मङ्लबार, जेष्ठ ३१, २०७९
त्यो साँझ राजा ज्ञानेन्द्र र गृहमन्त्री सिटौलाको भेट – कहाँ छ राजदरबारको गोप्य सम्झौता ? (भिडियो)

त्यो साँझ राजा ज्ञानेन्द्र र गृहमन्त्री सिटौलाको भेट – कहाँ छ राजदरबारको गोप्य सम्झौता ? (भिडियो)


  • स्वदेश नेपाल
  • मङ्लबार, जेष्ठ ३१, २०७९

काठमाडौं, जेठ ३१ गते । नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री र नेता कृष्णप्रसाद सिटौला गृहमन्त्री थिए। २०५९ असोज १८ गते तत्कालिन राजा ज्ञानेन्द्र शाहले असंवैधानिक कदम चालेपछि नेपालको राजनीतिक कोर्ष फेरियो।

ज्ञानेन्द्रले निर्वाचित प्रधानमन्त्रीलाई थुनामा राख्ने र राजनीतिक दलका नेताहरूलाई राजनीतिक कार्यक्रमबाट निषेध गरे। तत्कालिन प्रधानमन्त्री कोइरालाको निधन भइसकेको छ ।

तर, तत्कालिन गृहमन्त्री सिटौला नै ज्ञानेन्द्रलाई नारायणहिटी राजदरबारबाट बिदाई गर्न गएका थिए। उनी भन्छन्, ‘सायद, २०६२÷०६३ को जनआन्दोलनको प्रारम्भिक दिनहरूमा तत्कालिन राजाले आन्दोलनले उठाएका मागहरूका सम्बन्धमा सोचेको भए बेग्लै परिस्थिति बन्न पनि सक्थ्यो ।’

सिटौलाले तत्कालिन राजाकै नेतृत्वमा आन्दोलनलाई दबाउने प्रक्रिया राज्यशक्तिबाट भएकाले परिणामतः आन्दोलनले भयानक रुप लिएको बताए । उनले त्यसको उत्कर्ष र विकसित रुप गणतन्त्रमा पुगेको बताए ।

‘गणतन्त्र स्थापनापछि तत्कालिन राजा ज्ञानेन्द्र शाहलाई नारायणहिटी दरबारबाट बिदाई गर्न गृहमन्त्रीको हैसियतले म आफै गएको थिएँ । मैले सरकार र प्रधानमन्त्रीको तर्फबाट जे कुरा भन्नुपर्ने थियो, त्यो कुरा भनेँ । राजा ज्ञानेन्द्रले पनि ममार्फत सरकारलाई भन्नुपर्ने कुरा राख्नुभयो,’ सिटौलाले भने ।

अरु के–के भयो, हेर्नुहोस्ः ज्ञानेन्द्रलाई बिदाई गर्न गएका तत्कालिन गृहमन्त्रीसँगको अन्तरवार्ता

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट