मङ्ल, चैत्र १८, २०७६
Tue, March 31, 2020

नेपालको राष्ट्रिय पहिचानको रक्षार्थ राजतन्त्र र हिन्दु राष्ट्र आवश्यक छ – कमल थापा (भिडियो)


  • स्वदेश नेपाल
  • बिहि, चैत्र ६, २०७६

तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटालाई आच्छुआच्छु बनाएका टेलिभिजन प्रस्तोता राजु थापाले रास्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाको निर्मम प्रश्नहरू गरेर सातो लिएका छन् ।

प्रस्तोता राजु थापाको प्रश्नको जवाफ दिन नसकेपछि अध्यक्ष कमल थापा कार्यक्रम नै छाडेर हिँडेका छन् । न्यूज २४ टेलिभिजनको कार्यक्रम ‘टू द प्वाइन्ट’मा प्रस्तोता राजु थापाले अध्यक्ष कमल थापालाई हिन्दूराष्ट्र र राजाका विषयमा कडा प्रश्नहरू सोधेका छन् । ती प्रश्नहरूको जवाफ दिन आनाकानी गरिरहेका कमल थापाले अन्तर्वार्ता शुरु भएको केही क्षणमा प्रस्तोता राजु थापालाई आफूसँग अन्तर्वार्ता लिने हैसियत नराख्ने भनेर टिप्पणी छन् ।

अन्तिममा अध्यक्ष कमल थापा प्रस्तोता राजु थापाद्वारा सोधिएका प्रश्नहरूको जवाफ दिन नसकेर स्टुडियोबाट रिसाएर हिँडेका छन् । प्रस्तोता राजु थापाले अध्यक्ष कमल थापासँग गल्ती भएको भए ‘माफी पाउँ’, ‘सुधारेर जान तयार छु’ जस्ता अभिव्यक्ति दिएका छन् । तर, कमल थापाले प्रस्तोता राजु थापालाई पूर्वाग्रही भएर प्रश्न गरेको तथा बोल्न नदिएको भनेर आरोप लगाएका छन् ।

कार्यक्रममा प्रस्तोता राजु थापाले अध्यक्ष कमल थापासँग निर्मम तरिकाले राजसंस्था र हिन्दूराष्ट्रका विषयमा प्रश्नहरू सोधेका छन् । भरखरै पशुपति शम्शेर राणा नेतृत्वको राप्रपा (संयुक्त)सँग पार्टी एकीकरण गरेका कमल थापाले अन्तर्वार्ताका क्रममा हिन्दूराष्ट्र र राजाका विषयमा गोलमटोल जवाफ दिएका छन् ।

अन्तर्वार्ताका क्रममा राप्रपाका अध्यक्ष कमल थापाले सप्तरीमा केही दिन अगाडि मुस्लिमहरूले आयोजना गरेको धार्मिक सम्मेलनको विरोध गरपछि स्थितिले तनावपूर्ण अवस्था ल्याएको थियो । प्रस्तोता राजु थापाले धार्मिक स्वतन्त्रतामा कमल थापाले दिएको अभिव्यक्तिमा टेकेर प्रश्नहरूको चाँङ लगाइदिएका थिए ।

ती प्रश्नहरूको जवाफ दिन असहज मानिरहेका कमल थापाले प्रस्तोता राजुलाई पूर्वाग्रही भएर प्रश्न सोधेको भन्दै आक्रोश पोखे ।

अध्यक्ष कमल थापाले प्रस्तोता राजु थापाको शैलीको आलोचना गरेका छन् ।

नेपाल टेलिभिजनमा उनै प्रस्तोता राजु थापाले तत्कालीन सञ्चार तथा सूचना प्रविधिविमन्त्री गोकुल बास्कोटालाई सम्पत्तिसम्बन्धी प्रश्न सोधेका कारण नेपाल टेलिभिजनको कार्यक्रमबाट छाड्नु परेको थियो । तत्कालीन मन्त्री बास्कोटालाई राजु थापाले पत्नीको दाइजोका विषयमा प्रश्न सोधेर र्याखर्याख बनाएका थिए ।

हेर्नुहोस भिडियो

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट