शुक्रबार, जेष्ठ १३, २०७९
माल्भिकामाथि पनि अनुसन्धान हुने, अधिवक्ता नेपाल भन्छन्, ‘संरक्षकबाटै पीडित भएकाले कानून आकर्षित हुन्छ’

माल्भिकामाथि पनि अनुसन्धान हुने, अधिवक्ता नेपाल भन्छन्, ‘संरक्षकबाटै पीडित भएकाले कानून आकर्षित हुन्छ’


  • स्वदेश नेपाल
  • शुक्रबार, जेष्ठ १३, २०७९

काठमाडौं, जेठ १२ गते । सुन्दरी प्रतियोगितामा सहभागी एक किशोरीलाई आठ वर्षअघि होटलमा बोलाएर बलात्कार गरेको अभियोगमा प्रहरीले जेठ ७ गते कन्सल्ट्यान्सी सञ्चालक मनोज पाण्डेलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

ती किशोरीले सौन्दर्य प्रतियोगिताका नाममा आफूलाई आठ वर्षअघि पटक–पटक बलात्कार गरेको उल्लेख गर्दै सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गरेपछि जेठ ७ गते पाण्डेलाई पक्राउ परेका हुन् ।

महानगरीय प्रहरी अपराध महाशाखाले काठमाडौंबाट नियन्त्रणमा लिएपछि काठमाडौं जिल्ला अदालतले अनुसन्धानका लागि म्याद थप गरेको छ । प्रहरीले अनुसन्धान गरिरहेको छ ।

एक वर्षको हद म्यादका कारण साधारण हिसाबले बलात्कारको मुद्दा चलाउन समस्या भएपछि मानव बेचबिखनको मुद्दामा उनीमाथि अनुसन्धान भइरहेको छ ।

यसैबीच, अधिवक्ता एवम् राजनीतिज्ञ अभियन्ता स्वागत नेपालले पीडित किशोरीको बयानका आधारमा पूर्व मिस नेपाल माल्भिका सुब्बा पनि अनुसन्धानमा तानिनसक्ने बताएका छन् ।

नेपालले पीडितले घटना भएकै बेला सुब्बालाई यस विषयमा जानकारी गराए पनि उनले असहयोग गरेका कारण अनुसन्धान हुनसक्ने बताए ।
यस प्रवृतिका घटनामा संरक्षण गर्ने पक्षबाट पीडित बनाइएकाले ती किशोरीलाई असहयोग गर्नेलाई पनि कानूनी कारबाही हुने अधिवक्ता नेपालको भनाई छ ।

हेर्नुहोस् स्वागत नेपालको अन्तरवार्ताः

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट