-राजेन्द्र थापा, उपरथी (अप्रा)
हामीले त जागिर खाएदेखि नै हो अमेरिकी सैनिक र अन्य डेलिगेसनहरु आइरहेको देखेको । एमसिसी थिएन तेसबेला । अमेरिकनले नै बिस २०१९ सालमा आधुनिक जीप ट्रक र वायरलेस सेटहरु सैनिक सहायता दिएर पहिलोपटक इन्डिया मुक्त बनाउंदा नेहरु मौन रहन बाध्य बनाए ।
सन् १९६५ मै पहिलो स्टाफ कलेजको एक सिट दिएर इन्डियामा मात्र जान बाध्य सैनिक तालिम एकाधिकार तोडेर राजा महेन्द्रको कुटनैतिक रणनीतिमा सफलता दिलायो ।
मेजर अर्जुन नरसिंह थिए ति पहिलो अमेरिकी तालिम पाउने अफिसर त्यो पनि विश्वको सबैभन्दा पुरानो र सर्बोत्कृष्ट कलेज फोर्ट लेभनवर्थको । तेसबेला इन्डियन माथिको सन्तुलन ल्याएर इन्डिया मुक्त हुन राजा महेन्द्रले अमेरिकि सम्बन्धलाई प्रयोग गरेका थिए ।
अब चिन र इन्डिया सन्तुलन राख्न युएसए ।

चिनिया स्वार्थको लागि भने नेपालबाट अमेरिकी प्रभाव निमट्यान्न पार्नु आवस्यक हुन्छ ।
हालको नेपाली कम्युनिष्ट पार्टी माथि चिनियाँ तार जडदेखी प्रेमपुर्वक जोडिएको कारण भारतका लागि पनि यसबेला यस क्षेत्रमा अमेरिकी सम्बन्ध दह्रो हुनु लाभदायक हुन्छ ।
स्वतन्त्र परराष्ट्र नीति बिषयक नेपाली हितका लागि पनि भारत नेपाल सम्बन्ध र नेपाल चिन सम्बन्धको अलग अलग सन्तुलन राखी तिनलाई काउन्टर सन्तुलनार्थ अमेरिका र वेस्टर्न सम्बन्ध बलियो हुनु नै स्वतन्त्र रहिरहनुको एक मात्र औषधि हो ।
चिनिया कमुनिस्ट पार्टीको हातमा केपीको सरकार लगायत नेकपा गुच्चा बन्न थालेपछि घबराएको इन्डियाले कसरी सामन्त र दुई स्टाफले के के स्मरण गराए र तेही दिनबाट अचानक चिनिया राजदुत यान्छीको रिमोट कन्ट्रोल फुट्यो र पियमको रवैया पुरै चेन्ज भयो ।
बिदेशी पालित केही नामुद बुद्धिजीवी तथा मिडियाम्यान, नेता र दलहरुको भयानक प्रोपोगन्डामा नेपाली भ्रमित भएर कथित काल्पनिक स्टोरीमा कुनै एक मित्र राष्ट्रप्रति काल्पनिक शत्रुताको प्रचारमा खेलौना बन्ने जुन दृश्य देखा परेको थियो त्यसले भविष्यका लागि देशै नरहने स्थिती आउन सक्ने आकलन गर्न सकिन्छ ।
जनतालाई झुठो राष्ट्रवादमा उत्तेजित बनाउन सकिने उदाहरण एक नेताबाट प्रमाणित भएको कारण अब मित्र राष्ट्रले पनि सोही कमजोरी र कथित राष्ट्रवादको सफल उपयोग गरि कुनै अर्को मित्रप्रति द्वेष फैलाउन केही बिकाउ बुद्धिजीवी नेता र मिडियाको उपयोग गरे आजको डिजिटल माध्यमबाट जे पनि लन्च गर्न सकिने रहस्य मित्र राष्ट्रहरुले बुझिसकेका छन् ।
तेसै कारण अन्तिम अबस्थामा अमेरिकीले पनि अचानक एमसिसी बिरुद्ध को काउन्टर गराउन ठुलो कोसिस गरेर मिडिया अनलाइन र गोष्ठीहरुको उपयोग गरेर ठुलो जमातको कनफ्युजन दूर गर्न बडो रणनीतिक काउन्टर अफेनसिभ (counter offensive) गर्न सफल भयो ।
एक यक्ष सवाल छ ।
दिनरात एमसिसिका बिरुद्धमा राष्ट्रघात भनि अन्तरवार्ता, अनलाइन, भाषण, गोष्ठी सडकमा जुलुस निकाल्नेहरु सदनमा पास हुनासाथ कता हराए ? पास भएको एक मिनेट पछि किन बानेश्वरको बिद्रोह हरायो ? किन अभियन्ताहरु मिडियाबाट गायव ? राष्ट्रघात नै थियो भने त झन मर्न मार्न सडक कब्जा गरेर क्रान्तिको लागि गोली खानु पर्थ्यो । हैन र ?
तर राष्ट्रघात भइसके पछि किन चुपचाप ? किनभने रोक्नु मात्र लक्ष थियो कसैको । तर रोक्न सकिएन । अनि सब सकियो । कि अर्को फरक नेरेटिभ कसैसँग छ भने पेश गरौं र शशास्त्र गरम् ।
मेरो जीवन भरको रणनीतिक बिज्ञताले यही निष्कर्षमा म ।
– नेपालमा अमेरिकी उच्च अधिकारीहरुको भ्रमण बाक्लिँदै गएको सन्दर्भमामा आएको बिभिन्न टिकाटिप्पणीप्रति राजेन्द्र थापा, उपरथी (अप)ले फेसबुक मार्फत राखेको धारणा ।
झन्डै ८ महिना पहिले एमसीसीसम्बन्धि थापासंग स्वदेश नेपालले गरेको कुराकानी

