मङ्लबार, पुस २०, २०७८
अब समृद्धिमा जाने हो भने ‘घाम अस्त नेपाल मस्त’ होइन, नेपाल व्यस्त हुनुपर्छ – महामन्त्री शर्मा (भिडियो)

अब समृद्धिमा जाने हो भने ‘घाम अस्त नेपाल मस्त’ होइन, नेपाल व्यस्त हुनुपर्छ – महामन्त्री शर्मा (भिडियो)

व्यवस्था परिवर्तन नगरी अवस्था परिवर्तन कसरी ? यस्तो छ विश्वप्रकाश शर्माको सुन्दर विम्ब


  • स्वदेश नेपाल
  • मङ्लबार, पुस २०, २०७८

नव निर्वाचित कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको जन्म विस ६ पुस २०२७ सालमा झापाको शान्तिनगरमा भएको हो ।

बुवा परशुराम भण्डारी र आमा सावित्रा भण्डारीका छोरा शर्माले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गरेका छन् । उनका एक छोरा र एक छोरी छन् ।

२०३७ सालमा झापामा विद्यालय पढ्दादेखि नै राजनीतिमा लागेका शर्मा नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघको महामन्त्री र अध्यक्ष भइसकेका छन् । सिर्जनशील युवा नेता शर्मा राजनीतिक विश्लेषक एवंम साहित्यकारका रुपमा पनि परिचित हुनुहुन्छ ।

१३औं महाधिवेशनबाट केन्द्रीय सदस्यका साथै पार्टीको केन्द्रीय प्रवक्ताको जिम्मेवारीमा रहेका शर्मा १४औ महाधिवेशनमा पार्टीको कार्यकारी पद महामन्त्रीमा निर्वाचित भएका हुन् ।

अघिल्लो आम चुनावमा झापा क्षेत्र नम्बर १ बाट राम कार्कीसँग पराजित भएका थिए । संसदीय प्रतिस्पर्धामा पराजित शर्मा पार्टी प्रतिस्पर्धामा भने सफल भएका छन् ।

युवा प्रतिनिधिको लोकप्रिय मत उनले पाएका छन् । ‘बदलिएको कांग्रेस, बलियो कांग्रेस’को नारा उनले दिएका थिए ।

शर्मा यसअघि पार्टीका केन्द्रीय सदस्य तथा प्रवक्ता रहिसकेका छन्।

नवनिर्वाचित महामन्त्री शर्मासंग टिकाराम यात्रीले गरेको सालिन सम्बाद

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट