–मोहन लामा रुम्बा
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ काण्ड सेलाउन नपाउँदै अहिले मुख्यमन्त्री शंकर पोखरेल चर्चामा छ। खबर सबैले पढिरहनु भएकै छ।
प्रसंगमा गएँ
सिक्किम प्रान्तको बिधान सभामा ३२ सिटको छ। यसपटक गएको प्रान्तीय चुनावमा पि एस गोलेको पार्टी सिक्किम क्रान्तिकारी मोर्चाले १७ सिट जितेर बहुमत ल्याएर सरकार बनायो ।
अर्को तर्फ पवन कुमार चामलिंगको पार्टी सिक्किम डेमोक्रेटिक फ्रंटले १५ सिट ल्याएर प्रतिपक्षी भुमिकामा बस्न पुग्यो भने बिजेपी पार्टीले एक सिट पनि जित्न नसकेर जम्मा १.६२ मात्रै भोट ल्याएर सिक्किममा अस्तित्व पनि देखाउन सकेन।
तर चुनाव सम्पन्न भएर एक वर्ष भित्र नै विपक्षी भुमिकामा बसेको पवन चाम्लिङको पार्टीको १० जना सांसद बिजेपीमा सामेल भएपछि एक सिट पनि नभएको बिजेपी एकाएक सिक्किममा प्रमुख विपक्षी पार्टी हुन पुग्यो ।
ताल परे केही समयमा गोलेको सांसदहरु पनि लगेर बहुमतको सरकार सिक्किममा बन्न पुगेछ भने अनौठो नमानौं। अहिले आआफ्नो सांसद कसरी जोगाउने कसरी फकाएर राख्ने भन्नेमा नै रस्साकसी चलिरहेको छ।
भारतमा यो नौलो घटना होइन, सिक्किमको जस्तै घटना प्रत्येक प्रान्तमा लुकिचोरी चलिरहन्छ। गतवर्ष गुजरातको सांसदहरू लुकाउन कांग्रेसले कर्नाटक लगेर पाँच तारे होटलमा राखेको थियो ।
हालै मध्य प्रदेशमा कांग्रेसबाट बागी भएर बिजेपीमा जाने सांसदलाई एउटा होटलमा राखेको थियो भने बाहिर तिनलाई फर्काउन जाने कांग्रेस नेताहरू होटलको गेटमा भेट्न पाउन पर्यो भन्दै जूलूस गर्दै थियो, त्यस्तै दृश्य महाराष्ट्रमा पनि भएको थियो प्रान्तीय सरकारमा कसैको बहुमत नआएपछि सबै पार्टीको सांसद होटल-होटलमा राख्ने कसैले कसै संग भेट्न नपाउने गरि भेंडा जस्तो खोर खोरमा राखेर एकैपटक हुलमा बाहिर निकाल्ने फ़ेरि काम भ्याएपछी हुल हुलमै होटलमा राख्ने(थुन्ने) गरेर कांग्रेस शिव सेना सरकार गठन गरेको थियो।
भारतको २८ वटा प्रान्तमा यस्तो दृश्य कुनै नौलो होइन बर्सै भरि कुनै न कुनै प्रान्तमा भेंडा बाख्रा जस्तो मोलमोलाइ तानातान चलिरहन्छ, त्यसैले त्यहाँ कुनै पनि पार्टीको सरकारमा पुग्न र पुगेपछि फ़ेरि टिक्न टिकाउन माफिया गिरि बाहुवली सांसद दायाँबायाँ नभए राजनीतिको दोकान चलाउन गार्हो छ।
भारत मै असफल भैरहेको खर्चिलो संघीय लोकतान्त्रिक गणतन्त्र प्रणाली हामीलाई बिदेशी एजेन्टहरुले जबर्जस्ती लादेकोले नेपाल भित्र पनि भारतीय नमूनाहरु भर्खर भर्खर नेपालको प्रदेश प्रदेशमा त्यसको दुष्परिणाम देख्न सुरु हुँदै छ।
अर्को दोस्रो प्रान्तीय चुनाव पछी कसैको बहुमत नपुग्ने अल्पमतको प्रान्तीय सरकार चलाउने बेलाको रमाइलो दृश्यहरु हेर्न अझै धेरै बाँकी छ। अहिले नेपालको प्रदेश तिर देख्दै आएको दृश्यहरु त सिर्फ एउटा कास्टिङ मात्रै हो।
भारतको एउटा कलकत्ता शहरको जति पनि जनसंख्या नभएको सानु पहाडी श्रोत साधन बिपन्न मुलुकमा ७ वटा प्रान्त ८ वटा सरकार चलाएर नेपाली जनता माथि प्रशासनिक बोझ बोकाएर सुशासन र समृद्धिको लड्डु सुंघाएर जनता केही समय लट्टिन्छ होला तर सधैं लट्टिन गार्हो छ बुझ्दै जाँदै छ।
यस्तो सानु देशमा यत्रो भारी भरकम प्रशासनिक बोझ हालेर संघीयताले देश उँभो लाग्ने भए उहिल्यै पुष्पलाल मदन भण्डारी बिपी कोइराला राजा महेन्द्र चुप लागेर बस्दैन थिए होला, उनीहरुले पनि बिश्वको विभिन्न राजनीतिक प्रणाली अध्यन नगरेको अवस्य होइन।
हाम्रो जस्तो सानु पहाडी मुलुकमा थोरै जनसंख्याको जनशक्तिले सात आठ वटा केन्द्र-प्रान्त र स्थानीय गरि ३ हजार भन्दा बढी स्थानीय सरकार थेग्न सक्दैन भनेर नै संघीयताको शब्दसम्म पनि नलिएको हो तर के गर्नु ? बिदेशीले पालिएकाहरुको एजेन्डामा महान उपलब्धि भन्दै गयौं वा धकेल्यौं अबको आउने दिन भनेको नेपालमा यस्तै यस्तै बिचित्र माफियागिरिहरुको काण्डहरु हेर्दै जान बाहेक अर्को के नै हेर्न सकिन्छ र ?
अन्तमा: नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र लादेर आउने दिनमा जातीयता धार्मिकता क्षेत्रीयता अस्थिरता अराजकता महंगी बेरोजगारी वैदेशिक हस्तक्षेप वृद्धि हुने भन्दा अर्को उपलब्धि केही हुने छैन र यही गर्न गराउन ल्याएको प्रणाली भोग्न तयार भएर बसे हुन्छ !

