शनिबार, असार ४, २०७९
‘कृषिप्रधान नेपाल’मा खाद्यान्‍न किन्‍नु परेको छ, जबकी विदेशमा सात प्रतिशतले खेती गर्दा पुग्छ (भिडियो)

‘कृषिप्रधान नेपाल’मा खाद्यान्‍न किन्‍नु परेको छ, जबकी विदेशमा सात प्रतिशतले खेती गर्दा पुग्छ (भिडियो)


  • स्वदेश नेपाल
  • शनिबार, असार ४, २०७९

७ जुन वर्ल्ड फुड सेफ्टी डे अर्थात् विश्व खाद्य सुरक्षा दिवस । खाद्य सँगसँगै कृषि, जनसांख्यिक लाभांश, स्वास्थ्य, यी र यस्ता विषयमा इकागजले डा. प्रेम भण्डारीसंग गरेको कुराकानी ।

उनी मिडिया, सोसल मिडिया, युट्युबहरूमा छ्याप्छ्याप्ती आएको पाहुना भएको भए सीधै कुराकानी सुरु गर्न हुन्थ्यो । तर, उनी विज्ञ प्राध्यापक हुन्, त्यसैले जर्नलहरूमा भेटिन्छन्, विश्वविद्यालयहरूमा भेटिन्छन् ।

प्रेम भण्डारी सन् २००९ देखि अमेरिकाको मिचिगन विश्वविद्यालयमा एडजन्ट प्रोफेसरका रूपमा सामाजिक सरोकारका विषयमा अनुसन्धाता हुन् । सन् २००६ मा पेन्सिलभानिया स्टेट युनिभर्सिटीबाट पीएचडी र क्यानडाको अल्बर्टा विश्वविद्यालयमा दुई वर्ष प्राध्यापन गर्नुअघि उनी चितवनको रामपुर कृषि क्याम्पसको विद्यार्थी र अध्यापक थिए ।

कृषि अर्थशास्त्रमा नेपालबाट बीएस्सी गरेपछि उनले थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एमएस्सी गरे । एक जना प्राध्यापकका लागि किताब लेख्नुभन्दा जर्नलमा लेख छाप्नु महत्वको विषय हो ।

उनका किताब छैनन् तर एकल र संयुक्त गरी ख्यातनाम जर्नलमा पचासभन्दा बढी अनुसन्धान लेख प्रकाशित छन् । उनको अध्ययन, अध्यापन, अनुसन्धानको विषय हो— खाद्य, कृषि, जनसंख्या, बसाइँसराइ ।

डा. भण्डारीसँग गरिएको संवाद पूरा यो भिडिओमा हेर्न र सुन्न सक्नुहुनेछ :

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट