सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटीका सदस्य हरिबोल गजुरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुटाइसक्नु भएको आरोप लगाउनु भएको छ । मंगलबार न्युज २४ सँग कुरा गर्दै प्रधानमन्त्री ओलीले पार्टी फुटाइसक्नुभएको र अब औपचारिकता दिन मात्रै बाँकी रहेकाे उहाँले बताउनुभयाे ।
अहिले प्रधानमन्त्री ओलीले पार्टी नफुटाएकाे दाबी गरे पनि पार्टी फुटिसकेकाे उहाँकाे दाबी छ । ‘प्रधानमन्त्रीले पार्टी फुटाइसक्नु भयो, उहाँहरु आफ्नो तरिकाले अगाडी बढीसक्नुभयो,’ नेता गजुरेलले भन्नुभयाे ।
प्रधानमन्त्री ओलीले पार्टी फुटाइसकेकाे र ‘कन्फ्युज’ हुने ठाउँ पनि नरहेकाे उहाँकाे भनाई छ । ‘उहाँले त पार्टी फुटाइसक्नु भयो, यहाँ कुनै कन्फ्युज हुने कुरै छैन,’ गजुरेलले भन्नुभयाे, ‘ अब त हामी जनताले, नेकपाका कार्यकर्ताले यो फुटलाई कति रोक्न सकिँछ भन्ने मात्रै हो, यो फुटलाई कसरी बचाउने भन्ने मात्रै हाे ।’
पहिला नै प्रधानमन्त्रीले पार्टी फुटाइसकेकाे नेता गजुरेललकाे आरोप छ ।
प्रधानमन्त्री ओलीले केन्द्रीय सदस्यबाट पार्टी फुटाउन नसकेपछि सांसदबाट फुटाएकाे पनि नेता गजुरेलकाे आरोप छ ।
उहाँले प्रधानमन्त्रीकाे नियत नै खराब भएकाे आरोप पनि लगाउनुभयाे । ‘नियतै खराब भएपछि त्यसले राम्रो परिणम दिँदैन,’ उहाँले भन्नुभयाे, ‘पार्टीमा छलफल गरेको भए हुन्थ्यो, अरुदलसँग छलफल गरेको भए हुन्थ्यो, प्रधानमन्त्री त सबैको साझा हो नि, प्रधानमन्त्रीले म साझा भनेर बोध गर्नु पर्दैन ? सबैपार्टीको पनि म प्रधानमन्त्रै हुँ भनेर बोध गर्नु पर्दैन ?’
पहिला नै यस्तो अध्यादेश जारी हुँदै छ भन्ने कुरो गाइगुइ हल्ला चले पनि यस्ताे बेला जारी हुन्छ भनेर कसैले पनि कल्पना नगरेकाे समेत उहाँले बताउनुभयाे । ‘यस्ताे अध्यादेश जारी हुँदै भन्ने कुराे भित्रभित्र पहिला नै गाइगुइ चलेकाे थियाे, तर अहिले कोरोना भाइरसको प्रकोप भइरहेको बेलामा यस्तो कुरो आउने त कसैले कल्पना पनि गरेको थिएन,’ उहाँले भन्नुभयाे, ‘यसलाई त अप्रत्यसित नै मान्नुपर्छ ।’
नेता गजुरेलले प्रधानमन्त्रीले आफूलाई जे मन लागे त्यहिँ गर्ने पनि बताउनुभयो । ‘उहाँलाई जे मन लाग्छ त्यहिँ र्गनुहुन्छ, न पार्टीको विधि/अनुसाशनमा चल्नुहुन्छ, न पार्टीका नेतहरूसँग नै कुनै सल्लाह गर्नुहुन्छ,’ नेता गजुरेलले भन्नुभयाे, ‘प्रधानमन्त्री जस्ताे मान्छेले जे मन लाग्याे त्यहिँ गरेको छ, जे बोल्न मन लाग्याे त्यहिँ बोलेको छ, उहाँको तरिका देख्दा बडो विचित्र लाग्छ ।’
कोरोनाको यस्तो प्रकोप भइरहेको बेला अरु दललाई पनि फुटाउन खोज्नु नहुने उहाँले बताउनुभयो ।
प्रधानमन्त्रीलाई नेता मानेर हिड्नु पर्दा उहाँले आफूलाई ‘लज्जाबोध’ भएको समेत बताउनुभएकाे छ । ‘प्रधानमन्त्रीलाई नेता मानेर हिड्नु पर्दा आफैलाई लज्जाबोध भएको छ,’ उहाँले भन्नुभयाे, ‘आफ्नो पार्टीलाई पनि एकजुट अरु पार्टीलाई पनि एकजुट पर्नु पर्ने बेलामा अरुको पार्टी फुटाउनु खोज्ने ? यस्तो अनैतिक काम छ कि, कति भन्ने शब्द पनि छैन ।’
भिडियाे

