मङ्लबार, साउन १३, २०७७
कांग्रेसका संस्थापक नेता बीपीको ४० बर्ष पुरानो अप्रकाशित अन्तर्वार्ता– प्रधानमन्त्री बन्नेभन्दा ठूलो लक्ष्य (अडियो)

कांग्रेसका संस्थापक नेता बीपीको ४० बर्ष पुरानो अप्रकाशित अन्तर्वार्ता– प्रधानमन्त्री बन्नेभन्दा ठूलो लक्ष्य (अडियो)


  • स्वदेश नेपाल
  • मङ्लबार, साउन १३, २०७७

स्वर्गीय बीपी कोइराला, नेपाली राजनीतिका सर्वकालिन शिखर पुरुष हुन् । उनी नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री थिए भने नेपाली भाषाका अत्यन्त प्रभावशाली साहित्यकार पनि ।  नेपालमा प्रजातन्त्र स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरेका बीपी २०१५ सालमा भएको आमनिर्वाचनमा दुईतिहाइ मतका साथ प्रधानमन्त्री बने । तर, तत्कालीन राजा महेन्द्रले २०१७ पुस १ गते गरेको राजनीतिक ‘कू’ पछि बीपीले पटक–पटक जेलनेल बेहोर्नुपर्‍यो । राणा शासन अन्त्यको लागि नेतृत्वदायी भूमिकामा रहेका बीपीले शाह राजालाई अधिकार दिलाउन निकै ठूलो भूमिका खेलेपनि उनको राजदरबारसँग प्रायः शत्रुतापूर्ण सम्बन्ध रह्यो । 

राजनीतिक अधिकार खोसिएपछि भारत निर्वासनमा बसेर नेपालमा प्रजातन्त्र पुनस्र्थापित गर्न लागिपरेका बीपी भारतमा इन्दिरा गान्धीले इमर्जेन्सी लगाएपश्चात् गान्धीको कदमको विरोध गर्दै वि.सं. २०३३ सालमा ‘राष्ट्रिय मेलमिलाप’को नीति अंगाल्दै नेपाल फर्किएका थिए । नेपालमा आउने बित्तिकै राजा वीरेन्द्रले उनलाई जेलमा कैदीको रुपमा राखेका थिए । बीपी क्यान्सर पीडित भएका कारण वि.सं. २०३५ सालमा उनलाई उपचारका लागि विदेश जान अनुमति दिइएको थियो ।

स्वास्थ्य उपचारका लागि शैलजा आचार्यलाई लिएर उनी लन्डन पुगेका थिए । उच्च प्रतिष्ठित व्यक्तित्वहरू लन्डन पुगेका बेला बीबीसी नेपाली सेवाले अवसरको सदुपयोग गर्दै अन्तर्वार्ता लिइरहन्थ्यो । बीबीसी वर्ल्ड सर्भिसले नेपाली सेवालाई खबरै नगरी बीपीलाई ‘लन्च’का लागि बोलायो । नेपाली सेवा छुट्यो ।

त्यसपछि बीबीसी नेपाली सेवाका पत्रकारद्वय मणि राणा र ध्रुवहरि अधिकारी बीपी बसेकै ठाउँमा पुगेर आधा घन्टा लामो अन्तर्वार्ता गरे । 

तर, त्यसबेलाको समसामयिक राजनीतिक विषयमा गरिएको अन्तर्वार्ता बीबीसीबाट प्रसारण भएन । प्रतिबन्धित अवस्थामा रहेको नेपाली कांग्रेसका नेता बीपीसँग गरिएको अन्तर्वार्ता किन प्रसारण भएन भन्ने कुरा अहिलेसम्म पनि आफूहरुलाई जानकारी नभएको वरिष्ठ पत्रकार मणि राणाले बाह्रखरीसँगको कुराकानीमा बताए ।

तर उनी भन्छन्– “राजतन्त्रका नकारात्मक पक्षबारे बीपीले खुलेर आफ्नो विचार राखेका छन् । राजनीतिक समस्या समाधानका लागि दरबार र कांग्रेसबीच पनि त्यसबेला छलफल सुरु भइरहेका बेला बीपीको अन्तर्वार्ताले दरबार रुष्ट बन्यो भने सकारात्मक वातावरण पनि बिग्रिने हो कि भनेर प्रसारण नगरेको हुन सक्छ ।” 

अन्तर्वार्ता लिनेमध्येका अर्का वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारीका अनुसार २०३५ साल माघ अन्तिममा नेपालमा क्याप्टेन यज्ञबहादुर थापा र भीमनारायण श्रेष्ठलाई मृत्युदण्ड दिएको भोलिपल्टै लन्डनमा यो अन्तर्वार्ता लिइएको थियो । 

प्रस्तुत छः नेपाली राजनीतिका शिखर पुरुष बीपी कोइरालासँग वरिष्ठ पत्रकारद्वय राणा र अधिकारीले त्यस समयमा लन्डनमा लिएको अन्तर्वार्ता । बाह्रखरीलाई प्राप्त उक्त अन्तर्वार्ता करिब ४० वर्षसम्म प्रकाशित र अप्रसारित रहेको थियो । त्यसैले बाह्रखरीले यो अन्तर्वार्ता पहिलोपल्ट सर्वसाधारण समक्ष पुर्‍याउने कोशिस गरेको हो । यो अन्तर्वार्ता मणि राणाको सौजन्यमा प्राप्त भएको हो । 

कोइरालाज्यू, स्वास्थ्यबारे नै प्रश्न गरौँ– अहिले यहाँको स्वास्थ्य कस्तो छ ?

अहिले मलाई राम्रो छ । अहिले मलाई घाँटीको समस्या छैन । यो लन्डनमा यहाँ मौसमका कारण छातीमा समस्या भएर बिरामी परेँ । समग्रमा मेरो स्वास्थ्य राम्रो छ ।

एकफेर राजनीतितिर जाऊँ, हालै नेपालमा श्री ५ महाराजधिराज सरकारसँग यहाँको समझदारीमा वृद्धि भएको छ । यसको नतिजा तपाईँको विचारमा कस्तो होला जस्तो लाग्छ ?

महाराजधिराज (तत्कालीन राजा वीरेन्द्र)सँग मैले नोभेम्बरमा दर्शन गरेँ । र, मलाई लागेका कुरा मैले बिन्ती गरेँ । महाराजधिराजसँग के भयो, त्यो अहिले भन्न ठिक पर्ने छैन । तर वर्तमान परिस्थितिमा राजा र प्रजाको राम्रो समझदारी भएरमात्रै हामी अगाडि बढ्न सक्छौँ भन्ने जुन हाम्रो नीति छ, त्यो स्पष्टसँग मैले महाराजाधिराजको अगाडि राखेँ ।

यदि हामीले राजतन्त्रलाई पनि जोगाउने हो र नेपाललाई पनि जोगाउने हो तथा सानो मुलुक, अप्रगतिशील मुलुक या सिद्धिने मुलुक नराखेर त्यसलाई अगाडि बढाउनुपर्छ भन्ने हो भने हामी एक हुनैपर्छ ।

त्यतिमात्रै होइन, मलाई लाग्छ साउथ एसियामा हामी नेपालीले एउटा भूमिका निर्वाह गर्न सक्छौं । साउथ एसियामा अहिले हामी एसियाको हालत देखिरहेका छौँ, पाकिस्तानको हालत त्यस्तै छ, अनिश्चितजस्तो लाग्दछ ।  बङ्गलादेशमा इलेक्सन त भयोे तर अवस्था त्यस्तै छ । इन्डिया पनि स्टेबल त छ तर त्यस्तै छ । तर, हामी एक भयौँ भने सानो मुलुक भए पनि छाप छोड्न सक्छौं । यो कुरा महाराजाधिराजलाई बिन्ती गर्दा महाराजधिराजको बडो ‘एप्रिसियटिभ जेस्चर’ थियो ।

महाराजाधिराजले दुई–चार ठाउँमा तिमीले भनेको कुरा ठिक हो भन्ने हुकुम भयो । म फर्केर (नेपाल) गएपछि फेरि महाराजाधिराजसँग भेट्ने कोसिस गर्दैछु । पक्कै पनि भेट होला, त्यसबेला एक भेटले पुग्दैन, बीचबीचमा भेटिरहनुपर्छ भन्ने कुरा भएको थियो । खाली मलाई लागेको एउटै दुःखको कुरो के भने यत्रो राम्रो वातावरण भइरहेको थियो, हामीहरु पनि राम्रो गर्ने कोसिस गरिरहेका थियौं । महाराजधिराजले पनि जसमाथि यत्रो ‘क्रिमिनल चार्जेज’ छ त्यस्तो मान्छेलाई दरबारमा भेट्नु भयो । यद्यपि, महाराजधिराजमाथि पनि दबाब थियो । नभेट नभेट भन्ने दबाब थियो । त्यही पनि मलाई भेट्नुभयो । त्यो एउटा ‘जेस्चर’ थियो महाराजधिराजको ।

त्यस्तो राम्रो भइरहेको बखतमा दुईजना राजनीतिक बन्दीलाई प्राणदण्ड दिइयो, त्यो पनि दुईवर्ष पहिले तिनीहरुले प्राणदण्डको सजाय पाएका थिए र त्यसको ‘मर्सी पेटिसन’ महाराजाधिराजकहाँ थियो । राम्रो भइरहेका बेला हठात् लगेर गोली हानेर मारियो । त्यसले अलिकति वातावरण खलबलियो । यो दुर्भाग्य भए पनि हाम्रो प्रयत्न रहनुपर्छ । त्यो कुरा म फर्केर गएर गर्छु । यो मृत्युदण्ड पनि राजामाथिको दबाबका कारण होला । कुनै ‘हार्ड लाइनरहरु’को तत्कालीन विजय उनीहरुको दीगो विजय हो जस्तो मलाई लाग्दैन ।

राजा र प्रजामा मेल नहोस् भन्ने जुन तत्त्वहरु थिए तिनीहरुले परिस्थिति बिगार्न मृत्युदण्ड दिन लगाएको जस्तो लाग्छ । तर, जे होस् म आशा लिएर फर्किन लागेको छु ।  ६ ‘तारिख’का दिन म कोर्टमा हाजिर हुनुपरेको छ । तपाईंहरूलाई थाहा होला जुन मान्छेलाई मृत्युदण्ड भयो, त्यही ‘केस’मा बहस हुन लागेको छ । त्यही ‘केस’मा ६ ‘तारेख’मा म अदालतमा हाजिर हुनुपरेको छ । मलाई त्यसमा रिहाइ दिइएको छ ।

मेरा लागि पनि यो एउटा ‘ग्रिम सिचुएसन’ (खराब अवस्था) भयो नि । तर, जे होस् मैले आशा लिएको छु । किन आशा लिएको छु भने नेपालको ‘फ्युचर’ छ । ‘फ्युचर’ नै छैन, नेपाल अगाडि बढ्ने नै हैन, नेपाल सानो भुटानजस्तो भएर बस्ने हो भने अर्कै कुरा हो, हैन भने नेपालको भविष्य छ भने हामी एक त हुन्छौँ, हुन्छौँ । राजा र प्रजामा एकता हुन्छ, हुन्छ । अनि मात्रै हामी प्रगति गर्न सक्छौं भन्ने विश्वासले म पूरा आशावादी छु ।

अहिले नेपालमा तपाईँको के राजनीतिक आकांक्षा छ ?

मेरो दुईवटा कुरा छन् – नेपालमा पूर्ण प्रजातन्त्र स्थापना होस् र आर्थिक विकास होस् । राजनीतिक ‘भायबल सिस्टम’ ‘डेमोक्रेसी’भन्दा कुनै हुन सक्तैन । र, आर्थिक दृष्टिबाट पनि एउटा ‘भायबल स्टेट’ (सक्षम देश) होस् । अहिलेको विकास र आधुनिक कुरामाथि मलाई विश्वास छैन । म के चाहन्छु भने नेपालको गाउँ सुधार होस् ।

मेरो लक्ष्य जब हाम्रो जिम्मेवारी या केही होस्, योजना भयो भने हामीले गाउँलाई लक्षित गर्नेछौँ । गाउँका मान्छेलाई के कुराको जरुरत छ ? त्यो पूरा गर्नेछौँ । अहिलेसम्म के कुरा भइरहेको छ भने पढेलेखेका मान्छेहरु सहरमा मात्रै केन्द्रित छन् । गाउँमा मान्छे भाग्दै सहर पुग्न थालेका छन् । गाउँ छुट्न थालिरहेको छ ।

त्यसकारण गाउँका मान्छेलाई यसरी ‘मोटिभेट’ गर्ने कि गाउँका मान्छे गाउँमा बसुन् । पहिला गाउँको विकास हुनुपर्‍यो अनि मात्रै हाम्रो न्यूनतम विकास हुन्छ । त्यसकारण अहिले मलाई राजनीतिक, स्थिरता, प्रजातन्त्र, ‘मोनार्किकल डेमोक्रेसी’ (संवैधानिक राजतन्त्र) र अर्को त्यस्तो अर्थ व्यवस्था जसले गाउँको सुधार गरोस् । गाउँका आवश्यकताहरुलाई पूरा गरोस् ।

फेरि शक्तिमा आउने, प्रधानमन्त्री बन्ने कुनै आशा इच्छा छ ? 

त्यो त मेरो व्यक्तिगत कुरा हो । प्रधानमन्त्री बन्नेभन्दा पनि ठूलो उद्देश्य छ । प्रधानमन्त्री त कति मान्छे बने, कति मान्छे बनेनन् । अहिले पनि प्रधानमन्त्री छँदैछन् । त्यसकारण प्रधानमन्त्री मेरा लागि ठूलो उद्देश्यको कुरा भएन । मलाई देशलाई अगाडि लैजाने मन छ ।

देशले आफ्नो भूमिका खेल्ने अवसर पाएन । हामी एकताबद्ध भएनौँ । मेरो त देशलाई लिएर कत्रो उद्देश्य छ भने साउथ एसियामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्छौँ । अहिले त हाम्रो ‘रियाक्सन पोलिटिक्स’ छ । कहिले ‘इन्डिया’लाई खुसी पार, कहिले चीनलाई खुसी पार, कहिले के गर । हामीले कुनै योगदान गरेका छौँ ‘साउथ एसियन’ क्रान्तिमा ? त्यो चाहिँ हामी गर्न सक्छौं भन्ने लाग्छ । त्यसकारण म प्रधानमन्त्री हुने–नहुने ‘नो रिलेभेन्ट’ (प्रासंगिक छैन)।

वर्तमान पञ्चायती प्रजातन्त्रप्रति यहाँको के राय छ ?

यो न पञ्चायत हो न प्रजातन्त्र हो । यो ‘करप्सन’ र ‘डिक्टेटरसिप’को अर्को नाम हो । ‘डिक्टेरसिप’ भनौं भने यो राजालाई पनि फाइदा छैन । मैले यो कुरा पनि राजासँग भनेँ । यो सरकारको निहित स्वार्थको कुरा हो, यो व्यवस्था राख्ने भन्ने कुरा । सरकारले यसलाई टेवा दिएर अड्याइरहेको छ । ‘नट द्याट सिस्टम ह्याज कन्ट्रिब्युटेड एनी स्ट्रेन्थ टु द स्टेबिलिटी अफ द थ्रोन ।’ (न यो व्यवस्थाले राजगद्दीलाई स्थिरता प्रदान गरेको छ)

‘थ्रोन’ले चाहिँ यसलाई अड्याएर राख्नुपर्छ । त्यसो हुनाले यो ‘सिस्टम ब्लेजर अफ द पिपुल नट्स अफ द क्राउन । दिस सुड बी डिसमेन्टल्ड एज सुन एज पोसिबल इन द इन्ट्रेस्ट अफ द कन्ट्री ।’

कोइरालाजी, तपाईंले बेलाबेलामा भन्दै आउनुभएको छ, नेपालमा राजसत्ता हुनैपर्छ । यो चाहिँ हाम्रो देशका लागि एकताको प्रतीक हो । तर, राजाको अहिले जुन भूमिका छ, त्यसमा तपाईं अवश्य केही फरक चाहनुहुन्छ होला ।

मैले ‘डेमोक्रेसी’ त भनेकै छु नि । मैले के भनेको छु भने ‘मोनार्की र डेमोक्रेसी इन कम्फर्टेबल कन्सेप्सन’ । ‘मोनार्की डिक्टेटरसिप’ पनि हुन सक्छ ‘डेमोक्रेटिक’ पनि हुन सक्छ । जहिले म ‘प्राइमिनिस्टर’ थिएँ, त्यसबखत पनि ‘मोनार्की’ थियो । हाम्रै नेपालमा ‘मोनार्की’ले विभिन्न रूप धारण गरेको छ । कहिले ‘मोनार्की’ बन्दी भएर बसेको छ (राणाको पालामा १०४ वर्षसम्म) ।

कहिले दुईवटा ‘मोनार्की’ भएर बनेको छ, एउटा भागेर दिल्ली बसेको छ (तत्कालीन राजा त्रिभुवन) एउटा चाहिँ सानो ज्ञानेन्द्र राजा भएर बसेको छ । एकचोटि ‘इलेक्ट्रोल’ भएर ‘कन्स्टिच्युसनल’ भएर बसेको छ । फेरि अहिले ‘डिक्टेटरियल मोनार्की’ छ । त्यसकारण ‘मोनार्की’ भनेर भएन । हाम्रो इच्छा के हुन्छ भने ‘इन द डेमोक्रेटिक फ्रेमवर्क मोनार्की’को ठाउँ छ । ठाउँमात्रै होइन, बडो ‘इफेक्टिभ’ र इज्जत छ र रोल पनि छ ।

किनभने अहिले देशलाई अगाडि जानुपरेको छ । स्क्य्राचबाट डेभलप गर्नुपरेको छ । सबैको ‘एफोर्ट’, ‘नेसनल एफोर्ट’ चाहिएको छ ।  ‘किङको कोअपरेसन’ नभइ त्यो पनि गाह्रो पर्छ । त्यो कुरा ‘लेट किङ’ (महेन्द्र) सँग पनि भनेको थिएँ । ‘लेट किङ’सँग मेरो एकपटक बाझाबाझजस्तो पनि भएको थियो । ‘लेट किङ’ले या तिमी बस या म बस्छु भनेजस्तो कुरा गरे ।

त्यसमा मैले भनेको थिएँ, दुवैको ‘रिप्रेजेन्टिभ’ अवयव छ जनताको पनि र ‘मोनार्की’ पनि । किनभने विकासको ‘जब हार्ड जब’ हो । यसका लागि ‘नेसनल एफोर्ट’ चाहिन्छ त्यसैले ‘मोनार्की’ पनि राख्न चाहन्छु म तर ‘अन्डर द डेमोक्रेटिक फ्रेमवर्क’ ।

तपाईंले नेपालमा जुन प्रजातन्त्रको परिकल्पना गर्नुभएको छ, त्यस स्थितिमा राजाको कुन भूमिका भएको देख्न चाहनुहुन्छ ?

मैले त अस्ति राजासँग यो कुरा बिन्ती गरेँ । म एकै पटक ‘डेमोक्रेटिक सिचुएसन’ हुन्छ भनेर अहिले कल्पना पनि गरिरहेको छैन । यो अलि व्यावहारिक कुरा पनि छ । तर ‘लिवरलाइजेसन प्रोसेस’ भने हुनुपर्छ । तर ‘द्याट प्रोसेस विल लिड टु र रिभ्यालुयसन अफ द मोनार्की’ । जो कि एउटा संवैधानिक होला ।

जसले अलिकति ‘पावर वेस्ट’ गर्ला । या पूरै संवैधानिक होला । यो त क्रान्तिको एउटा प्रक्रिया भयो । ‘प्रोसेस मस्ट बी स्टार्टेड, पिपुल मस्ट ह्याव द राइट्स’ ।

मलाई लाग्छ ‘मोनार्की’ कहिले पनि एउटा संवैधानिक ‘आर्टिकल’को ‘फ्रेमवर्क’मा ‘डिफाइन’ हुने ‘टर्म्स’ होइन । यो त कस्तो छ भने ‘डे टु डे इन्भल्भ’ भएर ‘इन द प्रोसेस अफ द वर्किङ इन द कन्सिट्च्युसन’ । संसद् र राजाबीच सम्बन्ध विकास गर्छ । त्यो कसरी गर्ने हो ? ‘ह्वाट रोल द किङ विल प्ले ह्वाट रोल द पार्लियामेन्ट’ । यो त राजाको इच्छाशक्ति र राजनीतिक नेतृत्व लिने व्यक्तिमा भरपर्छ ।

२००७ सालमा तपाईं–हामी सबैले भन्यौँ कि प्रजातन्त्र पायौँ । ००७ साल अगाडि (राणा शासनकाल)को स्थिति र अहिले (पञ्चायत)को स्थितिलाई कसरी दाँज्नुहुन्छ ? 

००७ सालमा प्रजातन्त्र पायौँ भन्नुको मतलब के थियो भने प्रजातन्त्रका विभिन्न अङ्गजस्तो राजनीतिक दललाई काम गर्न दिने, स्वतन्त्र प्रेस, स्वतन्त्र न्यायपालिका, बिना रोकतोक बोल्न पाउने स्वतन्त्रता त्यो सबै पाएका थियौं त्यो समय ।

राजनीतिक दल बने । कम्युनिस्ट पार्टी पनि बने । २०१५ सालमा निर्वाचन पनि भयो । त्यसमा कम्युनिस्ट पार्टी पनि चुनिएर संसद्मा आयो । प्रजातान्त्रिक गतिविधि भएकै थिए । त्यसैले हामीले प्रजातन्त्र आयो भनेका हौँ । हामीले प्रजातन्त्र बलियो छ भनेका थिएनौँ । तर, अब फेरि हामी उही पुरानै अवस्थामा गयौँ । कस्तो रोचक छ भने अहिले जुन पञ्चायत भन्ने नाम छ, २००४ सालमा पद्म शमशेरले पञ्चायत नभनी यस्तै कुरा गरेका थिए । त्यसैले यो कुनै नयाँ कुरा होइन ।

राजाहरूले देशका लागि सोचेर नयाँ कुरा गरेका हैनन् । आफूले कसरी अधिकार नछोड्ने भनेर सोचेका हुन् । आफ्नो अधिकार दिनु नपरोस् भनेर पुकारिएको हो ।

त्यसो भए ००७ सालपूर्वको नेपाल र अहिलेको नेपालमा तपाईं केही फरक देख्नुहुन्न ?

होइन, म धेरै फरक देख्छु । फरक किन देख्छु भने मान्छेको ‘एटिच्युड’मा, मान्छेको ‘मेन्टालिटी’मा म फरक देख्छु । मान्छे शिक्षित भएका छन् । तर भित्रपट्टि ‘पोलिटिकल सिन गभरमेन्टल सिन’ चाहिँ पहिला राणा शासनमा जस्तो थियो अहिले पनि त्यस्तै छ ।

विभिन्न जाति, भाषा, संस्कृति तथा चालचलन भएको नेपाल जस्तो देशमा दलगत राजनीति हुन दिँदा सबै दल, जाति, भाषा, सम्प्रदायले आ–आफ्नो स्वार्थमात्रै हेर्ने हुन्छ र त्यस्तो अवस्थामा राष्ट्रिय एकता नरहेर देश टुक्रिन जान्छ भन्ने धेरैको भनाइ छ । यसमा यहाँको के धारणा छ ? 
यसलाई राम्ररी बुझ्नुपर्छ । ००७ सालको क्रान्ति हुनुपूर्व नेपालीलाई गोरखाली भन्थे । हामी विराटनगरबाट काठमाडौं जाँदा नेपाल जाने भन्थ्यौँ । त्यो तपाईंहरुलाई पनि सम्झना होला ।

विराटनगर जाने हुँदा मधेस जाने भनिन्थ्यो, नेपाल भनिँदैन थियो । बाहुनको लागि अर्कै, मगरका लागि अर्कै, क्षेत्री र गुरुङका लागि अर्कै कानुन थियो । ००७ सालको क्रान्ति हुँदा मलाई लाग्छ नेपालको इतिहासमा पहिलोचोटि जातिलाई बिर्सिएर बाहुन, क्षेत्री, मगर, गुरुङ, नेवार सबै राणा सिध्याउने भनेर क्रान्तिमा लागेका थियौँ ।

पहिलो ‘नेसनल इमोसन’ त्यही भयो, हामी ‘जय नेपाल’ भनेर ‘कल’ दियौँ । मेचीदेखि महाकालीसम्म नेपाल हो भन्यौँ । नत्र हाम्रो राजालाई गोर्खाली राजा भन्थे ।

त्यसपछि राजनीतिक दलहरू बने । मानौँ हामी त ठूलो पार्टी भयौँ रे कम्युनिस्ट पार्टीले पनि महाकालीदेखि मेचीसम्म उही नारा दिन्थ्यो । कम्युनिस्ट पार्टीको जो सदस्य हुन्थ्यो, चाहे बाहुन होस्, गुरुङ होस्, नेवार होस् त्यही कुरा त्यहाँ बोल्नुपथ्र्यो । म नेपाली कांग्रेसमा जे कुरो बोल्थेँ, देशभर नेपाली कांग्रेसको सदस्यले मैले बोलेकै कुरा बोल्थ्यो । मधेसी भनेर बोल्दैन थियो ।

त्यसको परिणाम ०१५ सालको निर्वाचनमा विभिन्न साम्प्रदायिक पार्टी पनि बने । तराई कांग्रेस भन्ने पनि बन्यो । त्यसको अध्यक्ष वेदानन्द झा थिए । अहिले राजाले राजदूत बनाएर राखेका छन् । अध्यक्षले भने अहिले तराईका नागरिकलाई ‘सेकेन्ड क्लास सिटिजन’ पारियो । त्यो अध्यक्षको खिलाफमा सिरहामा हामीले टिकट दिलाउनुपर्छ त्यो पनि उसकै समुदायमा भनेर म आफैँ सिरहा गएँ ।

एउटा गरिब पहाडी, जोसँग तीन बिगाहामात्रै जमीन थियो, उसलाई टिकट दियौँ । त्यो व्यक्तिले निर्वाचनमा वेदानन्द झाको ‘सेक्युरिटी डिपोजिट’ जफत गराए । त्यसमा राष्ट्रियता थियो कि थिएन ?  अर्को कुरा सरोज कोइराला महोत्तरीमा थिए । त्यहाँ एक जना राजपूत थिए । मलाई धेरैले भने– सरोज त पहाडी भए, राजपूतलाई उभ्याइदियो भने तराई भनेर जित्छ ।

मैले तराईका पार्टी नेता कार्यकर्तालाई बोलाएर यस्तो कुरा आइरहेको छ भनेर कसलाई टिकट दिने भनेर सोधेँ । त्यहाँ भनियो, तराईमा तराईकै व्यक्तिलाई टिकट दिने हो भने तपाईं किन पार्टी खोलेर बस्नुहुन्छ ? त्यसो हो भने हामी वेदानन्द झाको पार्टीमा जान्छौँ ।  कार्यक्रममा भोट नपाउने र जातिमा भोट पाउने हो भने के भयो र ? तराईमा मान्छेले मलाई भने, झाहरूले भने । सरोज कोइरालाले टिकट पाए । उनले पनि वेदानन्दको पार्टीको उमेदवारको ‘सेक्युरिटी डिपोजिट’ जफत गराए ।

फेरि अर्को कुरा भन्छु, लिम्बूवानमा । अहिलेसम्मकै सबैभन्दा ठूलो लिम्बूलाई पाँचथरमा बाहुनले धक्का दिन्छ । पार्टी नरहेको भए त उनीहरुको बोलावाला हुन्थ्यो नि ।

पार्टी भन्नेबित्तिकै त्यहाँ ह्विप हुन्छ । मेचीदेखि महाकालीसम्म कम्युनिस्टले उही झण्डा लिन्छ । उही कुरा भन्छ । मेरा मान्छेलाई भोट देऊ हामी यसो गर्छौँ । त्यो हुनाले पार्टीले जातिगत भावनालाई तोड्छ अरुले सक्तैन । सकेन भने राजनीतिक दलले कार्यक्रम दिन्छ । अहिले पार्टी छैन ।
यही नै घातक हो । अहिले चुनाव भयो भने तपाईँ मलाई भोट देऊ भनेर माग्नुहुन्छ । अरु के भन्न सक्नुहुन्छ ? म संसद्मा गएर यो गर्न सक्छु भन्न सक्नुहुन्छ ? एउटा मान्छेले संसद्मा के गर्छ ? पार्टीले नै जिम्मेवारी र अधिकारका साथ बोल्न सक्छ, कार्यक्रम दिन सक्छ । त्यसलाई कार्यान्वयन गर्न सक्छ ।

राष्ट्रिय विषयमा छलफल र बहस गर्न सक्छ । राजासँग सम्बन्ध राख्ने कि नराख्ने भन्ने विषयमा कांग्रेसभित्र बहस हुन्छ, कम्युनिस्टभित्र बहस हुन्छ । पार्टीभित्रको एउटा सदस्य राईले आफ्नो कुरा राख्न सक्छ ।

पार्टीको विचार राख्छ उसले । राई भनेर त राख्दैन । त्यसैले पार्टी नहुँदा चाहिँ अहिले राष्ट्रियता खतरामा छ । तपाईं अहिले काठमाडौं जानुभयो भने जनता भन्छन्– नेवारले बिगार्‍यो । दरबारभित्र नेवार छिरेका छन्, त्यसैले बिगार्‍यो भन्छन् । पर्वतेहरुले त्यस्तै, मधेसमा भयो दोस्रो दर्जाको नागरिक भयौैँ भन्छन् । किनभने कुनै पनि विषयमा जनतालाई सहभागी गराइएको छैन । पार्टीको कार्य हो जनतालाई कार्यक्रम दिने र त्यसमा सहभागी गराउने ।

००७ सालको क्रान्तिको कुरा गर्दा राणाजीहरुले ००७ साल अगाडि उनीहरुले १०४ वर्ष एकलौटी शासन चलाए त्यसको विरुद्धमा ००७ सालमा क्रान्ति भयो । तपाईंको व्यक्तिगत विचारमा के राणाजीहरु त्यतिका खराब थिए कि उनीहरुका विरुद्ध त्यत्रो क्रान्ति हुनुपर्थ्यो ?

त्यो बेला उनीहरु शासक थिए । राणा भनेर होइन । राणा त मेरो ‘बेस्ट फ्रेन्ड’ थिए । क्रान्तिमा ‘कमरेड इन आर्म’ (सुवर्ण समशेर) राणा नै थिए । महावीर समशेर थिए । अरु पनि कति राणा थिए । अहिले पनि कति राणा मेरा साथी छन् । मेरा शुभचिन्तक कति राणा नै छन् । ‘ए’ क्लासका राणा पनि छन् । त्यसैले मैले राणा परिवारको विरोध गरेको हैन । उनीहरुले शासन गरेका हुनाले हामी राणावाद भन्थ्यौं । त्यो ‘सिस्टम’को खिलाफ थियो, राणाको खिलाफ थिएन ।

त्यो ‘सिस्टम’मा के सुधार भएको भए त्यो बेलाको स्थिति हुँदैन थियो होला ?

त्यसमा सबैभन्दा पहिला त वंशका आधारमा प्रधानमन्त्री हुनु हुँदैनथ्यो । दुईवटा समानान्तर अफिस (श्री ५ र श्री ३) हुनु हुँदैनथ्यो । अनि एउटा संसद् हुनुपथ्र्यो । सबै कुरा थिएन । प्रजातान्त्रिक अधिकार नै थिएन ।

धेरै भन्छन्– त्यो बेलाका राणाहरुले हिन्दूस्तानमा अंग्रेजहरुले जे गरिरहेका थिए, नेपालमा पनि उनीहरुले त्यही गर्न खोजिरहेका थिए । अथवा उनीहरु अंग्रेजको सल्लाहमा बढी भर गर्थे । सन् १९४७ मा अंग्रेजले हिन्दूस्तान छाडेको केही समयपछि नै नेपालमा राणा शासन अन्त्य भयो । यसमा यहाँको कत्तिको सहमति छ ?

ब्रिटिसको सबैभन्दा ठूलो ‘क्राउन’ थियो ‘इन्डिया’ । त्यसैले ब्रिटेनले ‘इन्डिया’मा अलिकति ‘डाइरेक्ट’ आफ्नै ‘रुल’मा राखेको थियो भने अलिकति ‘न्याटिभ स्टेट’को जिम्मामा दिएको थियो । त्यो ‘न्याटिभ स्टेट’मा पनि ‘हाइरार्की’ थियो । कसैलाई धेरै अधिकार, कसैलाई थोरै अधिकार थियो । कसैलाई धेरै तोपको सलामी त कसैलाई कम तोपको सलामी थियो । त्यही ‘हाइरार्की’मा सबैभन्दा माथि नेपाल पनि थियो ।

तर, पूरै नियन्त्रण गरेको थियो । कतिसम्म भने १९२३ मा ‘ट्रिटी अफ फ्रेन्डसिप’मा ‘इन्टरनल इन्डिपेन्डेन्स’ स्वीकार गरे पनि ‘फरेन रिलेसन’ उनीहरुकै सल्लाहमा हुन्थ्यो । नेपालको स्वतन्त्र सम्बन्ध बाहिर कतै पनि थिएन । उनीहरुले अनुमति दिएपछि मात्रै हुन्थ्यो ।  अर्को बडो चाखलाग्दो कुरा ‘इन्डिया’मा स्वतन्त्रताको आन्दोलन जतिजति हुन थाल्यो, उतिउति ‘न्याटिभ स्टेट’लाई सार्वभौम बनाउँदै गएका थिए ।

सन् १९४७ मा छोड्ने बेलामा ६ सय ‘स्टेट’लाई सार्वभौम बनाएर छोडेका थिए । यद्यपि ‘दे एडभाइज्ड’ कि तिमीहरु ‘इन्डिपेन्डेन्ट’ हुन सक्तैनौँ । तर हाम्रो ‘ट्रिटी ल्याप्स’ गर्‍यो । त्यो बेला काश्मिरलगायत धेरै स्वतन्त्र हुन खोजका थिए । नेपाललाई गोर्खा भनेर चिन्थे र नेपालको ‘नेसनल सेन्टिमेन्ट’ नआओस् भन्ने चाहन्थे । दार्जिलिङमा पनि त्यही थियो । दार्जिलिङमा पनि मैले एक वर्ष वकालत गरेको छु । गोर्खालीहरुलाई ‘इन्डियन नेसनल प्लान’बाट अछूतो राख्ने उनीहरुको योजना थियो । राणाहरुलाई ठूलो भर थियो । हठात् उनीहरुले छोडेर जानुपरेपछि राणाहरु आधाररहित भए र ‘पावर होल्ड’ गर्न सकेनन् ।

अन्त्यमा, नेपालको वर्तमान एउटा नीतिबारे प्रश्नः हाम्रो देशको असंलग्न परराष्ट्र नीति छ, त्यसबारे यहाँको के विचार छ ? 

असंलग्न त हामीले गर्नैपर्छ । नेपालको ‘एक्जिस्टेन्स’का लागि पनि असंलग्न परराष्ट्र नीति अवलम्बन गर्नुपरेको छ । तर, यो जुन असंलग्न परराष्ट्र नीति छ, अहिले ‘पोजेटिभ’ भएको छैन भन्ने मेरो भनाइ छ । कस्तो छ भने ‘इन्डिया’लाई केही ‘कन्सिडर’ गर्नेबित्तिकै चीनलाई पनि गरिदिनुपर्छ ।

‘इन्डिया’सँग कुरा गर्नेबित्तिकै चीन तर्सियो होला भनेर एउटा ‘डेलिगेसन’ जानुपर्ने अवस्था छ । यो त कुनै स्वतन्त्र राष्ट्रको जस्तो त भएन । असंलग्नजस्तै हुनुपर्‍यो नि । चीनलाई खुसी पार्ने हो कि ‘इन्डिया’लाई खुसी पार्ने हो ? यसमा मलाई के लाग्छ भने असंलग्न नीति ‘विकनेस’ जस्तो भएको छ । ‘पोजेटिभ पोलिसी’ भएको छैन ।

साभार बाह्रखरीबाट

प्रतिक्रिया
सम्बन्धित समाचार
इटहरीकि उपमेयरको ब्यक्तिगत स्वार्थको कारण बजेट आएन – पूर्वमेयर द्दारिकलाल चौधरी (भिडियो)
महाशिवरात्रि पर्वमा आउने भक्तजनले सहजै भगवान पशुपतिनाथको दर्शन गर्ने व्यवस्था मिलाइएको छ
‘विद्यार्थीले अनुभूति गर्ने र देशको समुन्नतीका लागि खबरदारी गर्न प्रतिवद्ध हुनुपर्छ नेवि संघ’
म क्रिस्चियन हुँ तर हाम्रो नेपाललाई चिनाउनका लागि नेपाल हिन्दु राष्ट्र हुनुपर्छ – राप्रपाकी सांसद विना लामा
सबैभन्दा पुरानो व्याकरण फेदाप हो, फेदापको लिम्बू भाषा अहिले जस्तो छ प्राचीन कालमा पनि त्यस्तै थियो !
मुद्दा सम्बोधन नभएसम्म सरकारमा नजाने रेशम चौधरीको भनाइ
ताजा अपडेट
sierra skye onlyfans leaks princess leia rule 34 analnyfisting.com mom seduces son porn britney spear nude pics, the lovely luna porn ts massage near me porn-foot.com pornos mujeres con caballos new nude girls images, spider man gay porn younge and old porn povcreampie.com black porn on twitter emily faye miller porn
xxx video sani lion princess leia rule 34 80sporno.com stormi maya onlyfans leaks ashley serrano onlyfans leak, free porn with lesbians pornos en el colegio forcedcreampie.com porn bother and sister paradise pd erotic fan art, barthar and sistar xxx women on beach nude lesbianebony.com 2 guys 1 hammer bokep indo live terbaru
conte de pablo nude best asses in hollywood milfamatuerporn.com mum and son pornography nude picture of dolly parton, mia khalifa porn bideos dallas hotwifes cowgirl orgy amerturporn.com xxx sister and brothe mia khalifa porn new, dad cumms in daughter double sided strap on realcuckoldporn.com pamela anderson tommy lee sex tape cogiendo a una vieja
teen boy jerk off kerry katona only fans leaks bdsmis.com mom fuckes her son squid game rule 34, debra jo fondren nude skai jackson sex tape ixxnporn.com whst is porn hub somali x x x, steak and blow job day hottest india web series bigtittybbw.com xnxx bother and sister old women with big breasts
broken eagle sex position hottest porn star all time xnnx.work hot 18 year olds porn stars without makeuo, league of legends r34 casey calvert - behaviour modification chip teenporn.work lesbians sucking big tits how to give a good handjob, www pornhub com video stud evan fucked me missionary xnxxteen.work hombres cojiendose a una mujer romeo and juliet nude scenes
trisha paytas onlyfans leak vintage teens gay porn xnxxforced.com one punch man porn lady gaga nude pics, lesbian x x x pictures of naked mature women tubxporn.vip lana rhoades and riley reid pictures of anal porn, rule 34 frankie foster old young lesbo porn hotwifeporn.vip bella poarch and tyga sex tape tag teaming the wife
jordi el nino pola kate upton nude photos homedoporn.net dad on son gay porn skip the games lansing mi, porn hub for free twinks in the shower cuckold69.net my hero acdemia porn comics millie bobbie brown naked, www com in xxx video hannah owo leaked video bigtitspub.net rother and sister porn nude beaches in the uk
hd indian xxx video mujer y perro porn forcedpornanal.com most viewed pornhub video aubrey plaza leaked nudes, millie bobby brown tits light skin with dreads xxxamat.com mujer teniendo sexo con perro soleil moon frye nude, raven team titans go ba kroom casting couch amateurtrheesome.com wrek it ralph porn blow job by mom
role play sex videos mary tylor moore nude pornoespresso.net love and hip hop sex tape streamers gone wild reddit, the latest porn videos 18 year olds nude pornsexnxx.net asian porn in public nude pics of kate upton
anna taylor joy nude father daughter sex videos freepornamatuer.com five nights at freddys porn hub elle brooke and johnny sins, skip the games madison sierra skye leak onlyfans sexcollegeamateur.com mother son forbidden incest movie download real life hentai -, sexy hot naked wemon tommy and pam sex tape blackpornamateurs.com h d porn hub step daughter seduces dad
big tits tight shirt black hard core gay porn sexporn.win celeb nude in movie search for free porn, best porn videos of alltime step mom and stepdaughter porn wifexxx.vip jennifer lopez's nude pictures ariana grande deep fake, video of sexual massage a wonderful new world manwha swingerwife.win jamie lee curtis naked hentai games for android
womem giving blow jobs abby rao onlyfans leak pornhiho.net hentai stuck in wall porn big booty latina, sunny ray onlyfans leaks peeing in public porn milfrabbit.net older and younger lesbians porn naked pics of teenagers, mi friend hot mom britny spears naked pics xnxxteenvideos.com porn from the 1980 coji a mi hija