बिहिबार, चैत्र १७, २०७८
भ्रष्टाचार बढ्नुमा प्रधानमन्त्री नै मुख्य जिम्मेवार – शारदाप्रसाद त्रिताल, पूर्वसचिब (भिडियो)

भ्रष्टाचार बढ्नुमा प्रधानमन्त्री नै मुख्य जिम्मेवार – शारदाप्रसाद त्रिताल, पूर्वसचिब (भिडियो)

ललितानिवास प्रकरणमा ठूला-ठूला व्यक्तिलाई आधारबिनै छाडियो !


  • स्वदेश नेपाल
  • बिहिबार, चैत्र १७, २०७८

शारदाप्रसाद त्रिताल, पूर्व सचिब तथा ललितानिवास जग्गा छानबिन आयोगका अध्यक्ष

सुशासन कायम गर्ने निकाय पनि अहिले राजनीतिक प्रभावमा परेको अवस्था छ। हरेक क्षेत्रमा राजनीतिक व्यक्तिहरु, नेताहरुको छत्रछायाँ जस्तो भयो। उनीहरुले जे भने पनि मान्ने मान्छेहरुको नियुक्ति भयो।

सुशासन कायम गर्ने महत्वपूर्ण निकाय भनेका संवैधानिक निकाय हुन्। तर भ्रष्ट्राचार नियन्त्रण गर्ने दायित्व सरकारलाई छ। मुख्यतः भ्रष्टाचार नियन्त्रण गर्ने विषय प्रधानमन्त्रीलाई सबै अधिकार छ।

१५ देखि २० वर्षयता हेर्दा प्रधानमन्त्री चाहिँ भ्रष्टाचार नियन्त्रणका लागि अग्रसर हुन सकेको देखिएन। खालि आफन्त, आफ्ना गुट, आफूलाई सहयोग गर्ने विभिन्न माफिया, तस्करहरुसँग साँठगाँठ भइदिनाले भ्रष्टाचार र तस्करी झनै बढेर गएको छ। त्यसमा ठूला–ठूला नेताहरुको संलग्नता खास गरी सार्वजनिक गुठी र जग्गाहरुमा अतिक्रमण असाध्यै बढेर गयो।

केही प्रधानमन्त्रीहरु र नेताहरुको जीवनशैली हेर्दा त्यस्तो कार्यमा संलग्न भएको देखिन्न तर उहाँलाई काम गर्न दिइएन वा काम गर्न सक्नु भएन। समग्र रुपमा भन्दा देशमा भ्रष्टाचार बढ्नुमा प्रधानमन्त्री नै मुख्य जिम्मेवार छन्।

बाँकि अन्तर्वार्ता हेर्न तल भिडियोमा क्लिक गर्नुहोस

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट