मङ्लबार, बैशाख २०, २०७९
आफ्नो साथीलाई कहिल्यै धोका नदिने बफादार जीव !

आफ्नो साथीलाई कहिल्यै धोका नदिने बफादार जीव !


  • स्वदेश नेपाल
  • मङ्लबार, बैशाख २०, २०७९

पेन्गुईन उड्न नसक्ने पंछि भित्र पर्दछ।यस्को प्वाख पानीमा तैरिनको लागी काम लाग्छ।पेन्गुईन हेर्दा निकै सुन्दर देखिए पनि यिनीहरुको जीवन दुखमय छ।

पेन्गुईनले जन्मेदेखी नै निकै समस्या भोग्न थाल्दछ।सानो पेन्गुईनलाई केही समयको लागी मात्र पनि यत्तिकै छोडिदिदा उस्लाई अनेकौं किसिमका खतरा आईपर्छ।शिकारी पंक्षी र सिलले साना पेन्गुईनलाई आफ्नो आहारा बनाउँन सक्दछन्।

रोचक कुरा त के छ भने -यदि कुनै पेन्गुईनको अण्डा खराब हुन पुग्छ या बच्चा मर्यो भने उस्ले अरु पेन्गुईनको बच्चा अपहरण गरेर आफ्नो बनाउँने कोसिश गर्छ।

भूईमा असाह्य जस्तै देखिने पेन्गुइन पानी भित्र भने सार्है चंचल देखिन्छ।प्राकृतिक रुपमै उनीहरुको शरीर पानी भित्र पनि रहन सक्ने गरेर बनेको हुन्छ।

आधा घण्टा सम्म स्वास रोकेर एक पटकमा तीस भन्दा बढी माछा समात्न सक्छन्।पेन्गुइंगले माछा समात्ने बित्तिकै निलिहाल्दछन्।यसरी निलेको माछा जस्ताको त्यस्तै पेटमा राख्छन् र त्यसरी राखेको माछा आफ्ना बच्चाहरुलाई आवश्यकता अनुसार खुवाउँने गर्छन्।

पेन्गुईनको बच्चा जब घुमफिर गर्न सक्ने हुन्छ तब उ आफ्नो क्षेत्रमा अधिकार जमाउँन थाल्छ र अरु पेन्गुईनका बच्चासँग झगडा गर्न थाल्छ।पेन्गुईनको बच्चाको बास्तविक जिवन जब उनीहरु समुन्द्रमा जान्छन् तब शुरु हुन्छ।जमिनमा पेन्गुईनहरु प्रतिघण्टा पाँच किलोमिटर मात्र हिड्न सक्छन् भने समुन्द्रमा पैतीस किलोमिटर प्रति घण्टाको गतिमा पौडन सक्छन्।

समुन्द्र भित्र पेन्गुईनले माछाहरु र अन्य साना जिवहरुलाई आफ्नो शिकार बनाउँन गर्छन्।रोचक कुरा के भने-पेन्गुईनले जति सामुन्द्रिक जिवलाई आफ्नो शिकार बनाउँछन् त्यो भन्दा धेरै अन्य जिवले पेन्गुईनलाई शिकार बनाउँने र बनाउँने दाउँमा हुन्छन्।

सिल पेन्गुईनको सबैभन्दा ठूलो शत्रु हो।त्यसले पेन्गुईनलाई देख्ने बित्तिकै आफ्नो आहारा बनाउँन झम्टिहाल्छ।ह्वेल र सार्कको लागी पनि पेन्गुईन स्वादिष्ट भोजन भित्र पर्छ।

आफ्नो लागी खाना जुटाउँन शिकार गर्नू र आफू शिकारीबाट बच्नको लागी संघर्ष गर्नू दुवै काम पेन्गुईनको लागी असाध्यै गार्हो काम हो।अर्कोतर्फ पृथ्वीको बढ्दो तापक्रमको कारण पेन्गुईनको प्राकृतिक आवास निरन्तर खुम्चिरहेको छ।बढ्दो तापक्रमका कारण बिगत पचास बर्षको अवधिमा पेन्गुईनको संख्या आधा कममा झरेको छ।

पेन्गुईनलाई धर्तीको बफादार जिवको रुपमा पनि हेरिन्छ।उस्ले आफ्नो साथीलाई कहिल्यै धोका दिदैन।यदि कुनै कारणबस पेन्गुईनको जोडि मध्ये एक साथीको मृत्यु भएमा उस्ले अर्को पेन्गुईनलाई साथी बनाउँदैन र सम्पूर्ण जीवन उदास र एक्लो भएर बस्छ र आफ्नो साथीको यादमा बर्षौंसम्म पनि बिलाप गरेर बस्छ।

यति मात्र होइन आफ्नो साथी गुमाएको पिडामा शिकार गर्न र खाना खान छोडेर समूहबाटै अलग हुने गर्दछ।यसरी एक्लिएको पेन्गुनको चिसो र भोकको कारण मृत्यु हुने गर्छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट