आइतवार, साउन २२, २०७९
९ देश भएर बग्ने विश्वको सबैभन्दा लामो अमेजन नदी बारे एकदमै रोचक तथ्य

९ देश भएर बग्ने विश्वको सबैभन्दा लामो अमेजन नदी बारे एकदमै रोचक तथ्य


  • स्वदेश नेपाल
  • आइतवार, साउन २२, २०७९

अमेजन जंगल भएर बग्ने अमेजन नदी लम्बाईको हिसाबले संसारकै सबैभन्दा दोस्रो ठूलो नदी हो।पानीको मात्राको हिसाबमा संसारकै ठूलो नदी।

इक्वेडर,कोलम्बिया,भेनेजुयला र ब्राजिल सहित दक्षिण अमेरिकाको आठ देश हुँदै अमेजन बग्ने गर्छ।अमेजन नदीको ११ सय भन्दा धेरै सहायक नदी छन्।जस्मा १७,नदीको लम्बाई १५०० किलोमिटर भन्दा धेरै छ।

अमेजन नदीको लम्बाई ६ हजार देखि ७ हजार किलोमिटर सम्म मानिन्छ।

ब्राजिलको ठूलो शहर मध्येको एक ‘मानुस’ अमेजन नदीको किनारमा अबस्थित छ।जस्को जनसंख्या लगभग एक करोड असी लाख छ।यस नदीमा तीन हजार अलग-अलग प्रजातिक माछा पाईन्छ।

विश्वको सबैभन्दा ठूलो सर्प ‘एनोकोण्डा’ अमेजन नदीमा पाईन्छ।बर्षायाममा अमेजनको चौडाई बढेर १ सय ९० किलोमिटर सम्म हुने गर्दछ।

अमेजन नदीको ऊद्धगम स्थललाई लिएर समेत बिबाद छ।तर, अमेजनको खास उद्धगमस्थल पेरुको ‘एन्डिज पर्वत’ माला हो।यस्को अन्त्य भने एट्लान्टिक महासागरमा गएर हुन्छ।

विश्वमा सबैभन्दा पानी पर्ने जंगल हो अमेजन।साँढे पाँच करोड बर्ष पुरानो जंगलबाट बग्छ विश्वमा सबैभन्दा धेरै फैलिएको नदी हो अमेजन।

सबैभन्दा रोचक र अचम्मको कुरा के छ भने ९ देश भएर बग्ने यो नदी जस्को किनारामा र आश्रित भएर करोडौं मानिसहरु बस्छन् त्यस्तो नदीमा एउटा पूल बनेको छैन।अमेजन नदीमा एक पनि पूल नबन्नूमा धेरै कारणहरु छन्।जस मध्ये मौसम एक कारण हो।बर्खामा यस्ले लिने जब बर्खा हुन्छ यो नदीको चौडाई निकै नै लामो हुन्छ।जसकारण पूल कहाँदेखि कहाँसम्म बनाऊँने भन्नेमा नै अलमलमा पर्छन् बिज्ञहरु।

दोस्रो कारण हो-अमेजनमा पूलको आवश्यका पनि छैन।बस्तीमा आवतजावत गर्नको लागी मानिसहरुले ठूला-साना डुंगाहरु प्रयोग गर्ने गर्छन्।

यदि अमेजन जंगलमा पूल बनिहालेमा यहाँ मानिसहरुको भिड बढ्ने हुँदा वातावरण प्रदुषित हुने र फोहर बन्ने मात्र होइन काठ तस्करीको डर समेत हुने हुनाले अमेजनमा कुनै पनि पूल नबनेको हो।

 

प्रतिक्रिया
सम्बन्धित समाचार