इतिहाँसविद् एवम् राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्ला अभिब्यक्ति पुर्णतः अराजनैतिक भएपनि प्रचण्ड–माधव समुहको तुलनामा धेरै स्तरिय रहेको टिप्पणी गरेका छन् । नेपाल आजसँगको विशेष कुराकानीमा ‘कहिले भेट्नु कुहिएको र कहिले वल्टु खुस्किएको’ भनेर ओलीले गैरजिम्मेवार भएर वोलिरहेको वताएका केसीले प्रचण्ड–माधव समुहको तुलनामा भने उनका अभिब्यक्ति धेरै उच्च कोटिको भएको वताए ।
‘ओलीका अभिब्यक्ति पुर्णतया अराजनीतिक छन्। तर, यो भन्दा खराव चै एउटा नारावाट नेकपा भित्रको विवादको दुस्चरित्रलाई राख्न चाहन्छु’ उनले भने– ‘‘विद्या तिम्रो सिन्दुर खै–केपी ओली तिम्रो पोई।’ यसको तुलनामा चाहीँ केपी ओलीका अराजक र गैरजिम्मेवारपुर्ण अभिब्यक्ति धेरै माथि छन्।’
तीन जना पुर्व प्रधानमन्त्री र जनताले भरोसा गरेका नेताहरु उपस्थित भएको सभामा राष्ट्रपति त्यसमाथि एकल महिलाप्रति लगाईएको अभद्र नाराले उनीहरुको सांस्कृतिक धरातल देखाउने केसीले वताए ।
केसीले यसलाई नेपाली राजनीतिको दुस्चरित्र भनेका छन् । ‘यो नारा युवाहरुले लगाएका छन् । अव प्रचण्ड र माधव नेपालहरुको पदिय ब्यवस्थापनका लागि ति युवाहरुले त्यस्तो भाषा वोल्नु पर्ने?’ उनले थपे
युवा पुस्ता झन विकृत र गैरजिम्मेवार छ
विश्लेषक केसीले नेपालको राजनीतिमा युवा पुस्ता झन विकृत र गैरजिम्मेवार रहेको दावी गरे। उनको नजरमा युवा पुस्तामा गुरु घिमिरे, प्रदिप पौडेल, गगन थाापा, योगेश भट्टराई, घनश्याम भुसाल लगायतका नेतामा सम्भाना छ। समग्रमा युवाको त झन आशा गर्ने ठाउँ नै छैन।
घनश्यामले मलसम्म उपलब्ध गराउन नसकेको र योगेशले दिपकराज जोशीलाई रोक्ने, गोविन्द केसीलाई दुत्कार्ने, ग्राउण्ड हेन्डलिङ्ग हिमालयन एयरलाइन्सलाई दिने तथा नेवानीको जहाज नीजि क्षेत्रका भ्रष्टहरुको हातमा सुम्पने काम गरेर आफुसँग भएको साख पनि सिद्याएको उनको विश्लेषण छ।
गगन थापामाथि पनि धेरै आरोप रहेको वताएका केसीले गुरु घिमिरे र प्रदिप पौडेलको भने सम्भावना परिक्षण हुन वाँकी रहेको वताए । ‘उनीहरुमा वौद्धिकता, अभिब्यक्ति र लेखन पनि छ। दुस्चरित्रको कुरा पनि सुनिएको छैन ।
२० वर्षअघि विद्यार्थीले पाएको राजनीतिक अवसर पछिल्लो पिँढिले नपाउनु पनि अहिलेको मुख्य समस्या रहेको केसीको वुझाई छ । ‘उदाहरणका लागि २० वर्षदेखि स्ववियुको निवार्चन भएको छैन। नविना लामा, रामकुमारी झाक्रिहरु त्यहि फोरम प्रयोग गरेर त्यहाँ पुगे।
युवाहरु पनि एक–अर्को खेमामा विभाजित भएर गालि गलौज र आरोप प्रत्यारोपमा लिप्त भएको उनले वताए ।
‘योगेश भट्टराईलाई मन्त्री हुन के हतारो? मणी थापा, टोपवाहदुर रायामाझी, रामवहादुर थापा वादल के हिसावले केपी ओलीको मन्त्री हुनुपर्ने ?’ भन्दै प्रतिप्रश्न गरेका केसीले भने–‘मणी थापा भनेको त रविन्द्र श्रेष्ठसँग मिलेर ‘जनयुद्धमा घात भयो’ भनेर प्रचण्डलाई टक्कर लिने मान्छे हो नी। उनीहरुले आफु भित्रको सम्भावनालाई देश र जनताका लागि प्रयोग गर्न सकेनन् ।’
नेपाली राजनीतिमा आशा लाग्दा कुरा नै देखिदैन
विश्लेषक केसीले देशको तथ्यांक हेर्ने हो भने आशा लाग्दो कुरा केहि नभएको वताए । ‘तथ्यांक अनुसार त यो देशमा आशा लाग्दो कुरा केहि छैन । ‘उदाहरण हेरौन, हरेक ब्यक्तिलाई जन्मिदै ४६ हजार ऋण छ। मेलम्ची खानेपानी आयोजनाको कुरा गरेको २८ वर्ष भयो’ उनले भने–‘काठमाण्डौमा ०५० सालदेखि धारामा पानी आउँदैन। मान्छेले ११ सय धाराको महशुल वुझाउँछन, अनि अर्को ११ सय खर्च गरेर पानीको ब्यवस्थापन गर्छन।’
देशको वजेट १५ खर्वको र ब्यापार घाटा १३ खर्व रहेको जानकारी दिदै उनले भने–‘देशलाई १३ खर्व वैदेशिक ऋण छ, यस्तो अवस्थामा १८२ राजनीतिक दलहरु खुलेका छन्। ३ हजार उद्योग वन्द भए। यो संरचनावाट हेर्दा आशाको विन्दु चै देखिदैन।’
मित्र राष्ट्रलाई गालि गर्नु वेकार हो, कमजोरी हामीमै छ
‘नेपाली राजनीतिमा ३÷४ वटा शक्तिकेन्द्रहरु सकृय छन भनिन्छ– भारत, चीन, अमेरिका र अन्य पश्चिमा राष्ट्रहरु। नेकपाको विवाद र अहिलेको परिस्थितीलाई अन्तर्राष्ट्रिय शक्तिहरुले कसरी प्रयोग गर्लान ?’ भन्ने प्रश्नमा केसिले भने–‘भारत त नेपाललाई सिक्किम नै वनाउन चाहान्छ। किनकी भारतसँग हाम्रो विशेष सम्वन्ध छ। १२ वुँदे त्यहिँ भयो, जनयुद्ध त्यहिँवाट सुरु भयो र माओवादी लडाकुको तालिम त्यहि त्यहिँ भयो। भारत क्लियर छ’ उनले भने–‘तर, भारतले नेपाललाई एकलौटी अखडा वनाओस भन्ने कुरा अमेरीका र चाईनालाई स्विकार छैन ।
पहिलो पिढि विग्रिन लागे दोस्रो पुस्ताले खवरदार गरे मात्रै नेतृत्व सहि ठाउँमा वस्ने उनले वताए ।
‘रअ’ चिफ नेपाल आएपछि आजको राजनीतिक अवस्था आयो
‘वदलिएको राजनीतिक परिवेसमा भारतले अव के–के कुरामा हस्तक्षेप गर्न सक्छ ?’ भन्ने प्रश्नमा डा. केसीले भने–‘भारतको एउटै उदेश्य थियो– दुई तिहाई टुटाउनु। उसको स्वार्थ सकियो। तर, ‘रअ’का चिफ यहाँ आएपछि आजको राजनीति उत्पन्न भएको हो।
‘नेपालको अहिलेको अवस्था आउनुमा ‘एमसीसी र विआरआई’ लाई कारक मान्नेहरु छन् नी ?’ भन्ने प्रश्नमा उनले सहमति जनाए । तर, एमसीसीका विषयमा मानिसहरुले वेकारमा केपी ओलीलाई गालिगरिरहेको उनको जिकिर छ । ‘एमसीसी प्रचण्डले गरे मान्छेहरु केपी ओलीलाई गालि गर्छन। एमसीसी वावुरामका पालामा प्रचण्डले गराएको हो। अर्थमन्त्री वर्षमान पुन थिए’ उनले भने–‘वावुरामको पालामा सुरु भएर खिलराज रेग्मी, शुशिल कोईराला, केपी शर्मा ओली र पुस्पकमल दाहाल प्रचण्ड हुँदै अघि वढ्ेको हो।’ केपी ओलीको क्याविनेटमा भिम रावल नै उपप्रधानमन्त्री रहेको प्रष्ट्याएका उनले भने–‘अहिले प्रचण्डले त्यो फाईल आफनो टेवुलमा आउँदै आएन भन्छन्। अनि भिम रावल नै सवैभन्दा ठुलो एमसीसी विरोधी भएका छन्।’
राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीसँग नेपाल आजले गरेको विशेष कुराकानी हेर्न तलको भिडियोमा क्लिक गर्नुहोस्।

