मङ्लबार, चैत्र ८, २०७८
‘रुस विश्वलाई सातपटक ध्वस्त बनाउने क्षमता राख्छ’

‘रुस विश्वलाई सातपटक ध्वस्त बनाउने क्षमता राख्छ’


  • स्वदेश नेपाल
  • मङ्लबार, चैत्र ८, २०७८

रुस विश्वलाई सातपटक ध्वस्त बनाउने क्षमता राख्छ, युक्रेन अन्ततोगत्वा रुसको ‘पपेट’ बन्ने छ : डा.पाण्डे

काठमाडौँ – रुसले युक्रेनमा अझै पनि निरन्तर आक्रमण गरिरहेको छ । केहि प्रमुख सहरमा कब्जा जमाएको रुसले राजधानी किभमा भने नियन्त्रण जमाउन सकेको छैन् । तर, मानविय संकट विकराल बन्दै गएको छ ।

घेराबन्दीमा परेको युक्रेनी सहर मारिओपोललाई आत्मसमर्पण गर्न रुसले अल्टिमेटमसहित चेतावनी दिएको छ । आत्मसमर्पण गरेमा फसेका स्थानीय बासिन्दालाई सुरक्षित ठाउँमा जानका लागि मानवीय सहायता मार्ग खुला गर्ने रुसी रक्षा मन्त्रालयले जनाएको छ । तर युक्रेनले भने रुसको यो प्रस्ताव अस्वीकार गरेको छ । युक्रेनका उपप्रधानमन्त्री इरिना भेरेस्चुकले आफ्ना सैनिकले हतियार त्याग्ने र आत्मसमर्पणका कुरै नउठ्ने बताएकी छिन । रुसले आत्मसमर्पण गर्न नमानेमा ‘सैन्य कारबाही’ भोग्नु पर्ने चेतावनी दिएको छ । मारिओपोल सहर गएको दुई हप्तादेखि रुसी सैनिकको घेराबन्दीमा छ ।

यसै सन्दर्भमा योहो टेलिभिनको योहो बहस कार्यक्रममा यूएनएचसीआर निवृत्त डा. सुरेन्द्रबहादुर पाण्डेसँगको कुराकानी :

रुस-युक्रेनबीचको युद्ध बन्द गर भन्दै स्याङ्जामा प्रदर्शन

स्याङ्जा : ‘युक्रेन माथिको अतिक्रमण बन्द गर, सबै मानिसका आधारभूत अधिकार प्रत्याभुत गर’भन्दै मानव अधिकारकर्मीहरुले मंगलबार स्याङ्जा सदरमुकाममा प्रर्दशन गरेका छन्।

रुस-युक्रेन युद्ध बन्द गर भन्दै मानवअधिकार तथा शान्ति समाज स्याङ्जाले प्रर्दशन गरेको हो। युद्ध निषेध : शान्ति बिशेष अभियान भन्ने मुल नारा लेखिएको ब्यानरसहित नगर परिक्रमा गर्दे जिल्ला प्रशासन कार्यालयको प्रवेश द्धारमा बसेर प्रर्दशन गरेका हुन्।

प्रर्दशनपछिको सभामा बोल्दै अधिकारकर्मी एवं समाजसेवी प्रेमराज पौडेलले जुनसुकै समस्यको निकास पनि वार्ताद्धारा हुने जनाउदै रुस र युक्रेनबीचको युद्ध वार्तामार्फत टुंग्याउदै सबै मानव जातिको अधिकार प्रत्याभूत गराउनु पर्ने बताए।

फ्रेवुअरी २४ देखिसुरु रुस युक्रेनबीचको युद्ध महिना दिन पुग्नलाग्दा सम्म पनि जारी छ। युद्धका क्रममा हजारौं बालबालिका, महिला तथा पुरुषहरुको ज्यान गएको छ, ३५ लाख भन्दा बढी युक्रेनी विस्थापित बनेको र अरबौं मूल्य बराबरका धनजनको क्षति पुगेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट