मङ्लबार, भदौ २८, २०७९
घरधनीले नमानेपछि चीनको हाइवेको बीचमा ठिंङ्ग उभिएको घर यसरी भत्काइएको थियो

घरधनीले नमानेपछि चीनको हाइवेको बीचमा ठिंङ्ग उभिएको घर यसरी भत्काइएको थियो


  • स्वदेश नेपाल
  • मङ्लबार, भदौ २८, २०७९

चौडा सडकको बीचमा रहेको एउटा पाँच तले घर चिनीयाँ अधिकारीले भत्काउन सफल भएका छन् । सडकको बीचबाट घर नहटाउने अडान राखेपछि चीनको त्यो घर विश्वभरिका सञ्चारमाध्यमको केन्द्रविन्दु बनेको थियो ।सडकवीचको पाँच तले घरमा एक चिनीयाँ वृद्धि दम्पत्ती बस्थे, उनीहरुले घर हटाउन अस्वीकार गरेपछि घरको दायाँ र बायाँबाट तिव्र गतिको सडक बनाइएको थियो । चीनमा जग्गाधनीको सहमति विना व्याक्तिगत सम्पत्तिमा हस्तक्षेप गर्न नपाउने कानून छ, यसले गर्दा फराकिलो सडकको बीचमा घर ठिंग परेको थियो ।

झेजिङ प्रान्तको वेनलिङ शहरमा बनेको नयाँ रेलवे स्टेशनसम्म पुग्नका लागि गाउँको बीचबाट फराकिलो सडक बनाइएको थियो । सडक बनाउँदा गाउँका सबै घरहरु हटाइए पनि लुव बाउजेनले आफ्नो घर हटाउन अटेर गरेका थिए ।ती वृद्धले पाँच तले घर बनाउनका लागि छ लाख युआन खर्च गरेको दावी गर्दै पूर्ण क्षतिपूर्ती नपाएसम्म सडक भत्काउन नदिने अडान लिएका थिए । उनको यो अडानलाई चिनियाँ प्रतिकार भन्दै विश्वभर समाचार शीर्षक बनाइएको थियो ।

स्थानीय अधिकारीहरुले वृद्ध दम्पत्तीलाई दुई लाख २० हजार युआन मुआब्जा लिन आग्रह गरेका थिए । तर ती वृद्धले मुआब्जा रकम धेरै कम भएको दावी गर्दै घर नभत्काउने अडान राखेका थिए । वृद्धको यही अडानका कारण घर वरपर फराकिलो सडक बनाइएको थियो ।झियाङ्गझियान प्रान्तका मुखिया चेन झेउकाईले वृद्धका दम्पत्तीलाई दुई लाख ६० हजार युआन मुआब्जा दिएपछि घर भत्काउने अनुमति पाएको बताए । उनले अनुमति पाउनासाथ घर भत्काउन बुलडोजर लगाएको जानकारी दिए । ६७ वर्षका वृद्धको यो घरलाई चीन र विश्वका मिडियाले ‘नेल हाउस’को संज्ञा दिएका थिए । वृद्धले त्यो घर केही महिना अघि मात्रै निर्माण सम्पन्न गरेका थिए । निर्माण हुँदै गर्दा शहरमा रेलवे स्टेशन बनेपछि त्यहाँ सडक बनाइएको थियो ।

वृद्धलाई घर भत्काउन दवाव दिन स्थानीय प्रशासनले विद्युत, पानी, टेलिफोनको लाइन काटेको थियो । वृद्ध घरमा नभएको बेला पारेर घरका केही संरचनाहरु पनि भत्काइउको थियो । पानी र विद्युतको लाइन काटिए पनि वृद्धले घर छाडेका थिएनन् । वृद्धले घर भत्काउन मञ्जुरी दिएपछि एकै छिनमा घरलाई धुलो पारिएको थियो, घर भत्काएको हेर्न स्थानीयवासिन्दा र पत्रकारको ठूलै मेला पनि लागेको थियो ।चीनमा वितेको दशकमा रियलस्टेट निक्कै फस्टाएको छ, तर दु्रत विकासले करोडौं मानिसलाई घरवारविहिन पनि बनाएको छ । चीनमा घर भत्काउन अघि घरधनीको स्वीकृती लिनुपर्ने कानूनी अड्चनले निक्कै ठूलो समस्या पनि पारेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार