बुधबार, अशोज २०, २०७८
संसद्‌मा छलफल नै नगरी एमसीसीमा हस्ताक्षर गर्ने गद्दारहरूलाई फाँसीमा लटकाउनु पर्छ: नारायणमान बिजुक्छे

संसद्‌मा छलफल नै नगरी एमसीसीमा हस्ताक्षर गर्ने गद्दारहरूलाई फाँसीमा लटकाउनु पर्छ: नारायणमान बिजुक्छे

देउवा सरकार भनेको भारत र अमेरिकाको प्रतिनिधित्व गर्ने दलाल सरकार हो, नेपाल र नेपालीको होइन !


  • स्वदेश नेपाल
  • बुधबार, अशोज २०, २०७८

काठमाडाैं – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले देशको बिग्रँदो अवस्थालाई सुधार गर्न राजासँग मिलेर अघि बढ्नुपर्ने बताएका छन्।

केही दिनअघि योहो टेलिभिजनमा अन्तर्वार्ता दिँदै नेकपा माओवादी क्रान्तिकारीका महासचिव वैद्यले भनेको प्रस्तावसँग मिल्ने गरी बिजुक्छेले पनि देशको हितका लागि राजासँग मिलेर अघि बढ्ने बेला आएको स्वीकार गरेका हुन्।

एक युटुब च्यानललाई अन्तर्वार्ता दिँदै देशभक्त शक्ति एक ठाउँमा उभिनु पर्ने बेला आएको र त्यसका लागि राजतन्त्रसँग पनि सहकार्य गर्न सकिने बताएका हुन्।

कम्बोडियामा साम्राज्यवादीहरुसँग मिलेर लड्दा नरोद्दम सिंहानुकलाई पुनः राजामा पुनःस्थापना गरे जस्तै नेपालमा त्यस्तै कोर्षमा जान सकिने उनको प्रस्ताव छ। बिजुक्छेले संसारमा कहीँ पनि कम्युनिष्ट र राजातन्त्रबीच संघर्ष नभएको दाबी गरे।

नेपालमा राजतन्त्र पुनःस्थापना गर्न सकिन्छ भन्ने प्रश्नमा बिजुक्छेले जवाफ दिएका छन्, ‘संसारमा कहीँ पनि कम्युनिष्ट र राजाबीच भिडन्त भएको छैन। रुस, चीनमा राजा र कम्युनष्टिबीच भिडन्त भएको होइन। त्यहाँ पुँजीपति वर्ग र कम्युष्टिबीच मात्रै संघर्ष भएको हो। नेपालको सन्दर्भमा पनि भारतीय बिस्तारवाद र अमेरिकी साम्राराज्यवादविरुद्ध उभिन तयार भयो भने राजतन्त्रबारे छलफल गर्ने ढोका खुल्छ।’

बिजुक्छेको टिप्पणीगत धारणा यस्तो छ :-

-नेपाली कांग्रेस आएपछि देशलाई भारत र अमेरिकाको पक्षमा लान्छ भन्ने त पहिलानै बुझिएको कुरा हो।

– चीन र नेपाली जनताको विरोध गर्न जन्माइएका पार्टीबाट अरु के अपेक्षा गर्ने?

– चीनिँगको सिमानाबारे प्रश्न गर्नेहरुले भारतसँगको सिमाना समस्याबारे बोल्दैनन्।तिनीहरु कहाँ बाट संचालित भन्ने थाहा हुन्छ।

– हाम्रो दशको राजा सिंहानुक बन्न सक्छन् सक्दैनन् ठेगान छैन।उसैसँग सोध्नुपर्छ।हाम्रो देशमा साम्राज्यवाद मात्र होइन विस्तारवाद पनि छ।

– संसारमा कहीं पनि राजतन्त्रसँग कम्युनिस्टहरूको प्रत्यक्ष भीडन्त भएन।पुँजीपति वर्गसँग प्रत्यक्ष भीडन्त भएको इतिहास छ।

– कम्युनिस्टहरूको द्वन्द्व शोषणसँग हो।

– देश जोगाउने आन्दोलन र साम्राज्यवाद विरुद्घ लड्ने बेला सबै मिल्न सक्छन्।

– संसदमा छलफलनै नगरी एमसिसीमा हस्ताक्षर गरेर आउनेलाई फाँसीमा लटकानु पर्छ।

– नेकां सुरुदेखि विदशी पुंजीपरस्त पार्टी थियो। त्यो अहिले पुनः पुस्टि भयो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट