजन्मको डेथ सर्टिफिकेट छ,अघिल्लो जन्ममा म ५२ वर्षको उमेरमा मरेको हुँ :आनन्द अरुण


  • स्वदेश नेपाल
  • मङ्लबार, साउन २४, २०७९

ठमाडौं । जनकपुरको राजनीतिक परिवारमा जन्मेका अरुणकुमार सिंह आध्यात्मतर्फ लागेर ‘स्वामी आनन्द अरुण’का नामले परिचित हुन पुगे । उनी भारतीय दार्शनिक/गुरु ओशो रजनीशका विचारलाई फैलाउन सक्रिय छन् ।

नागार्जुनको जंगलमा आनन्द अरुणले सञ्चालन गरेको ओशो तपोवनमा विश्वभर रहेका ओशोका अनुयायीहरुको आकर्षण छ । उनले नेपालमा र बाहिर गरी करिब २ सय आश्रमहरु स्थापना गरिसकेका छन् भने अहिलेसम्म ९० हजार व्यक्तिहरुलाई आफैंले दीक्षित गरेको बताउँछन् ।

तर, आनन्द अरुण विभिन्नखाले विवादमा भने परिरहन्छन् । ओशो तपोवनले सरकारी जग्गा हडेपेकोदेखि यहाँभित्र यौन स्वच्छदताको अभ्यास हुने गरेकोसम्मका आरोपहरु लागेका छन् । केही समयदेखि एउटा तस्वीरले पनि ओशोलाई विवादमा ल्याएको छ, जसमा एक महिला शिष्यले उनको गोडा मालिस गरिरहेको देखिन्छ ।

त्यसो त ओशो रजनीश आफैंमा एक विवादित पात्र हुन् । खासगरी विवाह तथा यौनसम्वन्धी ओशोका दृष्टिकोणहरु निकै विवादित छन् । तर, आनन्द अरुणचाहिँ ओशोलाई आजको समाजले चिन्न नसके पनि भविश्यमा उनले ‘गौतम बुद्ध’कै दर्जा पाउने दाबी गर्छन् ।

ओशोभक्त स्वामी आनन्द अरुणले अनलाइनखबरसँगको कुराकानीमा केही अपत्यारिता तर्क पनि गरे, जस्तो– पुनर्जन्मको कुरा । विवाह गर्नुभन्दा ‘लिभिङ टुगेदर’मा बस्नु उचित हो भन्ने धारणा राख्ने स्वामीजीले अबको २५ वर्षपछि नेपाली समाज पनि लिभिङ टुगेदरमै जाने दाबीसमेत गरे।

प्रस्तुत छ– आनन्द अरुणसँग ओशो तपोवनमा गरिएको कुराकानी–

स्वामीजीका बुवा पनि आध्यात्मिक नै हुनुहुन्थ्यो ?

होइन । उहाँ सुरुदेखि सर्भिस होल्डर हो । सुरुमा उहाँले भारतीय सरकारको नोकरी गर्नुभयो । वीपी कोइरालाको भारत निर्वासनका क्रममा रहँदा बुवाले उहाँलाई निकै सहयोग गर्नुभएको थियो । त्यसको फलस्वरुप प्रजातन्त्र आएर वीपी गृहमन्त्री बनेपछि बुवालाई पर्सनल सेक्रेटरी बनाउनुभयो । त्यसपछि ०७ सालदेखि १५ सालसम्म जो–जो प्रधानमन्त्री बने, सबैले बुवालाई आफ्नो निजी सहायक बनाए ।

त्यो समय नेपालमा अंग्रेजी बोल्न जान्ने मान्छे निकै कम थिए । विदेशी प्रतिनिधिहरुसँग संवाद गर्न अंग्रेजी जानेको मान्छे चाहिने । बुवाले भारतमा पढ्नुभएकाले अंग्रेजी राम्रो थियो । त्यसैले वीपीकै सिफारिसमा मात्रिकाप्रसाद कोइराला, केआई सिंह टंकप्रसाद आचार्यले उहाँलाई पर्सनल सेक्रेटरी बनाउनुभयो ।

वीपी ०१५ सालमा जब प्रधानमन्त्री बन्नुभयो, त्यसबेला चाहिँ उहाँले बुवालाई बडा हाकिम बनाउनुभयो । खासमा भारतमै वीपीले बुवालाई प्रजातन्त्र आयो भने गभर्नर (नेपालमा बडाहाकिम) बनाइदिन्छु भनेर बचन दिनुभएको रहेछ । जुन पछि पूरा गर्नुभयो ।

जनकपुर तपाईंको पुर्ख्यौली थातथलो हो कि पछि आउनुभएको ?

पुर्ख्यौली हो । मेरो जन्म त्यहीँ भयो । तर, म जनकपुर धेरै नबसेकाले त्यहाँको जानकारी त्यति छैन । २००७ सालपछि बुवासँग काठमाडौं आएको हुँ ।

बाल्यकालमा मेरो औपचारिक शिक्षा त्यति सहज भएन । काठमाडांैंको दरबार हाइस्कुलमा ४ कक्षामा भर्ना भएको थिएँ । तर, बुवा बडाहाकिम भएर जिल्लातिर गएपछि मलाई पनि सँगै लैजानुभयो । धेरै जिल्लामा विद्यालय नै हुँदैनथ्यो । त्यसैले ती जिल्लामा मलाई सुब्बा, खरदार, न्यायाधीशले पढाउँथे ।

भारत जानुभएको चाहिँ कहिले ?

नेपालमा मेरो पढाइ सुचारु हुन नसकेपछि हजुरबुवाले भारत पठाउनुभयो । बिहारमा मेरो मामाघर थियो । त्यहीँ बसेर विद्यालय र क्याम्पस पढेँ । पटना क्याम्पसबाट १९७२ मा सिभिल इन्जिनियरिङ गरेको हुँ ।

राजनीतिक परिवारमा जन्मेको, इन्जिनियरिङ पढेको मान्छे, आध्यात्मतर्फ कसरी तानिनुभयो ?

आध्यात्मतर्फ झुकाव सानैदेखि थियो मेरो । आध्यात्मिक पुस्तकहरु धेरै पढ्थे । आश्रमहरु घुम्ने र गुरुहरुसँग संगत गर्न रुचाउँथेँ ।

विद्यार्थी जीवनमा नै धेरै गुरुहरुबाट दिक्षा पनि लिएको थिएँ । कलेज पढ्दै गर्दा १९६९ देखि ओशो संगतमा आएँ र आजपर्यन्त उहाँले देखाएको बाटोमा हिँडिरहेको छु ।

ओशोलाई पहिलोचोटि भेट्दा कस्तो महसुस भयो ?

सन् १९६९ मा पटनामा पढ्दै गर्दा एकपटक ओशो प्रवचन दिन आउनुभएको थियो । त्यतिबेला उहाँ भारतमा पनि खासै परिचित हुनुहुन्थेन । मैले पनि उहाँको नाम सुनेको थिइनँ । शहरमा नयाँ योगी आयो भनेर हल्ला चल्यो । उहाँको पोष्टरहरु हेरेँ ।

म त योगी र गुरु भनेपछि जोसुकै होस, दौडेर गइहाल्थेँ । दाह्री पालेको र गेरु वस्त्र लगाएको भए मलाई पुग्ने । त्यसैले उहाँको प्रबचनमा म नपुग्ने कुरै भएन । सन् १९६९ को २९ मार्चमा मैले पहिलोपटक ओशोलाई देखेको हुँ । त्यो दिनलाई म आफ्नो जीवनको अविस्मरणीय दिन मान्छु ।

सर्वप्रथम त उहाँको व्यक्तित्वले नै मलाई सम्मोहित तुल्यायो । उहाँको शरीरमा एक किसिमको तेज थियो, जसलाई हामी ब्रह्तेज भन्छौं । लामो दाह्री, लुङ्गी लगाउनुभएको, माथि खास्टो ओढ्नुभएको । ३५ वर्षको युवकलाई त्यस्तो हुलियामा मलाई विछट्टै मन पर्‍यो ।

मैले धेरै गुरुहरुको प्रवचन सुनेको थिएँ, किताब पढेको थिएँ । तर, त्यस्तो विद्रोही र क्रान्तिकारी कुरा मैले पहिले कुनै गुरुको मुखबाट सुनेको थिइनँ । मैले आजसम्मको बुझाइमा नै उहाँले प्रश्नचिन्ह खडा गरिदिनुभयो । ओशोले महात्मा गान्धीको आलोचना गर्नुभयो, तार्किकरुपमा । म त गान्धीको ठूलो फ्यान थिएँ । ओशोको कुरा सुनेपछि त बडो असमञ्जसमा परिहालेँ । मेरो मस्तिष्कले भन्यो, यो मान्छे उग्र रहेछ, यसको विश्वास गर्नुहुँदैन । तर, मनमा भने छाप परिसकेको थियो ।

भारत र पाकिस्तानको विभाजनलाई ओशोले गान्धीको अविवेकी कदमका रुपमा व्याख्या गर्नुभयो । गान्धीले आत्मसात गर्नुभएको ब्रह्मचर्य अवधारणालाई पनि उहाँले अवैज्ञानिक संज्ञा दिनुभयो । समग्रमा गान्धीको राजनीतिक सोच र चिन्तन नै गलत छ भन्ने ओशोको राय थियो ।यद्यपि, गान्धीको इमान्दारिता र सादगी जीवनको चाहिँ उहाँले प्रशंसा गर्नुहुन्थ्यो ।

सहकार्यचाहिँ कसरी भयो ?

पहिलो लेक्चर सुनेपछि मभित्र उहाँप्रति धेरै जिज्ञासाहरु जागे । बाहिर उहाँको पुस्तकको स्टल राखिएको थियो । एउटा पुस्तकको मूल्य ५० पैसा । तर, फुटकर किन्न नपाइने रहेछ । एक वर्षको ग्राहक बनेपछि एउटा पुस्तक पाइने र बाँकी हुलाकबाट आउने भनियो ।

वार्षिक ग्राहक शुल्क १२ भारु थियो । पुस्तक पाक्षिकरुपमा प्रकाशित हुने रहेछ । म त विद्यार्थी मान्छे, धेरै पैसा बोकेर हिँडिदैनथ्यो । खल्ति छामेँ । जम्मा ३ भारु रहेछ । मलाई जसरी पनि किताब लैजानु थियो । मैले आफ्नो विवशता उनीहरुलाई व्यक्त गरेँ । मैले भनेँ कि ३ रुपैयाँ अहिले दिन्छु, बाँकी ९ रुपैयाँ मनि अर्डरबाट पठाइदिन्छु । सुरुमा त उनीहरुले मानेनन् । तर, मैले साह्रै हत्ते गरेको देखेपछि उनीहरु पनि पग्लिए । त्यसपछि बिलमा ९ रुपैयाँ क्रेडिट लेखेर मलाई किताब दिए ।

किताबमा ओशोको ठेगाना उल्लेख गरिएको थियो । भोलिपल्टै मैले आफ्ना केही जिज्ञासाहरु उल्लेख गरेर उक्त ठेगानामा पत्र पठाएँ । ओशोले मेरो पत्रको जवाफ दिनुभयो । उहाँकै हस्ताक्षरमा पत्र पढ्न पाएपछि मेरो उत्साह दुगुना भइहाल्यो ।

गुजरातमा ५ दिनको शिविरमा ओशोसँग मेरो पहिलोपटक प्रत्यक्ष भेटघाट भयो । त्यो भेट एकदम अविश्वसनीय किसिमले जुरेको थियो । गुजरातको शिविरमा म एक्लो नेपाली थिएँ । त्यहाँभित्र सबै गुजराती मात्र थिए । कुराकानी पनि गुजरनती भाषामै हुन्थे । सूचनाहरु पनि गुजरातीमै लेखिन्थ्यो । भाषाको समस्याले मेरो अन्य साधकहरुसँग खासै सम्वाद हुँदैनथ्यो ।

त्यहाँ ओशोसँग करिब १ घन्टा बिताएँ । त्यो मेरो जीवनको बहुमूल्य समय हो । मेरो थुप्रै जिज्ञासाहरु उहाँले हल गरिदिनुभयो । उहाँले मलाई सोध्नुभयो, ‘तिम्रो बढी रुची केमा छ ?’ मैले आफू भ्रमणको सोखिन रहेको बताएँ । साथै, पाइलट बनेर देश विदेश घुम्ने लक्ष्य रहेको पनि सुनाएँ । त्यो सुनेर उहाँले भन्नुभयो, ‘पाइलटले कहाँ देश–विदेश घुम्छ ? उसले त खाली एयरपोर्ट देख्ने हो । यदि तिमी मैले देखाएको बाटो हिँड्यौ भने भविष्यमा देश विदेश घुम्नेछौ ।’

अनि उहाँले मलाई आफ्नो अभियान नेपालमा फैलाउन सहयोग गर्न आग्रह गर्नुभयो ।

पैसाको आश्वासन पनि दिनुभयो कि ?

अहँ, त्यतिबेला उहाँको आफ्नै अवस्था कमजोर थियो । दुईवटा कोठा भाडामा लिएर बस्नुभएको थियो । उहाँले पैसा दिनसक्ने स्थिति नै थिएन ।

ओशोको मार्गनिर्देशन पाएपछि म उत्साहित भएर तुरुन्तै नेपाल आइहालेँ । अनि, काठमाडौंको पुतलीसडकमा एउटा सानो बोर्ड लगाएर आश्रम खोलेँ । आश्रमको नाम उहाँले नै जुराइदिनुभएको थियो– रजनीश इन्फर्मेसन सेन्टर । मैले आफूसित भएको अलिअलि पैसाले ओशोको केही किताब किनेर आश्रममा राखेको थिएँ । साथै ओशोको प्रबचनका केही क्यासेटहरु थिए । तर, आश्रम चलेन । नेपालमा ओशोको बारेमा मानिसहरुलाई थाहै थिएन । त्यसैले कोही पनि आएनन् । त्यसपछि मैले ओशोको प्रचार गर्न अर्कै तरिका लगाएँ ।

कस्तो तरिका ?

आज न्यूरोडको पिपलबोटमा पुस्तक र पत्रिकाहरु बेच्ने गरको देख्नुहुन्छ नि, त्यो सिलसिला मैले नै सुरु गरेको हुँ । मैले पिपलबोटमुनि बसेर ओशोका किताबहरु बेच्न थालेँ । त्यतिबेला म सरकारी जागिर खान्थेँ । बेलुका ५ बजे अफिसबाट फर्केपछि पिपलबोटमा किताब बेच्न बस्थेँ ।

किताब बिक्थे त ?

अहँ बिकेनन् । बरु यसरी किताब बेच्दा प्रशासनको आँखा पर्‍यो । किताबका नामहरु पनि त्यस्तैखालका हुन्थे । ‘क्रान्ति’, ‘विद्रोह’, ‘समाजवाद’ जस्ता शब्दावली हुन्थे । यद्यपि, ती सबै आध्यात्मिक अर्थका थिए ।

एउटा इन्जिनियरले पिपलबोटमा बेलुका बेलुका आएर व्यवस्थाविरोधि किताबहरु बेच्दैछ भन्ने अफवाह प्रशासनको कानमा पुगेछ । अनि त सीआईडीहरुले निगरानी गर्न थाले । केही दिनमा प्रहरीले मलाई पक्राउ गरेर लगिहाल्यो । १५ दिनसम्म हिरासतमा राखियो । निकै टर्चर दिए ।

शारीरिक यातना पनि पाउनुभयो ?

शारीरिक यातनाबाट चाहिँ बचेँ । कस्तो भयो भने कराँते सिकेका एकजना हवल्दारले हरेक दिन बेलुकी जेलभित्र कैदीहरुको सामूहिक पिटाई गर्दा रहेछन् । म जेल बसेको पहिलो दिन उनी आए र सबैलाई लाइन लगाएर पालैपालो मुक्का हान्न थालेँ । जेलभित्र त सबै चोर डाँकाहरु न थिए ।

जब मेरो पिटिने पालो आयो, हवल्दारले मुड्की उज्याउन खोज्दा एक सिपाहीले च्याप्प हात समाए । ‘उहाँलाई नपिट्नुस, सरकारी इन्जिनियर हो । अरु अपराध होइन, किताब बेचेको मात्र हो’ भनेर सम्झाएपछि हवल्दार हच्किए । यसरी म पिटाईबाट बचेँ ।

त्यसपछि मलाई अञ्चलाधिसकहाँ लगियो । उनले ‘सरकारको तलव खाएर बम बनाउन सिकाउने किताब बेच्ने ?’ भन्दै थर्काए । मैले त्यस्तो होइन भन्दै सम्झाउन खोजेँ । त्यसपछि उनले आफ्नो सहायकलाई किताब सरसर्ती हेर्न लगाए । हेरिसकेर ती सहायकले पनि ‘यो त धार्मिक किताब रहेछ सर’ भनेपछि बल्ल अञ्चलाधिश नरम भए ।

मलाई छोड्न त तयार भए, तर किताब बेच्नलाई भने शर्त राखे । पञ्चायतकालमा कुनै पनि किताब अञ्चलाधीसलाई सेन्सर गराएपछि मात्रै बजारमा ल्याउन पाइन्थ्यो । त्यसैले मैले बेच्ने प्रत्येक किताब २–२ कपि अञ्चलाधीश कार्यालयमा बुझाउनुपर्ने र त्यसको सेन्सरपछि मात्रै बेच्न पाइने बताए । तर, मसित त एकदमै सीमित संख्यामा किताब थिए । जागिरबाट आएको पैसा बचाएर किन्ने न हो । त्यो पनि दुई दुई कपी दिएपछि मैले के बेच्ने ? मैले आफ्नो विवशता दर्शाएर धेरै विन्ती गर्दा पनि उनीहरुले नियम तोड्न नमिल्ने भन्दै अड्डी लिए ।

अनि किताब बेच्न बन्द गर्नुभयो ?

हिरासतबाट छुटेपछि म ओशोलाई भेट्न गएँ । उहाँलाई सबै कुरा सुनाएँ । घरमा खोलेको इन्फर्मेसन सेन्टरमा पनि मान्छे नआएको र किताब बेच्न पनि गाह्रो भएको भनेपछि उहाँले मलाई भन्नुभयो, ‘यो काम सजिलो छैन, भविष्यमा अझै धेरै झण्झटहरु आउन सक्छन् । यदि त्यसको सामना गर्ने आँट छैन भने सबै छोडिदेऊ । आफ्नो जागिर गर र योग–साधना गरेर आरामको जीवन बिताउ । यदि समस्या फेस गर्ने आँट छ भने कठिनाईका लागि तयार होउ । अन्तिममा मीठो फल प्राप्त गर्नेछौ ।’

उहाँले त्यसो भनेपछि ममा फेरि उर्जा भरियो । जसरी पनि यो अभियानलाई निरन्तरता दिन्छु भनेर अठोट गरेँ । अनि, उधारोमा २० हजारको किताब लिएर नेपाल आएँ ।

फेरि पिपलबोटमा बसेर बेच्न थालेँ । यसपालि नयाँ आइडीया लगाएँ । किताब बेच्ने ठाउँमा मैले एउटा साइनबोर्ड बनाएर टाँगे, जसमा लेखेको थिएँ, ‘किताब किनेर लैजानुस, पढेर मन परेन भने एक हप्ताभित्र फिर्ता गर्नुस् ।’

यस्तो लेखेपछि बिस्तारै मानिसहरुको चासो बढ्यो । किताब बिक्री हुन थाल्यो ।

इन्जिनियर छोराले यसरी सडकमा बसेर किताब बेच्दा बुवाआमाले गुनासो गर्नुभएन ?

गुनासो त निकै गर्नुभयो । तिमीले हाम्रो परिवारको इज्जत माटोमा मिलायौ भन्नुहुन्थ्यो । आखिर उहाँहरु दुबैजना प्रतिष्ठित व्यक्तित्व हुनुहुन्थ्यो । बुवा मात्र होइन, आमाले पनि राजनीतिमा आफ्नो नाम बनाउनुभएको थियो ।

उहाँ २००८ सालमै निर्वाचित सांसद हुनुभएको हो । उहाँ तराईकै पहिलो महिला सांसद हुनुहुन्थ्यो । मैले पक्राउ पर्दा यदि बुवाआमाको नाम लिएको भए तुरुन्त छुट्न पनि सक्थेँ । तर, उहाँहरुको नाम खराब होला भन्ने सोचेर लिइनँ ।

ताहाचलको आश्रम पनि त्यतिबेलै खोल्नुभएको हो ?

मलाई ओशोले जहिले भेट्दा पनि काठमाडौंमा एउटा घर बनाउ भन्ने गर्नुहुन्थ्यो । तर, घर हाम्रो परिवारको प्राथमिकतामा थिएन । जब मैले गुरुलाई दीक्षाका लागि आग्रह गरेँ, उहाँले शर्त राख्नुभयो कि घर बनाएपछि मात्रै दिक्षा दिन्छु ।

त्यसपछि करै लाग्यो । ताहाचलमा सोल्टीको पछाडि हाम्रो एउटा टुक्रा जग्गा थियो । त्यसैमा मैले दुई बेडरुम र एउटा किचेनको एक तल्ले घर बनाएँ । गृहप्रवेश गरेकै भोलिपल्ट म ओशोलाई भेट्न गएँ । उहाँ खुशी हुनुभयो । अनि भन्नुभयो कि, अब तिम्रो घरमा नै आश्रम खोल ।

मैले भनेँ, गुरु यो त सम्भव छैन । एउटा रुममा बुवाआमा सुत्नुहुन्छ, अर्कोमा म सुत्छु । एउटा किचेन छ । कहाँ चलाउने आश्रम ?
उहाँले सोध्नुभयो, ‘तिम्रो कोठा कत्रो छ ?’ मैले १२ बाई १६ को भएको बताएँ । उहाँले भन्नुभयो, ‘त्यसोभए बेडलाई एउटा भित्तामा सार र बाँकी ठाउँ खाली गरँ । त्यही मानिसहरुलाई ध्यान गराउ ।

उहाँको निर्देशन मानेर मैले आफ्नै बेडरुमभित्र आश्रम सञ्चालन गरेँ । गुरुले सुझाएअनुसार ‘आशिष रजनीश ध्यान केन्द्र’ नामाकरण गरियो । यो आश्रम आजका मितिसम्म निरन्तर छ । सम्भवत यो संसारकै सबैभन्दा पुरानो ओशोको आश्रम हो । अहिले त तल्ला थपिएर घर ठूलो भइसक्यो ।

ओशो तपोवनचाहिँ कसरी स्थापना गर्नुभयो ?

सन् १९९० सालमा हामीले यो तपोवनको स्थापना गरेका हौं । त्यतिबेला एकजना जापानी सन्यासी आउनुभएको थियो । उहाँले जग्गा किन्न पैसा दिनुभयो । त्यतिबेलासम्म नेपालमा १० हजार सन्यासी भइसकेका थिए । सुरुमा हामीले बिनाछानाको कोठामा दुई वर्ष ध्यान कक्ष चलायौं । कुखुरा पालन गर्ने खोरमा १० बर्ष सुत्ने गथ्र्यौं । विस्तारै सहयोगी हातहरु आएर संरचना बन्दै गए ।

कति मूल्यमा किन्नुभएको थियो जग्गा ?

यहाँको जग्गा लालपूर्जामा ४३ रोपनी छ, तर चार किल्लामा चाहिँ ७५ रोपनी छ । हामीले त्यतिबेला २९ लाख रुपैयाँमा किनेका हौं । यो ७५ रोपनीकै मूल्य हो ।

लालपूर्जा र चार किल्लामा कसरी फरक पर्‍यो ?

त्योबेला मालपोत बढी तिर्नुपर्छ भनेर लालपूर्जामा जग्गा कम देखाउने प्रचलन थियो ।

लालपूर्जामा नदेखिएको ३२ रोपनीलाई त कानूनले मान्दैन होला नि ?

योचाहिँ हामीलाई सरकारले धार्मिक वनका रुपमा प्रयोग गर्न अनुमति दिएको छ । हामीले प्रत्येक १० वर्षमा यो अनुमति नवीकरण गर्नुपर्छ । दुईपटक नवीकरण भइसकेको छ । यसमा कुनै विवाद छैन ।

तपाईंहरुले सरकारी जग्गा हडपेको भनेर विवाद किन आयो त ?

हामीले एक इञ्च सरकारी जग्गा पनि हडपेका छैनौं । हाम्रो विरोधिहरुले चलाएको हल्ला हो ।

तपाईंहरुले सावर्जनिक जग्गामा संरचना बनाएको भनेर सरकारले खोसेको होइन र ?

कहाँ खोसेको छ ? एक इञ्च पनि खोसेको छैन । हाम्रो ४३ रोपनीभन्दा बाहिर कुनै संरचना भेटिए भत्काइदिए हुन्छ ।

सरकारले जग्गा खोसेको भनेर त मिडियाहरुमै आएको छ नि ?

एउटा पत्रिकाले लेखेको थियो । त्यत्ति हो । पछि त्यसले पनि खण्डन छापिसक्यो ।

भारतको पुना आश्रम र ओशो तपोवनको विवाद चाहिँ के हो ?

ओशोको हत्यापछि पुना आश्रम ओशोका विरोधीहरुको कब्जामा छ । जसले उहाँको हत्या गरे, उनीहरुले नै त्यो आश्रम चलाइरहेका छन् । त्यसले ओशोको सिद्धान्तलाई अनुशरण गरेको छैन । केवल व्यापारिक हिसाबले सञ्चालन गरिएको छ । हाम्रो उनीहरुसँग कुनै सम्वन्ध छैन ।

तर, पुना आश्रम पनि त ओशोकै नाममा चलाइएको छ नि ?

उनीहरुले मानिसहरुको आँखामा छारो हालिरहेका छन् । पुना आश्रममा भित्र गएर हेर्नुभयो भने ओशोको कुनै अवशेष बाँकी राखिएको छैन । उहाँहरुले तस्वीरहरु पनि सबै हटाउनुभएको छ । नाम पनि परिवर्तन गरेर ‘मेडिटेसन रिसोर्ट’ राख्नुभएको छ । त्यहाँ रक्सी खान पाइन्छ । स्वीमिङ पुल, साउना आदिको सुविधा छ । त्यो आश्रमभन्दा पनि एउटा फाइभ स्टार होटलजस्तो छ । त्यहाँको एउटा कोठाको रेट नै ६ हजार भारुबाट सुरु हुन्छ ।

तपाईंलाई त पुना आश्रममा जान प्रतिवन्ध छ होइन ?

मलाई मात्र होइन, ओशोबाट दीक्षित एक हजारजनालाई प्रतिवन्ध छ । ओशोका वास्तविक अनुयायीलाई उनीहरुले दुश्मनको व्यवहार गर्छन् ।

पुना आश्रमका अशोक भारतीसित तपाईंको पहिले त निकै घनिष्ठता थियो क्यारे । पछि कसरी दुश्मनी भयो ?

होइन । हाम्रो सामान्य सम्वन्ध थियो । घनिष्ठता कहिल्यै भएन ।

तपाईंले नै उहाँलाई नेपालमा शिविर चलाउन आमन्त्रण गर्नुभएको होइन ?

उहाँका चेलाहरुले हाम्रो तपोवनमा शिविर चलाउन अनुमति मागेका थिए । हामीले अनुमति दियौं । तर, शिविरका क्रममा उनीहरुको व्यवहार ठीक लागेन । अलि असामाजिक क्रियाकलाप देखाए । त्यसैले हामीले उहाँहरुलाई अब आइन्दा यहाँ शिविर नगर्नुस भनेका हौं । देशका अन्य भागमा उहाँले शिविर गरिरहनुभएको छ, हामीले रोकेका छैनौं ।

अशोक भारतीले नेपाल आउँदा तपाईंको कटू आलोचना गर्नुभयो । के कारणले तपाईंसित उहाँलाई त्यति रीस उठेको थियो ?
हामीबीच नराम्रो केही भएको छैन । हामीले आफ्नो आश्रममा प्रधानमन्त्रीलाई निम्त्याउँदा उहाँलाई ईष्र्या भएको हुनुपर्छ । उहाँले आफ्नो आश्रममा एउटा मन्त्री पनि बोलाउन सक्नुभएको छैन ।

तर, तपाईंले पहिल्यै सञ्चालनमा आइसकेको लुम्बिनीको आश्रम प्रधानमन्त्रीबाट उद्घाटन गराएर चाकडी गर्र्नै खोज्नुभएको त देखियो नि ?

यदि मैले प्रधानमन्त्रीलाई रिझाउनै खोजेको हो भने पनि के नराम्रो भयो ? उहाँ जनताको भोट पाएर त्यो स्थानमा पुग्नुभएको होइन र ? देशकै शीर्ष व्यक्तिलाई मैले आदर गर्दा के भयो ? के एउटा विदेशीले हाम्रो प्रधानमन्त्रीलाई होच्याउने गरी नानाथरी बोल्न मिल्छ ?

जहाँसम्म पहिले नै सञ्चालनमा आएको भन्ने सवाल छ, हो सामान्यरुपमा सञ्चालनमा आए पनि सबै पूर्णता पाएको थिएन । उद्घाटन गराउने त सबै कुरा पूर्ण भएपछि हो नि ।

प्रधानमन्त्रीलाई जुत्ता लगाएर आश्रम छिराएको भनेर पनि अशोक भारतीले खुब आलोचना गर्नुभएको छ ।

त्यो मिथ्या हो । लुम्बिनीको आश्रमभित्र जाँदा प्रमले जुत्ता बाहिरै फुकाल्नुभएको थियो । अन्य मन्त्री र उहाँका सुरक्षाकर्मीले पनि फुकालेका थिए । तर, अशोक भारतीहरुको झुण्डले दुष्प्रचार गरे । आनन्द अरुणले प्रधानमन्त्रीको जुत्ताको तलुवा चाट्यो भने । यस्तो तुच्छ शब्द एउटा आध्यात्मिक गुरुले कसरी प्रयोग गर्न सक्छ ।

तर, तपाईंले शक्तिकेन्द्रहरुसँग अनावश्यक निकटता राख्ने गरेको आरोप तपाईंलाई नेपालभित्रै पनि लाग्ने गरेको छ । यसमा के भन्नुहुन्छ ?

कसैसँग नजिक र टाढाको कुरा छैन । हो, मैले धेरै शीर्ष व्यक्तित्वहरुको साथ पाएको छ,त्यसमा आफूलाई भाग्यमानी ठान्छु ।

पञ्चायतकालमा राजाको संवाद सचिव रेणुलाल सिंह र रञ्जनलाल खनालले धेरै सहयोग गर्नुभयो । किशुनजीसँग मेरो राम्रो सम्वन्ध थियो । उहाँले नै यो आश्रमको शिलान्यास गर्नुभएको हो । उद्घाटन पनि प्रधानमन्त्रीले नै गर्नुभएको हो । सबै प्रधानमन्त्रीहरुसँग मेरो राम्रो छ । तर, उहाँहरुसितको सम्वन्धलाई कहिल्यै दुरुपयोग गरेको छैन ।

अहिले कोको नेताहरु आउनुहुन्छ आश्रममा ?

सबैजसो नेताहरु आउने गर्नुभएको छ । प्रचण्ड, बाबुराम पनि प्रधानमन्त्री भएका बखत यहाँ आउनुभएको छ । अघि प्रदिप गिरीलाई देखिहाल्नुभयो ।

उहाँहरु यहाँ आएर ध्यानमा पनि बस्नुहून्छ ?

उहाँहरुसित त्यस्तो फुर्सद कहाँ छ र ? उहाँहरु सँधै व्यस्त छौं भन्नुहुन्छ । म चाहिँ भन्छु, तपाईंहरु अस्तव्यस्त हुनुहुन्छ । यहाँ आएको बेला पुस्तकहरु पढ्नुहुन्छ । आश्रमको अवलोकन गर्नुहुन्छ ।

ओशोलाई मान्छेले विभिन्न रुपमा चिन्ने गर्छन् । कसले दार्शनिक भन्छन्, कसैले सेक्स गुरु पनि भन्छन् । तपाईंको व्याख्यामा उहाँ के हो ?

