मङ्ल, चैत्र १८, २०७६
Tue, March 31, 2020

वाक स्वतन्त्रता नियन्त्रण गर्न खोज्ने ओली सरकारलाई जवाफ दिन सम्पूर्ण पत्रकारहरुमा शिवाकोटीको अपिल

प्रेस युनियनको ९ औ अधिबेशनको उद्घाटन सभापति देउवाले गर्ने, अधिबेशनमा ७० लाखसम्म खर्च हुने अनुमान !


  • स्वदेश नेपाल
  • बुध, फाल्गुन १४, २०७६

पत्रकार अजयबाबु शिवाकोटीकोलाई कुनै उपमा दिएर परिचय गराई रहनु नै पर्दैन किनकी इतिहासकै शक्तिशाली मानिएको कम्युनिष्ट सरकार र राज्यको पाँचौ शक्तिशाली पद संसदका तत्कालिन सभामुख महराको अनैतिक र ओली सरकारका शक्तिशाली प्रवक्ताको गैरका’नुनी घु’सप्रकरणलाई सार्वजनिक गरिसकेका छन् ।

तेसैको नतिजा स्वरूप तत्कालिन सञ्चारमन्त्री गोकुल बाँस्कोटाले ७० करोड कमिसनको डिल गरेको अडियो मिडियामा ल्याएर राजिनामा गर्न बाध्य पार्ने र महरालाइ सभामुखबाट राजीनामा गर्न बाध्य पार्ने पत्रकार अजयबाबु सिवाकोटीको चौतर्फी चर्चा छ ।

यहि पृष्ठभूमिमा नेपाल पत्रकार महासंघले पत्रकार तथा हाम्रा कुरा डटकमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीको सुरक्षामा ध्यान दिन माग गरेको छ ।

महासंघका महासचिव रमेश विष्टले विज्ञप्ति जारी गर्दै पत्रकार शिवाकोटीको सुरक्षामा विशेष ध्यान दिन एवं स्वतन्त्र र सुरक्षित पत्रकारिता गर्ने वातावरण बनाउन माग गरेका हुन् । पत्रकारिता गरेकै कारण आफू असुरक्षित भएको भन्दै शिवाकोटीले महासंघलाई जानकारी गराएको विज्ञप्तिमा उल्लेख छ ।

शिवाकोटीले आफू असुरक्षित भएको भनी महासंघलाई जानकारी गराएका थिए । महासंघले स्वतन्त्रतापूर्वक पत्रकारिता गर्ने पत्रकारको संवैधानिक अधिकारलाई हतोत्साहित बनाउने गतिविधिको भ’र्त्सनासमेत गरेको छ ।

उच्चनेता संलग्न रहेका अपराध र अनियमितता सार्वजनिक गरेर चर्चामा आएका शिवाकोटी विगत २२ बर्षदेखि पत्रकारितामा सकृय छन् । नेपाली कांग्रेसको शुभेच्छु संस्था नेपाल प्रेस युनियनका वर्तमान महासचिव समेत रहेका सिवाकोटी लोकतन्त्रवादी पत्रकारहरुको साझा संस्था नेपाल प्रेस युनियनको ९ औ महाधिवेशनको तयारीमा जुटेका छन् ।

साथै यो बर्ष अत्यधिक चर्चामा रहेका हाम्रा कुरा डटकमका प्रधान सम्पादक समेत रहेका महासचि शिवाकोटीलाई सर्वसम्मत अध्यक्षमा चयन गर्नुपर्ने आवाज उठ्न शुरु भएको छ। श्रमिजीवी तथा व्यवसायिक पत्रकारहरुको प्रतिनिधित्व गर्ने शिवाकोटीलाई अधिकांश सदस्यहरूले अध्यक्ष बनाउनु पर्नेमा चर्चा समेत गर्न थालेका छ्न् ।

अध्यक्षका आकांक्षी रहेका शिवाकोटी यतिबेला देशभरका युनियनका प्रतिनिधिहरूसँग छलफलमा व्यस्त छन ।

आगामी चैत २१ र २२ गते युनियनको ९ औ महाधिवेशन हुँदैछ। महाधिवेशनमा शिवाकोटी सहित वर्तमान अध्यक्ष बद्री सिग्देल र अर्का बरिष्ठ उपाध्यक्ष दिपक आचार्य, उपाध्यक्ष बाला अधिकारी, शिव लम्साल, सन्तोष न्यौपाने अध्यक्षको आकांक्षी रहेका छ्न् ।

अध्यक्षको आकांक्षी रहेका शिवाकोटीसंग प्रेस युनियनकै अधिबेशनमा केन्द्रीत रहेर गरिएको कुराकानीमा शिवाकोटी भन्छन् – “प्रेस युनियनको उद्घाटन कांग्रेस सभापतिले गर्ने लगभग तय भैसकेको छ। अधिबेशनमा लगभग ५० लाख देखि ७० लाखसम्म खर्च हुने अनुमानित तथ्यांक छ । सुचना विधयेकको नाममा ओली सरकारले वाक स्वतन्त्रता नियन्त्रण गर्न खोज्दैछ यसको एकमुष्ठ जवाफ दिन सम्पूर्ण प्रजातान्त्रिक पत्रकारहरु महाधिवेशनमा आउनु पर्नेमा हुन्छ।

भिडियो

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट