शनिबार, माघ १, २०७८
योगेश भट्टराईले गणतन्त्रको लागी लडेको भन्दैमा देश नै लुट्न पाउने हो र ? भट्टराईलाई मन्त्री आलेले सोधे

योगेश भट्टराईले गणतन्त्रको लागी लडेको भन्दैमा देश नै लुट्न पाउने हो र ? भट्टराईलाई मन्त्री आलेले सोधे

मन्त्री प्रेम आलेले गरे योगेश भट्टराईको भण्डाफोर, अब कसैलाई बाँकी राख्दिन, यो ट्रेलर हो !


  • स्वदेश नेपाल
  • शनिबार, माघ १, २०७८

केपी ओली नेतृत्वको सरकारमा बनमन्त्री रहेको बेलामा सरकारको स्पिड सात नम्बरको गेयरमा चलिरहेको छ र रुखले मानिसलाई कार्बनडाईअक्साइड दिन्छ भन्ने जस्ता सार्वजानिक अभिब्यक्ति दिएर चर्चा र हाँसोको पात्र बनेका थिए अहिले पर्यटनमन्त्री रहेका प्रेम आले।

यतिबेला भने देउवा सरकारकै सबैभन्दा चर्चित र लोकप्रिय मन्त्रीको रुपमा प्रेम आले अगाडी आएका छन्।नारायणहिटी संग्राहलय भित्र ब्यापारिक समूह बतासले रेष्टूरेण्ट चलाउँन बनाईरहेको भौतिक संरचना अबैध भन्दै मिडियामा खबर बाहिरिए सँगै यस्ले सिंगो देश तरंगित भएको थियो।

जस्को जनस्तर र बौद्धिक बर्गबाट समेत ब्यापक बिरोध र आलोचना भयो।धेरै बिरोध र आलोचना भएपछि पर्यटनमन्त्री प्रेम आलेले तत्काल त्यसलाई रोक्न ठाडो आदेश दिए र नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले सो कफी शप भत्कायो।

नारायणहिटी भित्र रेष्टुरेण्ट प्रकरण,नेपाल वायुसेवा निगम सुधार लगायतका अरु केही राम्रा कामको शुरुवात गरेका कारण प्रेम आलेलाई मन पराउँने जमातको संख्या ह्वात्तै बढेको छ।

प्रेम आले चर्चित भईरहदा ओली सरकारकै पालाका पर्यटनमन्त्री रहेका एमाले सचिव योगेश भट्टराई भने यतिबेला बिबाद र आलोचनाको शिकार भईरहेका छन्।पर्यटनमन्त्री रहेका बेलामा नारायणहिटी भित्र रेष्टुरेण्ट खोल्न दिने भट्टराई नै भएको भन्दै उनको जनस्तरबाट खुब आलोचना भईरहेको छ।केही दिनअघि प्राइम टेलिभिजनको एक कार्यक्रममा ऋषि धमला सँग बोल्दै भट्टराईले मन्त्री आलेले अनावश्यक राजनितीक स्टण्ट गरिरहेका साथै बेलायत भ्रमणबाट फर्किदा महंगा ब्राण्डेड विदेशी रक्सी र रोलेक्स घडी ल्याएका आरोप समेत लगाएका थिए।

धमला सँगै प्राइम टेलिभिजनको कार्यक्रममा बोल्दै मन्त्री आलेले योगेश भट्टराईको आरोपको प्रतिबाद गर्दै आफूले घडी र रक्सी ल्याएको प्रमाणित गर्न योगेश भट्टराईलाई चुनौती दिए साथै प्रमाणित भएमा एक मिनेट पनि मन्त्री पदमा नबस्ने र राजीनामा दिने प्रष्ट पारे।

योगेश भट्टराई पर्यटनमन्त्री हुँदा भएका भ्रष्टचार र अनियमिततामा आफूले अहिले खोजी र छानबिन गरिरहेको र प्रमाण जुटाएर दोषी भए कारबाही गर्ने समेत बताए।

प्रजातन्त्र र गणतन्त्रको लागी त्रिचालीस सालदेखी म जेलमा बसेको भन्दै भट्टराईले धमलाको कार्यक्रममा बोलेको भनाई माथी प्रतिबाद गर्दै मन्त्री आलेले भट्टराई माथि हमला बोल्दै भने-त्रिचालीस सालदेखी जेलमा बसेको भन्दैमा डकैती र जे पायो त्यहि गर्न पाईन्छ ? मन्त्री हुनासाथ ब्रम्हलुट गर्न पाईन्छ ?

अहिलेको परिवर्तन योगेश भट्टराई नभए पनि आउँथ्यो भन्दै आलेले भने-हामी पनि परिवर्तनको लागी लागेका थियौं।त्यतिबेला हामी गुच्चा खेलेर बसेका थिएनौं।

भिडियो हेर्न यहाँ क्लिक गर्नुस

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट