सोमवार, फाल्गुन ३०, २०७८
बैंकहरुले ठप्प बनाए ऋण लगानी

बैंकहरुले ठप्प बनाए ऋण लगानी


  • स्वदेश नेपाल
  • सोमवार, फाल्गुन ३०, २०७८

काठमाडौं लगानी योग्य रकम (तरलता) अभाव समस्या समाधान नभएपछि बैंकहरुले कर्जा लगानी ठप्प बनाएका छन् । पछिल्लो एक सातामा बैंकहरुको कर्जा लगानी एक अर्बले घटेको छ ।अधिकांश बैंकहरु आफै कर्जा दिनै नसक्ने अवस्थामा पुगेका छन् भने थोरै दिन सक्ने बैंकहरुले समेत कर्जा लगानी रोकेका छन् । बैंकहरुले कर्जाको नयाँ निवेदन नै

लिनछाडे पछि कर्जा लगानी घटेको छ ।नयाँ लगानी रोकिएको र पुरानो थोरै उठेकाले एक सातामा एक अर्ब रुपैयाँले ऋण घटेको बैंकर्स संघका कार्यकारी निर्देशक अनिल शर्माले जानकारी दिए । उनका अनुसार २० फागुनसम्म २७ वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ७० अर्ब रुपैयाँ थियो । २७ फागुनसम्म कर्जा लगानी घटेर ४१ खर्ब ६९ अर्ब रुपैयाँमा झरेको बैंकर्स संघले बताएको छ । कर्जा लगानी ठप्प हुँदा बैंकहरुको निक्षेपमा भने झिनो सुधार देखिएको छ ।एक साताको अवधिमा जम्मा २ अर्ब रुपैयाँले मात्रै निक्षेप बढेको संघले जनाएको छ । संघले दिएको जानकारी अनुसार २० फागुनसम्म बैंकहरुमा ४३ खर्ब २४ अर्ब रुपैयाँ निक्षेप रहेकोमा २७ फागुसम्म बढेर ४३ खर्ब २६ अर्ब रुपैयाँ पुगेको छ ।

मुख्य रजिस्ट्रारलाई न्यायाधीश सिफारिसको निर्णय विवादमा
न्यायपरिषदको २६ फागुनको बैठकले गरेको न्यायाधीश नियुक्ति सिफारिस विवादमा परेको छ ।

कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको अधयक्षतामा बसेको न्यायपरिषदले सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार लालबहादुर कुँवरलाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो । सो निर्णयको सर्वोच्च अदालतका कर्मचारीहरुले नै विरोध गरेका छन् ।सर्वोच्च अदालतको मुख्य रजिष्ट्रार पद उच्च अदालतको मुख्य न्यायाधीश सरह मानिन्छ । कामु प्रधानन्याधीश कार्कीको नेतृत्वको परिषद बैठकले कुँवरलाई उच्च अदालतको न्यायाधीशमा मात्रै सिफारिस गरेपछि निर्णय विवादमा परेको हो ।

न्यायपरिषदका एक सदस्यले कामू प्रधानन्यायाधीश कार्कीमाथि असहयोग गरेका कारण कुँवरलाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरिएको बताए ।उहाँ प्रशासनको नेतृत्व गरेको मान्छे राजनीतिक रुपमा प्रस्तुत भएकाले उच्चमा सिफारिस भएको हो’ ती सदस्यले भने । उनका अनुसार, दिपायलमा दरबन्दी भई उच्च अदालत पाटनमा काजमा रहेका मुख्य न्यायाधीश नृपध्वज निरौलाको पनि काज फिर्ताको निर्णय भएको छ ।

मुख्य रजिष्ट्रार कुँवरले आफ्नो इच्छा विपरीत नाम सिफारिस भएकाले उच्च अदालतको न्यायाधीश पदमा नियुक्ति नलिने अडान राखेको सर्वोच्च अदालतस्रोतले बतायो । उनी मुख्य न्यायाधीश नियुक्ति भएको अवस्था बाहेक न्यायाधीश भएर नजाने बरु मुख्य रजिष्ट्रारको रुपमा काम गर्ने अडानमा छन् । उनको पदावधि अझै दुई वर्ष बाँकी छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट