सोमवार, असार ६, २०७९
नेपालमा गाँ’जा प्रतिबन्धित गराएको अमेरिका भोलि हामीलाई नै गाँ’जा बेच्छ (भिडियोसहित)

नेपालमा गाँ’जा प्रतिबन्धित गराएको अमेरिका भोलि हामीलाई नै गाँ’जा बेच्छ (भिडियोसहित)

गाँ'जा वैधानिक गरेपछि क्यानडामा राम्रो भयो, हामीले किन नगर्ने ? वेदले भनेको चार मुख्य जडीबुटीमध्ये गाँ'जा एक प्रमुख हो ।


  • स्वदेश नेपाल
  • सोमवार, असार ६, २०७९

नारायण घिमिरे १५ वर्षयता खाद्य तथा औषधिविज्ञका रुपमा क्यानडामा कार्यरत छन् ।

उनी आयुर्वेदिक औषधीको साइड इफेक्टरहित गुण र एलोपेथिक औषधीको तत्काल उपचार गर्ने क्षमता पुनः संयोजन गरी चुस्त हर्बल ओखती विकास विषयका शोधकर्ता हुन् ।

घिमिरे परम्परागत भनिने आयुर्वेद र आधुनिक भनिने एलोपेथिक उपचार पद्धतिको सम्बन्ध र साइनोबारे अध्ययन गर्न लागिपरेका छन् । उनी वैज्ञानिक र प्रयोगात्मक विकासको अनुसन्धानमार्फत हर्बलको खाद्य र औषधीय गुण संयोजन गरी हिलिङ फुड निर्माण संलग्‍न छन् ।

नारायण घिमिरेका शोधलेख विभिन्‍न जर्नलमा प्रकाशित छन् । ‘नेपालमा गाँ’जा’ (वैज्ञानिक अवधारणा) र ‘नेपाली रैथाने जडीबुटी’ नाममा उनका पुस्तक प्रकाशित छन् ।

उनै घिमिरेसँग इकागजले गरेको संवाद पूरा यहाँ भिडिओमा हेर्नुहोस् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट