बुधबार, असार १, २०७९
राजेन्द्र लिङ्देनको प्रश्नः देउवाको भ्रमणअघि प्रधानसेनापतिको अमेरिका भ्रमण किन ?

राजेन्द्र लिङ्देनको प्रश्नः देउवाको भ्रमणअघि प्रधानसेनापतिको अमेरिका भ्रमण किन ?


  • स्वदेश नेपाल
  • बुधबार, असार १, २०७९

काठमाडौं, असार १ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण अघि प्रधानसेनापतिको भ्रमण किन हुँदैछ भनेर प्रश्न गरेका छन् ।

लिङ्देनले अमेरिकी सैन्य टोलीको भ्रमणको उद्देश्य र प्रधानमन्त्री देउवाको भ्रमणभन्दा अघि प्रधानसेनापतिको अमेरिका भ्रमणको उद्देश्यबारे प्रश्न उठाएका हुन् ।

‘नेपाल अघोषित रुपमा शक्ति राष्ट्रको खेलमैदान हुन थालेको र नेपाल एकपक्षमा ढल्किँदै गएको हो कि भन्ने आभास हुन थालेको छ,’ उनले भने ।

‘एमसीसी संसद्मा प्रस्तुत भएपछि परराष्ट्र नीतिमा सन्तुलन गुमायो । ठुला दलले परराष्ट्र नीतिमा कमजोरी गरे । शक्तिराष्ट्रको रणनीतिक प्रतिस्पर्धास्थल बन्न सक्ने खतरा देखियो भनेका थियौँ, अहिले आएर पुष्टि भयो,’ उनले भने ।

अध्यक्ष लिङ्देनले २०४६ सालको राजनीतिक परिवर्तनपछि नेपालको राजनीतिमा नेतृत्व गर्दै आएका सबै नेताहरू र नेतृत्व बदल्न जरुरी रहेको बताए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसहित अन्य राजनीतिक दलहरूसँग गठबन्धनको सम्भावना रहेका बताएका लिङ्देनले राप्रपामा राप्रपा नेपालका अध्यक्ष कमल थापाको ढोका बन्द भएको घोषणा गरे ।

देउवाको अमेरिका भ्रमण र अन्य विविध विषयमा लिङ्देनसँग गरिएको अन्तरवार्ताः

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट