मङ्लबार, असार २१, २०७९
श्रीमानले सपनामा अर्कै महिलालाई देखेपछि श्रीमतीले खन्याइन् गुप्ताङ्गमा तातो पानी

श्रीमानले सपनामा अर्कै महिलालाई देखेपछि श्रीमतीले खन्याइन् गुप्ताङ्गमा तातो पानी


  • स्वदेश नेपाल
  • मङ्लबार, असार २१, २०७९

काठमाडौं । एक महिला आफ्ना श्रीमानको गुप्ताङ्गमा तातो पानी खन्याइदिएर जलाइदिएको आरोपमा पक्राउ परेकी छिन् । महिलाको ईर्ष्या र रिसको परिणाम लगभग त्रासदीमा समाप्त भयो जब उनले सुतिरहेका श्रीमानको गुप्ताङ्गमा तातो पानी खन्याइदिइन् ।

महिलाको रिसको पारो यसकारण तातेको थियो किनभने उनले आफ्नो श्रीमानलाई सुतिरहेको बेलामा अर्कै महिलाको नाम लिएर बर्बराइरहेको सुनिन् । बोलिभियाको ला पाजमा भएको यो घटनाले देशका धेरै नागरिकलाई स्तब्ध बनाएको छ।

अमेरिकाजर्नलमा प्रकाशित समाचार अनुसार ४५ वर्षीय पुरुषको शरीर सेकेन्ड डिग्री जलेको थियो। अहिले उनी अस्पतालमै छन् । उनले स्थानीय मिडियालाई बताएअनुसार यो दुर्भाग्यपूर्ण घटना भयो किनभने उनले आफ्नी श्रीमतीसँगै सुतिरहेको बेला सपनामा अर्की महिलाको नाम लिएर बर्बराएका थिए ।

तेस्रो महिलाको नाम सुनेपछि महिलाले आफ्नो रिस नियन्त्रण गर्न सकिनन् र पानी उमालेर श्रीमानको गुप्तांगमा खन्यादिइन् । श्रीमतीले ठानिन् कि उनको पतिले उनीसँग विश्वासघात गरिरहेका छन् र सपनामा उनले यो कुरा लुकाउन सकेनन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट