डा. बाबुराम ज्ञवाली- संसारका सबैअर्थव्यवस्थाहरु एकै पटक सुस्ती तर्फ अग्रसर छन् । यो गति यस्तै रहेमा मन्दीमा प्रवेश गर्ने छ । एक अनुमान अनुसार, छिटै दस देखि २० प्रतिशत मानिसहरु बेरोजगार हुंदै छन् । यातायात, संंचार र मानवीय गतिशीलता संसारका अर्थव्यवस्था निरन्तर समृद्धि तर्फ उन्मुख भएको अवस्थामा उत्पन्न विश्वव्यापी प्रँकृतिक संकटले अर्थव्यवस्थाहरुलाई ठीक एक यस्तो झटका लागेको छ जस्तो तीव्र गतिले गुडिरहेको रेलगाडी अचानक रोकिनाले हुन्छ । सारा सवार प्रभावित भएका छन् । झटका अनुभव गर्न थालेका छन् । अब यसलाई फेरि सुचारु गर्दा के कुरा ध्यान दिने ?
चलायमान अर्थव्यवस्थाहरु ठीक सोही गतिमा चलायममान हुन केही समय लाग्ने छ । तर त्यसभन्दा पहिले अनेक समस्याहरु देखिने छन् । यी मध्ये सबै आर्थिक हुने छैनन् । केही मनोवैज्ञानिक हुने छन् । केही पारिवारिक हुने छन्, केही मान्यतागत हुनेछन्, केही सामाजिक हुनेछन् । सरकारको संचालन प्रणाली पनि प्रभावित होला । मानवीय सम्बन्धका कुरा परिवर्तन होलान् । कुन दिशामा परिवर्तन हुने छन् । यसबारेमा केवल मोटामोटी अनुमान लगाउन सकिन्छ । किनभने संकटका बेलाको मानवीय मनोविज्ञान सधैं त्यही रहंदैन । आफन्तीलाई घाटमा लिएर गएका मानिसहरुले फर्केर केही समय पछि सबै बिर्सन्छन् । बिरामीलाई लिएर अस्पतालमा गएको र फर्केर आउंदा एउटै मनोविज्ञान रहंदैन । आजको त्रास पनि भविष्यमा बिर्सेलान तर अहिललाई त्यही वास्तविकता छ । यसै तथ्यलाई ध्यानमा राखेर भावी अनुमान गर्ने हो ।
व्यापार चक्रका दृष्टिले हामी न समृद्धिमा छौं र नसमुत्थानमा । अर्थव्यवस्था अधोगतिमा गतिमान छ । अर्थव्यवस्थालाई चलाउने प्रमुख क्षेत्रमध्ये एक यातायात ठप भएको दुई महिना पुग्यो । यस क्षेत्रमा काम गर्ने कामदार, उद्यमी, धन लगाउने पूंजीपति लगायत सबैको अवस्था केवल एक शब्दमा भन्दा निराशाजनक छ । विद्यालयहरुमा केटाकेटी पढन पाएका छैनन् । उनीहरु अझै केही समय रमाएर पढन सक्ने छैनन । यसले उनीहरुको भावी याग्यता प्रभावित हुने छ । एकवर्षको अध्ययनमा परेको बाधाले अवश्यक नै जीवनमा केही कुरा छुट्न जाला ।
अर्थव्यवस्थाको समृद्धि कालमा जन्मेका र हुर्केका बालकहरु तथा मन्दीको समय हुर्केका मानिसको मनोविज्ञान र जैविकीय संरचनामा अन्तर हुन्छ भन्ने मानिन्छ । बेबी बूम अवधिमा जन्मेका पुस्ताले भविष्यमा बढी सन्तान जन्माएकोलाई उनीहरुलाई इकोबुमर भनिन्छ ।

सामाजिक जीवनमा अर्थव्यवस्थाको प्रभावपूर्ण भूमिका भए पनि व्यक्तिगत र पारिवारिक जीवनमा स्वास्थ्य सबभन्दा ठूलो कुरा हुन्छ भन्ने कुरा प्रमाणित भएको छ । आज मानिसले प्रकृतिसंग युद्ध गरेर विकास गर्ने कि प्रकृतिसंग अनुगृहीत भए रविकास गर्ने गम्भीरतापूर्वक सोच्नु पर्ने भएको छ । मानिसले चन्द्रमामा पाइला राख्दा प्रृकतिलाई विजय गरेको अनुभव गरेकै हो । मलेरिया उन्मूलन गर्दा स्वास्थ्य वज्ञले रोगलाई जितेको अनुभव गरेकै हुन् । खोप र औषधि आविष्कार गर्दा मानिसको उमेर आफ्नो हातमा छ भन्ने अनुभव स्वास्थ्य विज्ञलाई भएको हो । आलम्ब र घिर्नीको आविष्कार गरे पछि आर्कीमिडीजलाई कति घमण्ड भएको थियो भने उसले सगर्व भन्थ्यो, मलाई घिर्नी अड्याउने ठाउं दियो भने पृथ्वीलाई पनि उचालिदिन सक्छु । हामी सबै त्यही आर्कीमिडिजका अहंकारी ज्ञानको परम्पराका उत्तराधिकारी हौं । तर पनि कता कता आज मानिस सोच्न बाध्य पनि छ । पानी जहाज, हावाइ जहाज, रेलगाडी, केबलकार के का लागि ? आज प्रत्येक नागरिकलाई सरकारले प्रहरी र स्थानीय प्रशासन लगाएर घरभित्र जबरजस्ती राख्नु परेको छ । त्यसो भए यो सब अर्थव्वस्थामा किन उत्पादन गर्ने ? अनि किन मानिसहरुले आफ्नो उपभोगको बानी बिगार्नु ? किन धेरै खर्च गर्नु । किन सोख पाल्नु । कमभन्दा कमले काम चलाउनु पर्ने कुरा बाध्यता बनाउनु भन्दा वास्तविकता भए हुन्न ?
अर्थव्यवस्था खुम्चिएकाले सरकारहरुले अनावश्यक खर्च कटौती गरेर कर भारबाट जनतालाई बचाउनु पर्छ । स्वास्थ्य क्षेत्र भावी खर्च बढाउनु पर्ने छ । सुरक्षाकर्मीको मनोबलका लागि उनीहरुलाई पनि सुविधा दिनु पर्दछ । यी क्षेत्रमा खर्च कटौती गर्नु हुंदैन ।
यी प्रत्यक विषयमा विस्तृत विश्लोषण आवश्यक हुन्छ । तर मैले कृषि क्षेत्रमा के गर्नुउपयुक्त हुनसकछ । त्यस बारेमा आफ्नो दृष्टिकोण व्यक्त गर्न चाहन्छु । उद्योग, सेवा क्षेत्र तत्काल चालयमान हुनसक्ने अवस्थामा देखिंदैन । सेवा क्षेत्र तंग्रिन निकै समय लाग्छ । अब होटल र लज हराभरा हुन अर्थव्यवस्थाले निकै पर्खनु पर्ने छ । उद्योग पनि आफ्ना श्रम, पूंजी, उपभोक्ता लगायतका विविध नेटवर्कसंग विच्छिन्न भएकोले यसलाई जोडिन समय लाग्ने छ । कृषि एक यस्तो क्षेत्र हो जसमा छिटो लागनी र तत्त्काल प्रतिफल प्राप्त हुने छ । तर कृषिलाई पनि आुधनिक तरिकाले होइन हाम्रो आफ्नो मौलिक तरिकालाई नयां तरिकाले प्रयोग गर्नु पर्ने छ । यो नै सबभन्दा उपयुक्त, छिटो र प्रतिफल दायक हुन्छ । आज पनि ती क्षेत्र मानिसका लागि खुल्ला छन् जहां प्रकृति माता सम्मनित छिन् । जहां प्रृकतिको अवमानना छ, जहां बढीशहरकिरण छ, जुन क्षेत्र प्रकृतिबाट टाढा छ, त्यहां अहिले समस्या उत्पन्न हुन गएको छ । कृषि, पशुपालन, वनजंगल, माछा पालन जस्ता क्षेत्र नै आज पनि क्रिायशील छन् । यातायात, होटल सेवा क्षेत्र, उद्योग बन्द छन् ।आधुनिक क्षेत्रमा संचार मात्र गतिशील छ । तर कृषि जीवनको अनिवार्य आवश्यकता पूा गर्ने दृष्टिले असजिलो समयमा पनि क्रियाशील रहेको दृष्टिले महत्त्वपूर्ण हुन आएको छ ।
तर कृषिमा आधुनिकीकरण, विशेषीकरणले यसको परम्परागत स्वरुप विकृत हुन पुगेको छ । त्यसैले प्रत्येक परिवार आत्मनिर्भर हुने प्रकृतिको कृषिलाई पुनर्जागरण गर्नु पर्ने खांचो छ । जुन परिवारले आज चाहिने तरकारी ,फलफूल, अन्न, तेल, दाल सबै उत्पादन गरेर राखेको छ भने त्यो आत्म निर्भर छ । किनभने बजारमा विशेषकीरण गरेर उत्पादन गरेका तरकारीले बजार पाएको छैन । तर गाउंमामानिस तर्करी, फलपूलका लागि बजार कुरिरहेका छन् । यो विशेषीकरण निम्त्याएको दोष हो । अब विशेषीकरण होइन, पूर्णआत्मनिर्भरता । जस्तो उत्पादन हुन्छ, त्यो प्रत्येक परिवारले, प्रत्येक गाउंले उत्पादन गर्यो भने परनिर्भरता कम हुन जानेछ । जति पपरनिर्भरता कम हुनछ, संकटकालमा त्यसको मार त्यति नै कम हुने रहेछ भन्ने कुराको अनुभव भएको छ । केल अन्न उत्पादन गरेर तर्कारकिा लागि अन्यमा निर्भर रहने
उपभोक्तालाई आज समस्या परेको छ । उता केवल तर्कारी उत्पादन गरेर अन्नलाई बजारीकरणबाट प्रँप् तगर्ने चाहना राख्ने उपभोक्ता लाई पनि समस्या भएको छ । प्रत्येक उत्पादन एकाइ आफैं उपभोक्ता पनि भएकाले जति आत्म निर्भरता छ, त्यति कम परनिर्भरता छ। जति कम परनिर्भरता छ, त्यति संकटको प्रभव कम देखिएको । परम्परागत कृषिमा प्रत्येक कृषि एकाइले आफूलाई चाहिने प्रायः हरेक वस्तु उत्पादन गर्दथे । प्रत्येक किसानले अन्न, तर्कारी, मसला, फलफूल, दूध, मासु, दाल, तेल सबै आफैंउत्पादन गर्थे । उनहिरुको परनिर्भरता कम थियो । उत्पादन गर्नमा जति कम विषदि र कृत्रिम मल राखिन्छ, प्रक्ृतिको त्यति नजिक भइन्छ । प्रकृतिलाईजति सम्मानजनक स्थान दिइन्छ, प्राकृतिक विपत्तिबाट हुन हानि त्यति नै कम हुनेछ। जर्मन प्राकृतिक चिकित्सक एडोल्फ जस्टको एउटा कृतिको अहिले सम्झना भएको छ । उनले एउटा कृति लेखेका छन्, रिटर्न टु नेचर । मानिसको व्यक्तिगत स्वास्थ्यको आधार बताउंदै उनले भनेका छन् । मानवसमाज प्रकृतिबाट जति टाढा जान्छ, त्यति उ रोगी हुंदै जान्छ । जति प्रकृतिको नजिक बस्छ उति निरोगी हुन्छ । उति स्वस्थ हुन्छ । उसको जीवन त्यति नै सहज, सरल र व्यवस्थित हुन्छ । खाना, रहनस हन, वस्त्र यी सबै कुरा प्रकृतिको नजिक रहने गरी हुनु पर्छ । यही नियम उत्पादनमा लागू हुन्छ । कृषि भनेकै प्रकृतिको वरान हो । जति प्राकृतिक हुन्छ, त्यति सवाभाविक, आरोग्य कारक र दिगो हुने छ ।
आर्थिक विकासको हाम्रो मोडेलको मुख्य लक्ष्य भनेको प्रकृति सम्मान सहतिको आधुनिकीकरण हुनुपर्छ । यो नै हाम्रो अर्थव्यवस्थाका लागि सभ्यतारक्षक, दिगो आर्थिक विकास प्रदायक, वातावरणीय सन्तुलनको आधार तथा संकटका समयको रक्षक बन्नसक्छ । यस प्रयासले पश्चिमी शैलीमा गरिने प्रकृतिको निर्दय शोषणको सट्टा पूर्वीय शैलीमा प्रकृतिको सम्मानपूर्ण दोहनको अवधारणालाई आर्थिक सिद्धान्त प्रदान गनेर्् छ । यसैले वातावरणीय असन्तुलन र अन्न संकटबाट बचाइ आत्म निर्भर परिवार आत्म निर्भर समाजको मोडेल विकास गर्न सकिन्छ ।
-साभार बुटवल टुडे

