बिहिबार, जेष्ठ २०, २०७८
दिगो ई८ विद्युतीय कारको मूल्य ह्वात्तै घट्यो, नयाँ मूल्य कति ?

दिगो ई८ विद्युतीय कारको मूल्य ह्वात्तै घट्यो, नयाँ मूल्य कति ?


  • स्वदेश नेपाल
  • बिहिबार, जेष्ठ २०, २०७८

काठमाडौं । विद्युतीय सवारी ब्रान्ड दिगोले दिगो ई८ विद्युतीय ह्याचब्याक कारको मूल्य घटाएको छ । विद्युतीय सवारी–साधनको आयातमा लाग्ने महसुल र अन्तःशुल्क घटेसँगै कम्पनीले आफूसँग स्टकमा रहेका कारको मूल्य परिमार्जन गरेको छ ।

स्टकमा रहेका गाडीको मूल्य परिमार्जन गरिएको दिगो ई८ कार खरिदकर्तालाई तत्कालै डेलिभरी गर्न सकिने कम्पनीले जनाएको छ । नयाँ मूल्य २१ लाख ९४ हजार ५०० रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।

दिगो ई८ को पहिलो लट बिक्री भएपछि कम्पनीले बजेटअघि नै दोस्रो लट आयात गरेको थियो । सरकारले विद्युतीय सवारी–साधनमा लाग्ने कर कटौती गरेपछि कम्पनीले आफूसँग स्टकमा रहेका गाडीहरु मूल्य घटाएर बिक्री गर्ने निर्णय लिएको जनाएको छ ।

दिगो ई८ आधुनिक डिजाइन र उच्चतम प्रविधिको समिश्रण रहेको कम्पनीले जनाएको छ । जसले कार्बन उत्सर्जन कटौतीमा योगदान गर्छ । यो कारमा १५.२ किलोवाट आवरको लिथिअम ब्याट्री जडित छ । यसको मोटर क्षमता १५ किलोवाट छ । एकपटकको चार्जले सामान्य सञ्चालन अवस्थामा यो कार १५० किलोमिटरसम्म कुद्ने कम्पनीले जनाएको छ ।

यो कारलाई घरको सामान्य चार्जिङ प्लग जोडेर पाँच घण्टामा पूर्ण रुपमा सजिलै चार्ज गर्न सकिने जनाइएको छ । दिगो ई८ को प्रतिकिलोमिटर बिजुली खर्च सामान्य सञ्चालन अवस्थामा एक रुपैयाँ १० पैसा मात्रै पर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट