शुक्र, चैत्र २१, २०७६
Fri, April 3, 2020

७० करोड कमिसनमा नयाँ खुलासा- प्रिन्टिङ प्रेस खरिद सम्झौतामै रु. ५ अर्ब भ्रष्टाचार (भिडियो)

विजयप्रकाश मिश्रले बोली फेरे : प्रधानमन्त्री ओलीलाई मैले अडियो दिएकै छैन् !


  • स्वदेश नेपाल
  • आइत, फाल्गुन ११, २०७६

अडियो रेकर्ड सत्य हो । लेखा समितिमा मुद्दा परिसकेको थियो । लेखासमितिले फागुन ११ गतेको बैठक ८ गते सारेको थियो । त्यसपछि मैंले मेरो मुद्दा ओझेलमा पर्ने देखेर सार्वजनिक गर्ने निर्णय गरें । अडियो केही साथीहरुलाई दिएको हुँ ।

म भ्रष्टाचारमुक्त देशको पक्षमा छु । राज्यलाई भ्रष्टाचारमुक्त बनाउन आवश्यक सहयोगका लागि तयार छु । प्रिन्टिङ प्रेस खरिदमा मन्त्री संलग्न हो । यो आइसकेको छ ।

यसबारे सीआइबीलाई पत्र लेख्नु युक्तिसंगत मान्दिनँ । छानविनको दायरामा आइसकेको छ । छानविनका लागि सहयोग गर्न तयार छु । म भूमिगत हुन्नँ । सामान्य रुपमा हिंड्छु । यसमा करोड होइन अरबौंको कुरा छ । यसका पछाडि धेरै विषयहरु जान्न जरुरी छ । पृष्ठभूमीहरु बुझ्नुपर्छ ।

एमाआरपी फ्रान्सको कम्पनि ओभरथ्रोले छाप्ने टुंगो लागेको थियो । त्यसबखत यसको प्रतिनिधि फ्लोरेन पाकोलेन हुन् । एमआरपी छाप्ने टुंगो लाग्दा विकल पौडेल पासपोर्ट डिभिजनमा नेपाल सरकारको टेक्निकल अफिसर थिए । पछि सुरक्षा मुद्रणमा कार्यकारी निर्देशक भएर गए । पाकोलेन जर्मन कम्पनिमा गए । जर्मनको भेडस कम्पनिको सहयोग लिएर रिपोर्ट तयार गर्न थाल्नुभयो । मूल्यांकनमा आठ देखि १० अर्ब वृद्धि गर्नुभयो । होल सोलुसनका लागि वृद्धि गर्नुभयो । पछि हाफ सोलुसनको निर्णयमा जानुभयो ।

रिपोर्ट तयार गरी सञ्चार मन्त्रालयमा पेश गर्नुभयो । मन्त्रालयमा विभिन्न कार्यदल बनेको छ । सहसचिव, सचिव र मन्त्रीको नेतृत्वमा कार्यदल बनाउनुभएको छ । दुईपटक यसलाई मन्त्रिपरिषदले पारित गरेको अवस्था छ । छानविनको विषय लेखासमिति र सांसदज्यूहरुको छ ।

स्पेशिफिकेशनमा गलत तरिकाले ल्याउने, स्टडी रिपोर्टमा मूल्य वृद्धि गरेर ल्याउने कार्य भयो । साँढे पाँच अर्ब रुपैयाँ भ्रष्टाचार भएको छ ।

प्रिन्टिङ प्रेस खरिद प्रकरणमा स्वीटजरल्यान्ड सरकार र कम्पनिको कुनै संलग्नता छैन । कम्पनिको एजेन्डा थियो तर एजेन्डा छाडेर गइसकेको छ ।

सुरक्षा प्रेससम्बन्धमा कोको जेल जाँदैछन् ? स्वीस एजेन्ट विजयप्रकाश मिश्रको खुलासा

गोकुल प्रसाद बाँस्कोटाको ७० करोडको कमिशन डिलको अडियो प्रकरण बाहिर ल्याएका विजय प्रकाश मिश्रले आफूले उक्त अडियो प्रधानमन्त्री केपी शर्मा ओलीलाई नदिएको भन्दै आफ्नो बोली फेरेका छन् । यसअघि आफूले डेढ महिना अघि नै उक्त अडियो प्रधानमन्त्री ओलीलाई दिएको बताएका मिश्रले बोली फेरेका छन् ।

आफू स्विस कम्पनीको एजेन्ट नभएको पनि उनले जिकिर गरे । यो प्रकरणमा नेपालस्थित् स्विट्जरल्याण्ड दूतावासलाई मुछ्न खोजिएको भन्दै उनले यसमा पनि आफ्नो दुःख व्यक्त गरेका छन् ।

प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन् । मिश्रले आफूले ५ अर्बभन्दा बढिको हुन लागेको भ्रष्टाचार रोकेको दाबी गरे । उनले भ्रष्टाचारविरोधी गाडी सिंहदरबार प्रवेश गरेको सुनाए ।

आफूले निवर्तमान सञ्चारमन्त्री बाँस्कोटाको अडियो रेकर्ड नियोजित रुपमा नगरेको समेत मिश्रले जिकिर गरे । मन्त्रीलाई भेट्नुपूर्व आफूले त्यहाँ ठूलो ठूलो राजनीति गफ गर्ने व्यक्ति को रहेछ ? भनेर भिडियो गरेको र त्यतिनै बेला आफू मन्त्रीसँग भेट्न जानु परेकोले रेकर्ड बन्द नभएको र त्यही बेलामा बाँस्कोटाको अडियो रेकर्ड भएको उनको जिकिर छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट