शुक्रबार, जेष्ठ २०, २०७९
लेभ्निङले १० हजारमै इलेक्ट्रिक स्कुटर दिने

लेभ्निङले १० हजारमै इलेक्ट्रिक स्कुटर दिने


  • स्वदेश नेपाल
  • शुक्रबार, जेष्ठ २०, २०७९

इभी नेपाल मोटर्सले १० हजार रुपैयाँ डाउन पेमेन्टमै इलेक्ट्रिक स्कुटर दिने भएको छ । बज्र ग्रुपअन्तर्गतको इभी नेपालले लेभ्निङ इलेक्ट्रिक स्कुटर दिने भएको हो ।

पेट्रोलियम पदार्थ महँगो बन्दै गइरहेको समयमा इलेक्ट्रिक स्कुटरमा नयाँ र आकर्षक स्किम ल्याएको कम्पनीको भनाइ छ । कम्पनीले ‘तपाईंको गोजीमा कति छ ?’ भन्ने ट्यागलाइनका साथ ‘१० हजार ल्याउनुहोस्, लेभ्निङ स्कुटर लानुहोस्’ भन्ने नारासहित योजना ल्याएको जनाएको छ । १० हजार रुपैयाँ फाइनान्सका साथ उपलब्ध हुने यो योजना नेपाली दुईपांग्रे सवारी बजारमा नौलो र आकर्षक स्किम भएको कम्पनीको दाबी छ ।

कम्पनीले योजनाका लागि फाइनान्स पार्टनरका रूपमा ललितपुरको लगनखेलमा रहेको गतिशील बचत तथा ऋण सहकारी संस्थाले ग्राहकलाई आवश्यक फाइनान्स सुविधा उपलब्ध गराउने बताइएको छ । ग्राहकलाई १२ महिना, १८ महिना र २४ महिनासम्मका लागि फाइनान्स सुविधा उपलब्ध हुने जनाइएको छ । यो योजनामा संलग्न हुन फाइनान्सले मागेका डकुमेन्टहरू उपलब्ध गराउनुपर्नेछ । कम्पनीले नेपाली बजारमा एलएक्स०१, एलएक्स०२, एलएक्स०४, एलएक्स०५, एलएक्स०५–डी, एलएक्स०६, एलएक्स०६ म्याक्स, एलएक्स०८, एलएस०१ र एम०४ मोडलका स्कुटर उपलब्ध रहेको जनाएको छ । यी स्कुटरको मूल्य एक लाख १० हजार रुपैयाँदेखि पाँच लाख ५९ हजार रुपैयाँसम्म तोकिएको छ ।

यी स्कुटरमा जर्मनीको बोस कम्पनीको मोटर र विभिन्न क्षमताका लिथियम आयोन ब्याट्री प्रयोग गरिएको जनाइएको छ । ब्याट्री सिंगल र रिप्लेसेबल ड्युअल गरी दुवै प्रकारका रहेका छन् । स्कुटरमा विभिन्न तीन राइडिङ मोड रहेको तथा एन्टी थेफ्ट रिमोट कन्ट्रोललगायतका विभिन्न फिचर उपलब्ध रहेको कम्पनीले जनाएको छ । यी स्कुटरमा दुई वर्षको वारेन्टी रहेको छ ।

हाल काठमाडौं उपत्यकाको नक्साल, भैँसेपाटी, बाफल र पाटनका साथै उपत्यकाबाहिर धनगढी, पाल्पा र पोखरामा यसको सोरुम रहेको तथा चाँडै थप २० सहरमा नयाँ सोरुम सञ्चालनमा आउने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट