शुक्रबार, पुस १६, २०७८
अब कांग्रेस र एमाले दुबैले क्रमशः वीपी र पुष्पलालको फोटो हटाएर प्रचण्डको फोटो टाङ्गे हुन्छ – रबिन्द्र मिश्र (भिडियो)

अब कांग्रेस र एमाले दुबैले क्रमशः वीपी र पुष्पलालको फोटो हटाएर प्रचण्डको फोटो टाङ्गे हुन्छ – रबिन्द्र मिश्र (भिडियो)

र, त्यसैलाई अग्रगमन ठान्ने अन्य कांग्रेसी/एमालेजनले पनि त्यसै गरे हुन्छ।


  • स्वदेश नेपाल
  • शुक्रबार, पुस १६, २०७८

ग्यालेक्सी टिभीमा रमेश प्रसाईको लालमोहर कार्यक्रममा विवेकशील साझा पार्टीका अध्क्षय रबिन्द्रमिश्र ले ब्यक्त गरेका धारणा यस्तो छ :-

अब कांग्रेसको पार्टी कार्यालयमा वीपीको फोटो हटाएर प्रचण्डको फोटो झुण्डियाउदा हुन्छ किनभने कांग्रेस सभापति शेरबहादुर देउवाले नै वर्तमान परिवर्तनका नायक प्रचण्ड हुन् भनिसके।

माओवादीको एजेण्डामा राजनीति गरिरहेका कांग्रेस र एमाले दुबैले आ-आफ्नो पार्टी कार्यालयबाट क्रमशः वीपी र पुष्पलालको फोटो हटाएर प्रचण्डको फोटो टाङ्गे हुन्छ। र, त्यसैलाई अग्रगमन ठान्ने अन्य कांग्रेसी/एमालेजनले पनि त्यसै गरे हुन्छ।

एजेण्डा छैन भन्नेहरूका लागि

कल्याणकारी (सामाजिक) लोकतन्त्र; निशुल्क र गुणस्तरीय सार्वजनिक शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा; सरकारी वेतनधारी, दलीय पेशागत र दलीय विद्यार्थी संगठनको खारेजी, कसको एजेण्डा हो ? यो अन्तर्वातामा व्याख्या गरिएको छ।

२०४६ सालमा प्रजातन्त्र पुनर्स्थापना हुँदा विदेशी सामू झुक्नु भन्दा नेपाली जनताकै सामू झुक्छु भन्ने स्व: राजा वीरेन्द्रको फोटो देख्ने वित्तिकै श्रद्धाले ह्रदय भरिन्छ।

उनीसँग मेरो कहिल्यै भेट भएन। बरू, बेलाबखत लेखहरूमा आलोचना गरेँ। पछि, मध्यम वर्गीय उनको सयनकक्ष देखेर छक्क परेँ।

उनका सारा सम्पत्तिको खोजतलास हुँदा व्यापकरूपमा फैल्याएको कथ्य झैँ देश-विदेशमा उनको ‘पम्फादेवीरूपी’ अथाह सम्पत्ति नभेटिएपछि, कलेज पढ्दा उनीमाथि लगाइएका आरोपहरू सम्झिएँ।

मेरो, न लेना, न देना। तर यिनका कयौँ कमजोरीका वावजुद, स्व: राजा वीरेन्द्रको फोटो देख्ने वित्तिकै श्रद्धाले ह्रदय भरिन्छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट