बुधबार, भदौ ३०, २०७८
डा. अलका आत्रेय जसले १० वर्षमा मेट्रिक, १७ वर्षमै तीन विषयमा डिग्री उतीर्ण गरेर यस्तो रेकर्ड राखिन्

डा. अलका आत्रेय जसले १० वर्षमा मेट्रिक, १७ वर्षमै तीन विषयमा डिग्री उतीर्ण गरेर यस्तो रेकर्ड राखिन्


  • स्वदेश नेपाल
  • बुधबार, भदौ ३०, २०७८

दक्षिण एशियाको बौद्धिक इतिहास र राहुल सांकृत्यायन विषयमा विद्यावारिधि गरेकी अलका आत्रेय चूडाल हाल भियना विश्व विद्यालय अस्ट्रियामा प्राध्यापन गर्छिन्।

संस्कृत साहित्यको प्रारम्भिक शिक्षा आफ्ना पिता प्रा.डा. विष्णुराज आत्रेय (लाटोसाथी) बाटै पाएकी चूडालले अठार वर्षको किशोरवयमै प्राचीन व्याकरणलगायत् अन्य दुई विषयमा स्नातकोत्तर गरेर किर्तीमान कायम गरेकी थिइन्।

बिस २०३३ मा तौलिहवा, कपिलवस्तुमा जन्मिएकी चुडालले १० वर्षमै बनरासबाट मेट्रिक उत्तीर्ण गरेर १७ वर्षमै स्नातकोत्तर, १८ वर्षमै नेपाल संस्कृत विश्व विद्यालयमा उपप्राध्यापक भैसकेकी थिइन् ।

रेडियो नेपाल र नेपाल टेलिभिजनमा नेपाली, संस्कृत र हिन्दी (एकै समयमा तीन भाषामा) समाचार प्रस्तुति गरेर आफ्नो प्रतिभाको परिचय दिसकेकी
चुडाल हाल भियना विश्व विद्यालय अस्ट्रियामा प्राध्यापन गर्छिन्।

नेपाली, हिन्दी, संस्कृत, अङ्ग्रेजी, जर्मन, नेवारी, लिम्बू, मैथिली, भोजपुरी भाषामा दक्ष चुडालको लेखनमा संस्कृत र नेपाली साहित्य एवं पूर्वीय दर्शनको सुगठित र सुरूचिपूर्ण संयोजन पाइन्छ । कथा, कविता, संस्मरण, समालोचना, निबन्ध, अनुवाद आदि विधामा लामो समयदेखि कलम चलाभएकी चूडालको निनाद वल्लरी दोस्रो पुस्तकाकार काव्य वा खण्डकाव्य हो ।

कुशे औँसीको तिथि पारेर अलका आत्रेय चूडालको खण्डकाव्य ‘निनाद वल्लरी’ सार्मावजनिक भएको छ जसमा नौवटा विभिन्न छन्दमा विरचित करुण रसका कविताहरुको संग्रह हो ।

‘लाटो साथी’ उपनामले प्रसिद्ध साहित्यकार विष्णुराज आत्रेयकी छोरी अलकाले ‘निनाद वल्लरी’ आफ्ना स्वर्गीय पिता आत्रेयको प्रथम वार्षिकीमा पितालाई अर्पण गरेर लेखिएको शोककाव्य हो ।

यस काव्यले पिता पुत्रिको वात्सल्य र वियोगलाई छन्दमार्फत् अत्यन्त मार्मिक र सुललित शैलिमा अभिव्यक्त गरेको छ । साथै, छोरीलाई अर्कै गोत्र मानेर पिताको शोकमा सरिक हुन बन्देज लगाउने कर्मकाण्डीय रितिमाथि पनि परोक्ष रुपमा व्यंग्य गरेको छ ।

नेपाली भाषा साहित्यमा बुवालाई केन्द्रीत गरेर नारी लेखिकाले लेखेको पहिलो शोककाव्य होला चुडालद्वारा लिखित ‘निनाद वल्लरी’ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट