सोमवार, अशोज २५, २०७८
अब राष्ट्र जोगाउन राजा ज्ञानेन्द्रलाई ल्याउनुको विकल्प छैन, पृथ्वीनारायण जति दुरदर्शी कोही देखिएन

अब राष्ट्र जोगाउन राजा ज्ञानेन्द्रलाई ल्याउनुको विकल्प छैन, पृथ्वीनारायण जति दुरदर्शी कोही देखिएन


  • स्वदेश नेपाल
  • सोमवार, अशोज २५, २०७८

प्रदेश २ का निवर्तमान प्रदेश प्रमुख राजेश अहिराजले पदीय हैसियतमा राज्यबाट प्राप्त हुने कुनै सेवासुविधासमेत नलिने घोषणा गरिसकेका छन्।

उनी गत फागुन ७ गते शुक्रवारको ओली मन्त्रिपरिषद्को निर्णयबाट प्रदेश नं. २ को प्रदेश प्रमुखमा नियुक्त भएका थिए।

सरकार परिवर्तनपछि नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले उनलाई पदबाट बर्खास्त गरेको हो। उनको स्थानमा सरकारले मंगलवार हरिशंकर मिश्रलाई नियुक्त गरिसकेको छ।

रौतहट निवासी अहिराजले मधेश मामिलामा विद्यावारिधी गरेका छन् ।

सगरमाथा टिभीमा पत्रकार प्रकाश गिरिसंग कुरा गर्दै अहिराजले वर्तमान गणतान्त्रिक ब्यबस्था धेरै समय नचल्ने बताउदै यही नेताहरुकै कारण यो ब्यबस्था खारेज हुनसक्ने दाबी गरेका छन् ।

अब देश बचाउनको लागि साझा शक्तिकेन्द्रको रुपमा राजतन्त्रसहितको हिन्दू राष्ट्र घोषणा गरेर यो गणतान्त्रिक ब्यबस्थाको बिकल्प खोज्न ढिलाई गर्न नहुने बताएका छ्न् ।

नेपालको राजनीतिमा राष्ट्र निर्माता पृथ्वीनारायण शाह जति दुरदर्शी कोही नरहेको भन्दै आफुले सम्मान गर्ने एकै ब्यक्ति पृथ्वीनारायण शाह मात्रै भएको टिप्पणी गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट