नवगठित राप्रपा नेपालका अध्यक्ष कमल थापाले एकीकृत राप्रपामा रहेका बेला राजाको कुरा उठाउंदा सवैले मरेको सिनो र यस्तो हत्यारोलाई किन बोकेको भन्दै प्रश्न गरेको बताएका छन् ।
एबीसी टेलिभिजनको आउटलुक कार्यक्रमका लागि प्रधानसम्पादक शुभशंकर कंडेलसंग कुरा गर्दै थापाले भने – नांगो हस्तक्षेप गर्दै निर्मल निवासले महाधिवेशनबाट मलाई हराएर नियतिले राजाको अनुयायी बन्न बाट मुक्त गरेको जस्तो लाग्छ ।
थापाले महाधिवेशनमा भन्दा पहिल ज्ञानेद्रले तिमीले पार्टी छोड्देउ भनेको भए आफूले सहजै मान्ने पनि स्पष्टीकरण दिएका छन ।
नयाँ संबिधान जारी गरेपछि पूर्वराजासंग आफ्नो दूरी बढ्दै गएको थापाको दाबि छ।
राजसंस्था पुनःस्थापना गराउन बिदेशीको सहयोग लिएर हुन्छ कि देशमा अराजकता उत्पन्न गराएर भए पनि स्थापित गराउनु पर्छ भन्ने मान्यतालाई अस्विकार गरेकै कारण राप्रपाको अधिबेशनमा निर्मल निवास कमल थापासंग रुष्ट भएको बताएका छन् ।
एकदिन राजेन्द्र लिंगदेनको अवस्था पनि आफन् जस्तै हुने बताउंदै थापाले, एमालेसंगको सहकार्य, कन्जरभेटिभराजनीति र दरबार र राजा ज्ञानेन्द्रसंगको संगतका बारेमा विस्तृत बताएका छन् ।