२५ सय वर्षअगाडि बुद्ध पनि सामान्य व्यक्ति हुनुहुन्थ्यो । पछि उहाँलाई भगवान मान्न थालियो । ओशो पनि भविष्यको बुद्ध हो । अहिले नै हामीले यस्तो भन्दा धेरै मान्छले नपत्याउलान् । तर, आजको ५० वर्षपछि बुद्ध जत्तिकै आदरणीय बन्नुहुनेछ ।

भनेपछि उहाँलाई भगवान नै मान्नुहुन्छ ?

‘गड’ नै त नभनौं । नेपालमा धेरै मान्छे नास्तिक छन्, तर बुद्धलाई आदर गर्छन् नि । ओशोलाई पनि नास्तिक, आस्तिक सबैले मान्नेछन् । त्यसैले हामीले भगवान भनेका छैनौं ।

तपाईंले ओशोको हत्या भएको भन्नुभयो, उहाँको त ‘हर्ट फेल’ बाट मृत्यू भएको होइन र ?

अहँ, हामी त्यो मान्दैनौं । ओशोको कसरी हत्या भएको थियो भनेर पुस्तक नै निस्किएको छ ।

कसरी भएको थियो त हत्या ?

अमेरिकामा जाँदा त्यहाँको सरकारले उहाँलाई मन्द विष खुवाएको थियो । त्यसैको असरले मृत्यू भएको हो । यो कुराको प्रमाणहरु प्रशस्त भेटिएका छन् ।

आज ओशोको वास्तविक उत्तराधिकारी तपाईं नै हो त ?

म आफूलाई उत्तराधिकारी ठान्दिनँ । तर, सबैभन्दा बढि काम नेपालमै भएको छ । नेपालमा विश्वमै सबैभन्दा धेरै एक सय ३ आश्रम छन् । यहाँ प्रत्येक वर्ष औसतमा ८० देशका व्यक्तिहरु आएर दिक्षा लिन्छन् । ९० हजार जनालाई त मैले नै दिक्षा दिइसकेको छु । हामीले नेपालबाहिर पनि १ सय आश्रमहरु स्थापना गरेका छौं । त्यसैले सबैभन्दा सक्रिय चाहिँ हामी नै हौं ।

तपाईहरुले यसरी विश्वव्यापी रुपमा आश्रम चलाउने आर्थिक स्रोत चाहिँ के हो ?

आर्थिक स्रोत स्थानीयस्तरमा नै जुटाउने हाम्रो नीति छ । ओशोको अवधारणा पनि यही नै हो । सबै आश्रमहरु आत्मनिर्भर रुपमा चलिरहेका छन् । माथिबाट ‘डोनेसन’ पठाउने प्रचलन छैन ।

स्थानीय स्तरमा चाहिँ कसरी जुट्छ त स्रोत ?

मुख्य त स्वदेशी र भक्तहरुबाट प्राप्त हुने स्वेच्छिक दान नै हो । कहिलेकाहीँ विदेशबाट आएकाहरुले खुशी भएर ४–५ हजार डलर पनि दिनुभएको छ ।

तपाईंहरुले ध्यान गराएको शुल्कचाहिँ लिनुहुन्न ?

हामीले शुल्क भनेर लिएका छैनौं । सबैले स्वेच्छिक रुपमा दान गर्ने मात्र हो ।

प्रवेश शुल्क एक सय ५०, खाना खाएको २ सय लिइन्छ भनेर मिडियामा आएको छ त ?

अहँ, त्यसरी शुल्क भनेर लिएकै छैनौं । हामीसँग ओशोका पुस्तकहरु छन् । निश्चित मुनाफा राखेर ती किताबहरु बेच्छौं । एक सय रुपैयाँको पुस्तक किन्नेलाई प्रवेश अनुमति दिने गरिएको छ ।

यहाँभित्रै हाउजिङको व्यवसाय पनि चलाइरहनुभएको आरोप पनि लागेको छ ? कोठाहरु महंगो मूल्यमा भाडामा लगाउने गर्नुभएको छ रे ?

त्यो सबै झूटा हो । यहाँ मान्छेहरु आउँछन्, ध्यान सिक्छन् । इच्छा लागेको दान गर्छन् । त्यति हो । दान पनि नलिए कसरी आश्रम चलाउने ?

विदेशीहरु धेरै कुन–कुन देशबाट आउँछन् ?

प्राय सबैतिरबाट आइरहेका छन् । अहिलेसम्मको रेकर्ड हेर्दा १ सय १० देशका मान्छे आइसके । खाली अफ्रिका र साउथ अमेरिकाकाबाट आएका छैनन् । युरोप र एसियाका धेरैजसो देशबाट आएका छन् ।

यहाँ आएर साधना गर्नेहरुले के प्राप्त गर्छन् ?

मुलतः जीवन जिउने कला सिक्छन् । ध्यान सिक्छन् । भेजिटेरियन बन्छन् । अहिले नेपालमा १५ प्रतिशत व्यक्तिलाई डिप्रेसन छ । २–३ लाख युवाहरु रेगुलर ड्रग्स खाइरहेका छन् । उनीहरुलाई ध्यान, योगबाट डिप्रेसन र एन्जाइटी तथा ड्रगबाट बाहिर निकाल्छौं हामी । चरम डिप्रेसन भएर घिस्रिँदै यहाँ आएकाहरु ७ दिनपछि नाच्दै फर्किएका छन् । धेरैले आफ्नो जीवन परिवर्तन गरेका छन् ।

शारीरिक रोगब्याधी पनि निर्मूल गर्न सक्नुहुन्छ ?

हामी डाक्टर होइनौं, त्यसैले शारीरिक रोग निर्मूल पार्ने दावी हाम्रो छैन । तर ७० प्रतिशत रोग मनोवैज्ञानिक कारणले हुन्छ भन्ने विश्व स्वास्थ्य संगठनले नै पुष्टि गरेको छ । ३० प्रतिशत रोग मात्रै शारीरिक कारणले हुन्छन् । डिप्रेसन तथा ब्लड प्रेसरको समस्या ध्यानबाट समाधान हुन्छ । ब्याक्टेरियाबाट हुने रोगलाई त औषधि नै खानुपर्छ ।

रक्सी–चुरोटको लत पनि छुटाउन सक्नुहुन्छ ?

बिलकुल । यहाँ सात दिन ध्यान बस्दा अधिकांस व्यक्तिहरु रक्सी चुरोटको लतबाट बाहिर निस्कन्छन् । कसै–कसैलाई चाहिँ २१ दिनको कोर्स गर्नुपर्छ । अनि, यहाँ २१ दिनको कोर्स गरेर गएकाहरुमध्ये ९० प्रतिशत शाकाहारी बनेका छन् ।

तपाईंहरु जुन बाटोमा हिँडिरहनुभएको छ, यो कुनै धर्म हो कि केवल जीवनशैली मात्र मात्र ?

मूलतः यो ध्यानको क्रान्ति हो । यो पृथ्वीमा ३ सय धर्म छन्, उनीहरुको शाखा जोड्यो भने ३ हजार पुग्लान् । हामीलाई ३ हजार १ बन्नु छैन । त्यसैले हामीले यसलाई अभियानका रुपमा मात्र अघि बढाएका छौं । यहाँ जुन धर्मका मानिस पनि अटाउन सक्छन् । हिन्दूदेखि मुसलमान सबैले आएर ध्यान साधना गर्न सक्छन् ।

तपाईं आफैं चाहिँ कुन धर्म मान्नु हुन्छ ?

हाम्रो धर्म नै मनुष्यता हो ।

तपाईं हिन्दू हो कि होइन ?

हिन्दू धर्मलाई म अत्यन्तै आदर गर्छु । म जन्मेको नै यही धर्ममा हो । यसलाई सबैभन्दा वैज्ञानिक धर्म मान्छु । तर, त्यसको अर्थ म अर्को कुनै धर्मको विरोध गर्दिनँ ।

प्रष्ट भनिदिनुस न, तपाईं हिन्दू धर्मावलम्बी चाहिँ हो कि होइन ?

हो ।

कुन भगवानमा बढी आस्था राख्नुहुन्छ ?

हामी ध्यान साधनामा विश्वास राख्ने भएकाले सबैभन्दा बढी बुद्धमा आस्था छ ।

बुद्धलाई मान्ने हो भने बौद्ध धर्म किन अपनाउनुभएन ?

त्यस्तो क्लासिफिकेसनमा हामी जाँदैनौं । हामी कुनै पनि भगवानलाई परमात्मा मान्दैनौं । उहाँहरु सबै ज्ञानप्राप्त हो, तर परमात्मा होइन । पाप–पुण्यको हिसाब उहाँहरुले राख्ने उहाँहरु होइन । आफ्नो टाइममा उहाँहरु पनि ओशोजस्तै हुनुहुन्थ्यो । पाँच हजार वर्ष अगाडि कृष्णलाई कसले भगवान भन्थ्यो ? मानिस नै भनिन्थ्यो नि । अहिले भगवान हुनुभयो ।

त्यसैले हामी निश्चित धर्मको सीमाभित्र बाँधिएका छैनौं । हरेक सद्गुरुलाई हामी मान्छौं । वी आर ओपन फर अल ।

ओशो पनि जनमानसमा धेरै विवादित छन् । उहाँका धेरै सिद्धान्तहरुमा प्रश्न पनि उठ्ने गरेको छ…

मान्छे जति ‘इन्टलिजेन्ट’ र ‘जिनियस’ हुन्छ त्यति नै विवादित हुन्छ । ओशो यो शताब्दीमा सबैभन्दा ठूलो जिनियस हुनुहुन्छ । त्यसैले विवाद स्वाभाविक हो । विवाद गर्नेलाई आग्रह गर्छौंं कि उहाँलाई पढ्नुस् । ध्यानको अभ्यास गर्नुस् ।

ओशोका कतिपय सिद्धान्त अव्यहारिक पनि त छन् । जस्तो कि उहाँले पुरुष र महिलावीच विवाह नै आवश्यक छैन भन्नुभएको छ । यसलाई अनुशरण गर्न सम्भव छ ?

अहिले हेर्दा त सम्भव हुँदैन । तर, भविष्यमा विवाह भन्ने संस्था मासिने पक्का नै छ । अहिले पनि पश्चिमी जगतमा हेर्नुभयो भने ५० प्रतिशत विवाहको आयू ५ वर्ष मात्र हुन्छ । केही देशमा त बिहेकै टाइममा डिभोर्सका शर्तहरुमा पनि सही गर्नुपर्छ । डिभोर्स भएपछि छोराछोरी कसले पाल्ने, कुकुर कसले पाल्ने जस्ता कुराहरु बिहेकै बेलामा छिनोफानो गरिन्छन् । भनेपछि यो विवाह भन्ने संस्था कति कमजोर धरातलमा टेकिएको छ भन्ने बुझ्न सकिन्छ ।

भविष्यमा पाश्चात्य जगत हुँदै पूर्वीय जगतमा पनि विवाह गर्ने परिपाटी अन्त्य हुनेछ । अस्ति तपाईंकै अनलाइनमा पढेको थिएँ । बेलायती मोडलले एलिजावेथ हुडले २ सय जना व्वाइफ्रेन्ड फेरेपछि आफ्नो पाल्तु कुकुरसित बिहे गरिछन् ।

महिला र पुरुषबीच बिहे नै भएन भने कसरी चल्छ त संसार ?

चल्छ, किन चल्दैन ? नयाँ संस्कृति आएको छ नि ‘लिभिङ टुगेदर’को । सम्वन्धमा बस्ने, तर बिहे नगर्ने । हाम्रो समाजमा पनि लिभिङ टुगेदरको संस्कृति झाँगिदैछ ।

यही संस्कृति ठीक हो त तपाईंको विचारमा ?

हो, यो बढी ‘साइन्टिफिक’ हुन्छ । भविष्यको समाज यही हुन्छ । नेपालमा अहिलेभन्दा मान्छेहरुलाई पचाउन गाह्रो होला ।

तपाईंका पाठकहरुले मलाई गाली गर्न पनि सक्छन् । तर, अबको २५ वर्षपछि नेपाल पनि लिभिङ टुगेदरमा नै जाने हो ।

आजभन्दा ५० वर्ष अगाडि अमेरिकामा पनि बिहे यति सस्तो थिएन । अहिले त त्यहाँ खेलाँची भइसक्यो । ओशोले त्यो देखेर नै लिभिङ टुगेदरमा जोड दिनुभएको हो ।

ओशोले त ‘ओपन सेक्स’ कै वकालत गर्नुभएको छ, होइन ?

होइन । गलत बुझे मान्छेले । उहाँले सेक्सलाई दुई बालिग व्यक्तिहरुबीचको निजी मामला भन्नुभएको छ । हालै भारतको सर्वोच्च अदालतले फैसला गर्‍यो कि बिहे गर्दैमा श्रीमतीको शरीरमा श्रीमानको अधिकार स्थापित हुँदैन । उनले चाहेमा परपुरुषसँग सम्वन्ध राख्न सक्छिन् । श्रीमानले चाह्यो भने उनलाई डिभोर्स दिन सक्छ, तर, बाहिर सम्वन्ध राख्नबाट रोक्न सक्दैन । नेपालमा पनि भोलि यही कानून आउने हो ।

त्यसोभए तपाईंहरुको सिद्धान्तअनुसार पनि यौनसम्वन्ध श्रीमान र श्रीमती मात्र सिमित हुनुपर्छ भन्ने छैन ?

हो, आफ्नो शरीरमाथि अर्को व्यक्तिको अधिकार हुँदैन । न श्रीमतीको शरीरमा श्रीमानको अधिकार हुन्छ, न श्रीमानको शरीरमा श्रीमतीको । अधिकार जमाउन थाल्यो भने त लालपूर्जावाला जग्गा जस्तो भइहाल्यो नि ।

तपाईंहरुको कम्युनभित्र चाहिँ यौनको कस्तो अभ्यास छ ?

यहाँ विवाहित जोडी पनि छन् । अविवाहित जोडीहरु पनि बस्न सक्छन् । उनीहरुबीच सहमतिमा कुनै सम्वन्धमा हामी चासो दिँदैनौं ।

भनेपछि आश्रमभित्र यौनसम्वन्धमा स्वच्छन्दताको अभ्यास छ ?

स्वतन्त्रता कहाँ छैन ? हाइवेको किनारामा जति स्वतत्रता देख्नुहुन्छ, त्यति त यहाँ छैन । यौनसम्वन्ध भनेको एउटा १८ वर्ष नाघिसकेको व्यक्तिको व्यक्तिगत निर्णय हो । त्यसमा हामी किन बोल्ने । खालि दुई जनाको सहमति आवश्यक हुन्छ ।

दुईजनाको उमेर पुगेको छ भन्दैमा त्यसभित्र केही ‘क्राइटेरिया’ पनि त चाहिएला । जस्तो कि हाडनाताभित्रको शारीरिक सम्वन्धका विषयमा तपाईंहरुको दृष्टिकोण के हो ?

हाडनाता सम्बन्धको त हामी महाविरोधी छौं । त्यो ‘अनहाइजेनिक’ हो । यसको बायोलोजिकल कारण छ । जिनेटिक कारण छ ।

गोत्रहरुको एउटै जिनेटिक हुन्छ । त्यसैले आफ्नो गोत्रमा बिहे गर्नु हुँदैन भन्ने सुन्नुभएको होला, होइन ? यदि श्रीमान र श्रीमतीको जिनमा उस्तै भयो भने बच्चा अपांग जन्मिन्छ । यो वैज्ञानिकरुपमा प्रमाणित कुरा हो । जिन जति टाढा भयो, त्यति नै प्रतिभाशाली बच्चा जन्मिन्छन् । त्यसैले हामी त अन्तरजातीय वा अन्तरदेशीय विहेलाई प्रोत्साहन गर्छौं । सकभर आफ्नो जातीमित्र मात्र होइन, आफ्नो देशभित्र पनि बिहे नगर्दा राम्रो ।

तपाईंले चाहिँ किन आफ्नै देशभित्र बिहे गर्नुभयो त ?

मेरो अन्तरदेशीय नभए पनि अन्तरजातीय हो ।

लिभिङ टुगेदरमा नबसेर किन बिहे नै गर्नुभएको ?

हामीले बाजा बजाएर बिहे गरेको होइन । मन्दिरमा सामान्य तवरबाट एउटा विधि गरेर सँगै बस्ने निर्णय गरेका हौं ।

सिन्दुरपोते पनि गर्नुभएन ?

त्यो त भयो । तर, पण्डित राखेर अग्नीलाई साक्षी राखेर फेरा लगाएको होइन ।

तपाईंले बहुबिवाह गरेको पनि चर्चा सुनिन्छ नि बाहिर, कति सत्य हो ?

मेरो पहिली श्रीमतीको मृत्यू भइसकेको छ । मृत्यू हुँदा मसित डिभोर्स भइसकेको थियो । पहिली श्रीमतीसँग डिभोर्सपछि दोस्रो बिहे गरेको हो । त्यो बिहे मेरो आमाबुवाले ‘फोर्सफुल्ली’ गराइदिनुभएको थियो । परम्परागत तवरले नै गरियो । दोस्रो विवाह आफ्नो रोजाइमा गरेको हो ।

तपाईंले आफ्नो पुनर्जन्मको पनि कुरा गर्ने गर्नुभएको छ । आज यसबारे अलि विस्तृतमा बताउन सक्नुहुन्छ ?

म सार्वजनिक रुपमा आफ्नो पूर्वजन्मको चर्चा गर्दिनँ । एकचोटि टीभीमा बोल्दा केही कुरा भनेको थिएँ, जुन आफ्नो किताबमा पनि लेखेको छु । त्यो बाहेक पूर्वजन्मको विषयमा मैले धेरै वर्णन गरेको छैन । मैले पूर्वजन्ममा बिहारको राजा थिएँ भनेको भनेर मिडियामा आयो । त्यस्तो मैले कतै भनेको छैन ।

पूर्वजन्ममा राजा थिएँ त भन्नुभएको छ नि एउटा भिडियो अन्तरवार्तामा ?

मैले राजपरिवारसँग सम्वन्धित थिएँ भनेको छु । कहाँको भनेर भनेको छैन । त्यो भन्न पनि मिल्दैन ।

किन नमिल्ने ?

किनभने मैले भनेँ भने यसमा प्रमाण खोजिन्छ । मानिसहरुले विभिन्न प्रश्न उठाउँछन् । यो प्रामाणिक र तार्किकरुपमा पुष्टि गर्न सकिने कुरा होइन । मैले ५० वर्ष साधना गरेर आफ्नो पूर्वजन्मको उत्खनन गरेको हुँ । यसलाई सार्वजनिक चर्चाको विषय बनाउनु नै छैन । जब मानिसहरुले विश्वास नै गर्दैनन् भने सुनाएर के हुन्छ ?

तर, तपाईंले बोलेको कुरा सत्प्रतिशत विश्वास गर्ने मानिसहरुको जमात पनि त ठूलो छ नि, उनीहरुकै लागि भनिदिनुस ।

छन् होला । मैले जे बोलेँ त्यसमा विश्वास गर्नेहरु लाखौं होलान् । तर, मैले उनीहरुको विश्वासको दुरुपयोग त गर्न भएन नि ।

तपाईंले झूटो गफ दिएको हो भने पो विश्वासको दुरुपयोग हुन्छ ?

संसारभरमा मैले बोलेको पूर्ण विश्वास गर्नेहरु ५ लाख जति होलान् रे । तर, संसारको जनसंख्या त ७ अर्ब ५० करोड छ । ५ लाख बाहेकको जनसंख्याले प्रश्न उठाउने छन् । प्रमाण माग्नेछन् । पूर्वजन्ममा जहाँ म जन्मेको हो, त्यो ठाउँमा पुगेको पनि छु । प्रमाणको कुरा गर्नुहुन्छ भने त मसित पूर्वजन्मको डेथ सर्टिफिकेट नै छ ।

हो र ? ज्यूँदो मान्छेले कसरी डेथ सर्टिफिकेट बनाउनुभयो ?

हो, प्रमाण पुर्‍याएरै बनाएँ । मेरो जुन ठाउँमा मृत्यु भयो, त्यहीँ बनाएको हुँ । तर, यसलाई मिडियामा प्रदर्शन गरेर हिँड्नुछैन मलाई । भोलि मेरा अनुयायीहरु पनि म पूर्वजन्ममा फलानो देशको राजा थिएँ, ढिस्कानो देशको राजा थिएँ भनेर घोषणा गर्ने प्रतिस्पर्धामा उत्रेलान् । पूर्वजन्मको बारेमा गफ गर्ने फेसनै चल्न सक्छ ।

अघिल्लो जन्ममा तपाईं जन्मेको चाहिँ भारतमा नै हो ?

ठाउँ भन्न मिल्दैन । तपाईंले धेरै जोड गर्नुभएकाले यति चाहिँ भन्छु कि अघिल्लो जन्ममा मेरो मृत्यु १९११ मा भएको थियो । मलाई त्यो याद छ । ५२ वर्षको उमेरमा मरेको हुँ म ।

ओशोले पनि आफ्नो पूर्वजन्मको विषयमा बताउनुभएको छ । त्यो म तपाईंलाई सुनाउन सक्छु । ओशोको जन्म आजभन्दा ७ सय वर्षपूर्व तिब्बतमा भएको थियो । त्यसबेला उहाँ एक बुद्धमार्गी गुरु हुनुहुन्थ्यो । उहाँका २० हजार शिष्य थिए । जसमध्ये म पनि एक थिएँ । तिब्बतको एउटा ग्रामीण क्षेत्रमा उहाँको आश्रम थियो ।

सन् १२३० मा एक सय ८ वर्षको उमेरमा उहाँको मृत्यू भएको थियो । त्यो जन्ममा पनि उहाँको हत्या नै भएको हो । ओशोको पूर्वजन्मको विषयमा लामा कर्मापाले पहिले बोल्नुभएको हो र त्यसलाई ओशोले पछि पुष्टि गर्नुभएको छ । उहाँको पूर्वजन्मको शरीर अहिले पनि सुरक्षित राखिएको छ तिब्बतमा ।

तपाईं अहिले पनि ओशोको प्रत्यक्ष दर्शन पाउँछु भन्ने गर्नुहुन्छ । मरिसकेको मान्छेलाई भौतिकरुपमै देख्छु भन्नु त अविश्वसनीय कुरा भएन ?

अरुलाई अविश्वसनीय लाग्छ । त्यसैले त म यस्तो विषयमा धेरै सार्वजनिकरुपमा चर्चा नै गर्दिनँ । तपाईंलाई यति मात्र भन्न सक्छु ओशोको प्रत्यक्ष निर्देशन पाइनँ भने म यो आश्रम सात दिन पनि चलाउन सक्दिनँ । मान्छेहरु यसलाई बन्द गराउन दिनरात लागिरहेका छन् नि । तैपनि कसैले हल्लाउन सकेको छ त ? के कारणले टिकिरहेको छ भन्दा ओशोका कारणले ।

प्रशंग बदलौं । केही समयदेखि इन्टरनेटमा तपाईंको एउटा तस्वीर विवादमा आइरहेको छ । एक महिलाले तपाईंको गोडा मालिस गरिरहेको देखिन्छ । यो तस्वीरको वास्तविकता के हो ?

म ऋषिकेश गएर आएको थिएँ । धेरै हिँडेकाले मेरो खुट्टा मर्केको थियो । एकजना मेरो अनुयायी नर्स हुनुहुन्छ । उहाँले खुट्टामा औषधि लगाइदिनुभएको थियो । म पत्रिका पढिरहेको थिएँ । त्यत्ति हो ।

ल, यदि मालिसै गरेको थियो भने पनि शिष्यले गुरुको गोडा मालिस गर्नु के अपराध हो ? बाबु–छोरीको, दाजु–बहिनीको जस्तै गुरु–शिष्यबीच पवित्र नाता हुन्छ । नकारात्मक सोच भएका मान्छेले हरेक चिजलाई नकारात्मक देख्छन् ।

फोटो चाहिँ कसले खिचेको हो ?

उहाँकै श्रीमानले फोटो खिच्नुभएछ । आफ्नो पत्नीले गुरुको सेवा गर्न पाएको क्षण उहाँलाई अविस्मरणीय लाग्यो होला । त्यो फोटोलाई आफ्नो घरमा पनि राख्नुभएको छ रे । पछि फेसबुकमा पनि हाल्नुभएछ । तर, अरुले त्यही फोटोलाई दुरुपयोग गरेर नानाथरी लेखे । उहाँकै श्रीमानलाई आपत्तिजनक लागेन भने अरुले किन छुद्र बुद्धि लगाउँछन् ? मलाई अचम्म लाग्छ । सज्जन व्यक्तिले यस्तो सोचाइ राख्नै सक्दैन ।

फोटो दुरुपयोग गरेको भनेर मुद्दा नै हाल्नुभएछ । त्यसमा के भइरहेको छ ?

मैले मुद्दा हालेको होइन । ती महिलाले नै फोटोलाई दुरुपयोग गरेर मानहानी गरियो भनेर हाल्नुभएको हो । आज पनि सुनवाई छ ।

ओशो तपोवनभित्र काम गर्नेहरुको व्यापक श्रम शोषण भइरहेको कुरा पनि बाहिर आएको छ । कति सत्य हो ?

यहाँभित्र ७७ जना स्थायीरुपमा बस्नुहुन्छ । तपाईं सबैलाई एक–एक गरेर सोध्न सक्नुहुन्छ । उहाँहरुलाई हामीले जागिर दिएको होइन । स्वैच्छिकरुपमा स्वयम्सेवी भावनाले बस्नुभएको हो ।

तर, मासिक दुई हजार रुपैयाँ दिएर बिहानदेखि रातिसम्म काम लगाइन्छ भन्ने सुनिएको छ नि ?

हामीले मासिक तलब भनेर २ हजार त के, एक रुपैयाँ पनि दिँदैनौं । तर, कसैलाई आवश्यक पर्‍यो, कोही बिरामी भयो भने पचास हजार पनि दिन्छौं । यो स्वयम्सेवीहरुको समर्पणले नै चलेको संस्था हो । ७७ जनालाई मासिक ५० हजार रुपैयाँ दिएर जागिर खुवाउने हाम्रो क्षमता छैन ।

अन्त्यमा अर्को एउटा फरक प्रसंग । तपाईंले तपस्वी रामबहादुर बम्जनको निकै प्रशंसा गरेर लेख लेख्नुभएको थियो । तर, अहिले उनी गम्भीर विवादहरुमा तानिएका छन् । यतिबेला उनीप्रति तपाईंको दृष्टिकोण के हो ?

मेरो दृष्टिकोण त त्यही छ, जुन पहिले थियो । उनी एक महान तपस्वी हुन् । नेपालमा राम्रो मान्छेलाई प्रोत्साहन र सम्मान गर्नेभन्दा पनि कताबाट उसको खुट्टा तान्न सकिन्छ भन्नेतिर लाग्छन् मानिसहरु । म उनलाई एक उच्च कोटीका साधक मान्छु ।

केहि बर्ष अघि अनलाइनखबरका चिरञ्जीवी पौडेलले आनन्द अरुण सँग गरेका यो कुराकानी हामीले अनलाइनखबर बाट लिएका होऊँ।

प्रतिक्रिया
सम्बन्धित समाचार
इटहरीकि उपमेयरको ब्यक्तिगत स्वार्थको कारण बजेट आएन – पूर्वमेयर द्दारिकलाल चौधरी (भिडियो)
महाशिवरात्रि पर्वमा आउने भक्तजनले सहजै भगवान पशुपतिनाथको दर्शन गर्ने व्यवस्था मिलाइएको छ
‘विद्यार्थीले अनुभूति गर्ने र देशको समुन्नतीका लागि खबरदारी गर्न प्रतिवद्ध हुनुपर्छ नेवि संघ’
म क्रिस्चियन हुँ तर हाम्रो नेपाललाई चिनाउनका लागि नेपाल हिन्दु राष्ट्र हुनुपर्छ – राप्रपाकी सांसद विना लामा
सबैभन्दा पुरानो व्याकरण फेदाप हो, फेदापको लिम्बू भाषा अहिले जस्तो छ प्राचीन कालमा पनि त्यस्तै थियो !
मुद्दा सम्बोधन नभएसम्म सरकारमा नजाने रेशम चौधरीको भनाइ
ताजा अपडेट
sierra skye onlyfans leaks princess leia rule 34 analnyfisting.com mom seduces son porn britney spear nude pics, the lovely luna porn ts massage near me porn-foot.com pornos mujeres con caballos new nude girls images, spider man gay porn younge and old porn povcreampie.com black porn on twitter emily faye miller porn
xxx video sani lion princess leia rule 34 80sporno.com stormi maya onlyfans leaks ashley serrano onlyfans leak, free porn with lesbians pornos en el colegio forcedcreampie.com porn bother and sister paradise pd erotic fan art, barthar and sistar xxx women on beach nude lesbianebony.com 2 guys 1 hammer bokep indo live terbaru
conte de pablo nude best asses in hollywood milfamatuerporn.com mum and son pornography nude picture of dolly parton, mia khalifa porn bideos dallas hotwifes cowgirl orgy amerturporn.com xxx sister and brothe mia khalifa porn new, dad cumms in daughter double sided strap on realcuckoldporn.com pamela anderson tommy lee sex tape cogiendo a una vieja
teen boy jerk off kerry katona only fans leaks bdsmis.com mom fuckes her son squid game rule 34, debra jo fondren nude skai jackson sex tape ixxnporn.com whst is porn hub somali x x x, steak and blow job day hottest india web series bigtittybbw.com xnxx bother and sister old women with big breasts
broken eagle sex position hottest porn star all time xnnx.work hot 18 year olds porn stars without makeuo, league of legends r34 casey calvert - behaviour modification chip teenporn.work lesbians sucking big tits how to give a good handjob, www pornhub com video stud evan fucked me missionary xnxxteen.work hombres cojiendose a una mujer romeo and juliet nude scenes
trisha paytas onlyfans leak vintage teens gay porn xnxxforced.com one punch man porn lady gaga nude pics, lesbian x x x pictures of naked mature women tubxporn.vip lana rhoades and riley reid pictures of anal porn, rule 34 frankie foster old young lesbo porn hotwifeporn.vip bella poarch and tyga sex tape tag teaming the wife
jordi el nino pola kate upton nude photos homedoporn.net dad on son gay porn skip the games lansing mi, porn hub for free twinks in the shower cuckold69.net my hero acdemia porn comics millie bobbie brown naked, www com in xxx video hannah owo leaked video bigtitspub.net rother and sister porn nude beaches in the uk
hd indian xxx video mujer y perro porn forcedpornanal.com most viewed pornhub video aubrey plaza leaked nudes, millie bobby brown tits light skin with dreads xxxamat.com mujer teniendo sexo con perro soleil moon frye nude, raven team titans go ba kroom casting couch amateurtrheesome.com wrek it ralph porn blow job by mom
role play sex videos mary tylor moore nude pornoespresso.net love and hip hop sex tape streamers gone wild reddit, the latest porn videos 18 year olds nude pornsexnxx.net asian porn in public nude pics of kate upton
anna taylor joy nude father daughter sex videos freepornamatuer.com five nights at freddys porn hub elle brooke and johnny sins, skip the games madison sierra skye leak onlyfans sexcollegeamateur.com mother son forbidden incest movie download real life hentai -, sexy hot naked wemon tommy and pam sex tape blackpornamateurs.com h d porn hub step daughter seduces dad
big tits tight shirt black hard core gay porn sexporn.win celeb nude in movie search for free porn, best porn videos of alltime step mom and stepdaughter porn wifexxx.vip jennifer lopez's nude pictures ariana grande deep fake, video of sexual massage a wonderful new world manwha swingerwife.win jamie lee curtis naked hentai games for android
womem giving blow jobs abby rao onlyfans leak pornhiho.net hentai stuck in wall porn big booty latina, sunny ray onlyfans leaks peeing in public porn milfrabbit.net older and younger lesbians porn naked pics of teenagers, mi friend hot mom britny spears naked pics xnxxteenvideos.com porn from the 1980 coji a mi hija