शुक्रबार, साउन २०, २०७९
सांसद सङ्ख्या घटाएर १६५ र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति बनाउँनपर्छ : शेरबहादुर तामाङ

सांसद सङ्ख्या घटाएर १६५ र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति बनाउँनपर्छ : शेरबहादुर तामाङ


  • स्वदेश नेपाल
  • शुक्रबार, साउन २०, २०७९

पूर्व कानुनमन्त्री तथा एमाले नेता शेरबहादुर तामाङले नेपालमा संघीयता भद्धा बनाएको र यसलाई पुनर्सरचना गर्न जरुरी भएको बताएका छन्।हिमालय टेलिभिजनको कार्यक्रम ‘फेस टु फेस’मा कुराकानी गर्दै तामांगले ऊक्त कुरा बताएका हुन्।

प्रदेशले आफूलाई अधिकार चाहियो भनेर भन्नूको मतलब बजेट कम भएको भनेका हुन्।अरु अधिकार त संविधान र कानुनले निर्दिष्ट गरेको छ।अरु प्रदेश आफैले कानुन बनाएर चल्न सक्छन।अहिले जुन ढाँचाको संघीयता बनाईएको छ त्यो बोझिलो बन्दै गईरहेको छ।त्यसलाई पुन संरचना गर्नु जरुरी छ।त्यो भनेको संघ खारेज भनेको नभएको तामाङको भनाई छ।

 

अहिलेको केन्द्र प्रदेश र पालिका संरचना भद्धा भयो।पालिका ७५३ चाहिदैन।पालिकाको संख्या तीनसयमा झारे हुन्छ।पालिकाको प्रमु र उपप्रमुखलाई नै प्रदेश मानेर प्रदेश सांसद बनाईदिए हुन्छ।किनकी अर्को मानिसलाई भत्ता दिईराख्न परेन।उस्ले बर्षको पन्ध्र दिन जति प्रदेशको कानुन बनाउँन जुट्छन् र त्यसपछि पालिकाको काम गर्न जान्छन्।त्यस्तै केन्द्रमा रहेका २७५ सांसद मध्येबाट घटाएर १६५ मा झार्दा हुन्छ।१७५ बाटै समानुपातिक र समावेशी बनाउँदा हुन्छ।सांसदको संख्या बढाएर मात्र समावेशी र समानुपातिक नहुने तामाङ बनाउँछन्।

तामाङ अगाडि भन्छन्-प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपती बनाएर दश-एघार सदस्यीय मन्त्रिमण्डल बनाए राज्यको दुई खर्ब रुपैया विकासमा लगाउँन सकिन्छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट