शनिबार, भदौ १२, २०७८
माधव-प्रचण्डले बिदेशीको ग्राण्ड डिजाईन र आदेशमा मलाई हटाए – ओली (भिडियो)

माधव-प्रचण्डले बिदेशीको ग्राण्ड डिजाईन र आदेशमा मलाई हटाए – ओली (भिडियो)

पोलिटिक्स सिधिएर चुनाव हारेको माधव नेपाललाई दोस्रो पोजिसनमा राख्दा कसरी हेपियो !


  • स्वदेश नेपाल
  • शनिबार, भदौ १२, २०७८

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले विभाजन नभई चोईटिएको टिप्पणी गरेका छन् । प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आफूलाई तानाशाही भन्नु गलत भएको पनि बताए । उनले कुनै समस्या परे जनताको बीचमा जाने कुरा गर्दा कसरी निरंकुशता भयो ? भनेर प्रश्न गरे । उनले माधव नेपाललाई चुनाव हार्दा पनि आफूले पार्टीको दोस्रो पोजिसनमा राखेको सुनाउँदै कसरी हेपिएको भन्न मिल्छ ? भन्ने प्रश्न गरे ।

उनले माधव नेपालले प्रतिपक्षी दललाई किन सरकारको नेतृत्व सुम्पिए त ? भनेर प्रश्न गरे । एमालेको एकल सरकार हुँदाहुँदै किन यो सरकार ढालेर गठबन्धनको सरकार बनाएको भनेर माधव नेपाललाई ओलीको प्रश्न थियो ।

उनले आफ्नो कारणले एमाले नफुटेको पनि दाबी गरे । उनले संसद् विघटन नगरेको भएपनि एमाले फुटिसकेको थियो भन्ने स्मरण गराए । उनले २०७५ जेठ २ गतेमा कसरी फर्काउन सकिन्छ ? भन्दै समय कसैले पनि फर्काउन नसक्ने टिप्पणी गरे ।

ओलीले आफूलाई कार्यकर्ताहरुले आस्थाको आधारमा बा’ भनेको स्पष्ट पारेका छन् । पत्रकार धमलासँगको कुराकानीमा उनले आफूलाई महात्मा गान्धी, भियतनामका पूर्व राष्ट्रपति हु ची मिन्ह, नेल्शन मण्डेलासँग तुलना गरे ।

उनले भने,‘भारतमा महात्मा गान्धीलाई बापु, भियतनामाका पूर्व राष्ट्रपति हु ची मिन्हलाई अंकल नै भनिको, नेल्शन मण्डेलालाई पिताजी भन्थे । कसले गरेको कामलाई जनताले मन पराउँछन्, प्यारो गर्छ, त्यो चाहीँ इर्ष्या गरिरहन आवश्यक छैन् ।’

उनले आफूले पैसा बाँडेर ‘मलाई बा भन्देउ’ भनेर नभनेको स्पष्ट पारे । माधव नेपाल र वामदेवहरुलाई आफ्नो प्रशंसा अरुले नगरिदिएको कारण आफूलाई बा’ भन्दापनि इर्ष्या लागेको हो कि भन्ने ओलीको भनाई थियो ।

उनले माधव नेपालको पोलिटिक्स सिद्दिसकेको पनि दाबी गरे । प्रचण्डले माधव नेपाल त हिरो भनेर भन्नुभएको छ नि ? भनेर पत्रकार धमलाले सोधेको प्रश्न्मा उनले भने, हो, प्रचण्ड एक नम्बरको हिरो, माधव नेपाल दुई नम्बरको हिरो । उहाँहरु त स्पाईडर म्यान हो ।”

ओलीले आफूलाई प्रधानमन्त्रीबाट हटाउनको लागि पुष्पकमल दाहाल र माधव नेपालले ग्राण्ड डिजाईन गर्न सक्ने ल्याकत नराख्ने भन्दै बरु अन्त कतैबाट भएको आदेश पालना गरेको टिप्पणी गरेका छन् ।

उनले कम्युनिष्ट पार्टी विभाजन गर्न आफूले भूमिका खेलेको भनेर लगाईएको आरोपमा कुनै सत्यता नभएको पनि जिकिर गरे । उनले आफ्नो निशानामा अदालत, निर्वाचन आयोग र सभामुख नभएको स्पष्ट पारे । बरु, अदाललते दुनियाँमा कहीँ नभएको फैसला गरेको पनि उनको भनाई थियो । अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको विषयमा उनले यस्तो टिप्पणी गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट