बिहिबार, साउन १९, २०७९
जनार्दन शर्मा यतिबेला जेलभित्र त्यो पनि पिञ्जडामा हुनपर्ने मान्छे हो :पुरञ्जन आचार्य

जनार्दन शर्मा यतिबेला जेलभित्र त्यो पनि पिञ्जडामा हुनपर्ने मान्छे हो :पुरञ्जन आचार्य


  • स्वदेश नेपाल
  • बिहिबार, साउन १९, २०७९

बरिष्ठ राजनीतिक विश्लेषक पुरञ्जन आचार्य भन्छन्- प्रचण्ड नेपालको खुला राजनितीमा प्रवेश भएपछि सबैभन्दा बिग्रिएको पार्टी नेपाली कांग्रेस हो।नेपाली कांग्रेसमा शेरबहादुर देउवाको संगत जहिलेदेखी प्रचण्डसँग भयो कांग्रेसको आफ्नो पहिचान,मूल्य पद्धति र सिद्धान्त प्रचण्डले हाइज्याक गरे।प्रचण्डको कुनै सिद्धान्त नै छैन।किनकी प्रचण्डले नेपालमा एकतन्त्र,निरंकुश,तानाशाही कम्युनिष्ट ब्यबस्थाको लागी जनयुद्ध गरेका हुन् र त्यसमा असफल भए।

प्रचण्ड एकदमै बिकृत संसदीय ब्यबस्थाको अंग भएर बसेका छन्।यहाँ निर्वाचित पनि छन् र अनिर्वाचित पनि छन्।संसारमा कहि नभएको संसदीय ब्यबस्था नेपालमा आफ्नै ढंगले आएको छ।यो अन्इलेक्ट्रेड मान्छेलाई पार्लियामेन्टमा लिएर जाने यो भन्दा गलत प्रजातन्त्र म अरु बुझ्दिन।यहाँ प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री नेपालमा चाहिने बेलामा समानुपातिक र क्याबिनेटबाट साथै राष्ट्रपतिबाट गर्ने निर्णयहरुले नेपालको संसदीय ब्यबस्था बिकृत भएको छ।यो संसदीय ब्यबस्थालाई नबुझिकन यस्लाई बिकृत पार्ने प्रचण्ड भएको आचार्यको आरोप छ।

आचार्य अगाडी भन्छन्-प्रचण्डको सबै नक्कली कुरा हो।किनकी प्रचण्ड दुई पटक प्रधानमन्त्री भईसकेका छन्।तेस्रो पटक प्रधानमन्त्री हुने ऊनको प्रवल ईच्छा छ।ऊनी कम्युनिष्ट तानाशाही ब्यबस्थामा वा एक दलीय ब्यबस्थामा प्रधानमन्त्री हुने ईच्छा गरेको हो भने बन्दुक बोक्न र जंगल छिर्न पर्‍यो।त्यो छुट ऊनलाई छ।

बजेट प्रकरणमा अर्थमन्त्री जनार्दन शर्मा जे-जस्तो  गरेका छन् यो जस्तो अपारदर्शी र भ्रष्टचार अभ्यास मलाई लागेको चाँहि की इदी अमिनले गरे की शेरबहादुर र प्रचण्डले गर्दैछन्।यो अभ्यास भनेको प्रजातन्त्रसँग कहि पनि नमिल्ने अभ्यास हो।जनार्दन शर्माले एउटा रिटायर्ड सुब्बा र मारबाडीलाई राखेर जुन ढंगले करको हेरफेर गरेका छन् यस्तो गर्ने मान्छे यतिबेला नख्खु जेलमा हुन पर्थ्यो।जेलको पनि पिंजडामा हुन पर्थ्यो।

नेपालको राजनितीमा १२-१५ वटा यस्तो राजनितीक बिचौलिया छन् तिनीहरुले नेपालको सम्पूर्ण राजनितीज्ञलाई किनेका छन्।नेपालका नेताहरुको डिएनए श्रीलंकाका राजापक्षकै हो परिवारबाद।नेपालको राजनितीमा लुटेरा,बिचौलिया र नेताहरुलाइ पैसा बुझाउँने र खराब पात्र नभई कोहि पनि राजनितीमा छिर्न सक्दैन।नेपाली राजनितीमा बिचौलियाहरु हाबी भएका छन्।जनार्दन शर्माको माध्यमबाट शेरबहादुर देउवा र प्रचण्डले ति बिचौलियाहरुको सेवा गरिरहेका छन् जस्ले नेपाललाई प्राईभेट लिमिटेड बनाएर लुटिरहेका छन्।

शेरबहादुर देउवा पाँच पटक प्रधानमन्त्री भएका छन्।यस अघिको चार पटकसम्म कुनै पनि स्मरण योग्य काम गरेका छैनन्।विपी,गणेशमान,सुवर्णशमशेरको आत्मा यहि देशमा मडारिरहेको छ भने तिनको आत्माबाट बलिन्द्र आँशु झरिरहेको होला।कस्तो पार्टी थियो कस्तो बनाए अहिले भनेर।
जनताको बीचमा यस्तै मानिस सिंहासानमा बस्ने हो भने राजा नै ठिक छन् भन्ने डिभेड छ।सिंहासानमा हिजो एउटै राजा थिए,फेरबदल थिएन।यिनीहरुले फेरिएको सिंहसान र सिंहदरबारको अनुभूती दिन सकेका छैनन्।आचार्यले भने।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट